Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्री अर्याल र रोमानियाका राजदूतबीच भेटवार्ता 
श्रममन्त्री अर्याल र रोमानियाका राजदूतबीच भेटवार्ता 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २, २०८१

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोमानिया जाने नेपाली नागरिकलाई नेपालबाटै भिसा उपलब्ध गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । मन्त्री अर्यालले मंगलबार नेपालका लागि रोमानियाका राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँग मन्त्रालयमा भएको भेटवार्तामा उक्त आग्रह गरेका हुन् ।


भेटमा रोमानिया र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको बताइएको छ  । छलफलका क्रममा मन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रमसम्बन्धी समझदारीसमेत भइसकेको र भिसाका लागि भारत जानुपर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 

त्यस्तै, श्रमसचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारलेसमेत मान्यता दिन आग्रह गरे । साथै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुनेगरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न पनि आग्रह गरे ।राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्र्याउन चाहेको बताइन् । साथै, रोमानियामा नर्सिङ, निर्माण, हस्पिटालिटीलगायतका क्षेत्रमा नेपालीहरुको अत्यधिक माग रहेको कुरासमेत उनले बताइन् । 

Hardik health

राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली युवाका लागि सात हजार ८०० भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् । आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन् ।  नेपाल र रोमानिया सरकारबीच सन् १९६८ को अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापित भए पनि वैदेशिक रोजगारीको सम्बन्धमा सन् २०२३ को अक्टोबर ६ मा मात्रै श्रमसम्बन्धी समझदारी भएको हो । रोमानियामा हाल करिब २० हजारभन्दा बढी नेपाली श्रमिक रहेको वैदेशिक रोजगार विभागको तथ्याकले देखाएको छ ।

मंगलबार नै मन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा मन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरेको बताइएको छ  । उनले साइप्रस सरकारले माग गरेअनुसारको सीप भएका श्रमिक पठाउनका लागि सीप तालिम सञ्चालनमा सहयोग गर्न आग्रह गरे । साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए । 

साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले साइप्रसले आफ्नो विकास कोषमार्फत नेपाली श्रमिकको सीप विकास तालिममा सहयोग गर्न सक्ने बताए । उनले नेपाल सरकारको सहभागितामा नै नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने उल्लेख गरेको बताइएको छ । साइप्रसमा हाल १० हजारभन्दा बढी नेपाली श्रमिक रहेको विभिन्न अध्ययनले देखाएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ बिहीबार, पुस १७, २०८२
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा बिहीबार, पुस १७, २०८२
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP