Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्री अर्याल र रोमानियाका राजदूतबीच भेटवार्ता 
श्रममन्त्री अर्याल र रोमानियाका राजदूतबीच भेटवार्ता 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २, २०८१

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोमानिया जाने नेपाली नागरिकलाई नेपालबाटै भिसा उपलब्ध गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । मन्त्री अर्यालले मंगलबार नेपालका लागि रोमानियाका राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँग मन्त्रालयमा भएको भेटवार्तामा उक्त आग्रह गरेका हुन् ।


भेटमा रोमानिया र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको बताइएको छ  । छलफलका क्रममा मन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रमसम्बन्धी समझदारीसमेत भइसकेको र भिसाका लागि भारत जानुपर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 

त्यस्तै, श्रमसचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारलेसमेत मान्यता दिन आग्रह गरे । साथै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुनेगरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न पनि आग्रह गरे ।राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्र्याउन चाहेको बताइन् । साथै, रोमानियामा नर्सिङ, निर्माण, हस्पिटालिटीलगायतका क्षेत्रमा नेपालीहरुको अत्यधिक माग रहेको कुरासमेत उनले बताइन् । 

Hardik health

राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली युवाका लागि सात हजार ८०० भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् । आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन् ।  नेपाल र रोमानिया सरकारबीच सन् १९६८ को अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापित भए पनि वैदेशिक रोजगारीको सम्बन्धमा सन् २०२३ को अक्टोबर ६ मा मात्रै श्रमसम्बन्धी समझदारी भएको हो । रोमानियामा हाल करिब २० हजारभन्दा बढी नेपाली श्रमिक रहेको वैदेशिक रोजगार विभागको तथ्याकले देखाएको छ ।

मंगलबार नै मन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा मन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरेको बताइएको छ  । उनले साइप्रस सरकारले माग गरेअनुसारको सीप भएका श्रमिक पठाउनका लागि सीप तालिम सञ्चालनमा सहयोग गर्न आग्रह गरे । साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए । 

साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले साइप्रसले आफ्नो विकास कोषमार्फत नेपाली श्रमिकको सीप विकास तालिममा सहयोग गर्न सक्ने बताए । उनले नेपाल सरकारको सहभागितामा नै नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने उल्लेख गरेको बताइएको छ । साइप्रसमा हाल १० हजारभन्दा बढी नेपाली श्रमिक रहेको विभिन्न अध्ययनले देखाएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP