Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • क्यानडाले आगामी सेप्टेम्बरदेखि ‘वर्क परमिट’ नदिने
क्यानडाले आगामी सेप्टेम्बरदेखि ‘वर्क परमिट’ नदिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २४, २०८१

काठमाडौं– क्यानडा सरकारले विदेशी विद्यार्थीको चाप बढेसँगै रोजगारीको क्षेत्र साँघुरिन थालेपछि आगामी सेप्टेम्बरदेखि श्रम स्वीकृति अर्थात् ‘वर्क परमिट’ नदिने बताइएको छ । क्यानडाले अध्ययनका लागि आएका विदेशी विद्यार्थीले समयमै रोजगारी नपाउने र बेरोजगार हुने क्रम बढ्न थालेपछि स्नातक वा सो भन्दा तल्लो तहमा पढ्ने विद्यार्थीलाई आगामी सेप्टेम्बरदेखि वर्क परमिट नदिने नीति लिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै क्यानडा पढ्न जाने विद्यार्थीले सजिलै रोजगारी पाइहाल्छन् भन्ने भ्रम नराख्न र आवश्यक पूर्वतयारी गरेरमात्रै क्यानडा आउन विद्यार्थी तथा अभिभावकलाई सुझावसमेत दिएको छ । दूतावासले अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सचेतनाका लागि जारी गरेको १० बुँदे विज्ञप्तिमा क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति लिएको उल्लेख छ ।

यसका साथै निजी–सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा तल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति÷वर्क पर्मिट जारी नगर्ने नीति लिएको दूतावासले जनाएको छ ।क्यानडा सरकारद्वारा अन्तर्राष्ट्रिय विद्यार्थीका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नयाँ नीति ल्याएको पनि दूतावासले बताएको छ ।

Hardik health

तसर्थ अभिभावकले आफ्ना छोराछोरीलाई अध्ययनका लागि पठाउँदा शैक्षिक शुल्क र खाने/बस्ने खर्चको व्यवस्था गरेर मात्रै क्यानडा पठाउन आग्रह गरिएको छ ।दूतावासले क्यानडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिलो उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिन सचेतता अपनाउनुपर्ने बताएको छ ।

यतिमात्र नभई क्यानडा पुगेका विद्यार्थीहरुलाई कार्यस्थलमा हुने श्रम शोषण, दुव्र्यवहार वा ठगीमा परे नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानुनी उपचार खोज्न पनि सुझाइएको छ । साथै पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै विभिन्न समस्या पनि उजागर हुँदै गएको बताइएको छ । क्यानडामा अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीले यी नीतिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

त्यसैगरी अन्य कुनै समस्या आइपरे ओटावास्थित नेृपाली दूतावास, टोरन्टोस्थित नेपाली अवैतनिक महावाणिज्यदूत, गैरअवासीय नेपाली संघ र नेपाली डायस्पोरा समुदायका विभिन्न संघसंस्थाहरुसँग सहयोग लिन सकिने दूतवासले जनाएको छ । क्यानडामा हाल अध्ययनपश्चात् निश्चित अवधि (दुई वर्ष)का लागि काम गर्न श्रम स्वीकृति र अन्य अवसरहरु पनि पाइने हुँदा उच्च शिक्षाका लागि क्यानडा नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ । गएको दुई वर्षदेखि क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने भिसामा खुकुलो गरेपछि ३० हजार बढी नेपाली विद्यार्थी अध्ययनका लागि क्यानडा पुगेको बताइन्छ । 
 


प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP