Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्मला बेपत्ता प्रकरणको अनुसन्धान प्रभावकारी बनाऊ
निर्मला बेपत्ता प्रकरणको अनुसन्धान प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २८, २०८१

एकल महिला निर्मला कुर्मी सम्पर्कविहीन भएको छ वर्ष हुनै लाग्दा पनि उनको अवस्थाबारे यथार्थ पहिचान गर्न नसक्नु सरकारको लाचारीपन हो । हुन त को कतिखेर सरकारमा आउँछ र जान्छ टुंगो हुँदैन । पटक–पटक सरकार परिवर्तन भइरहँदा कुर्मीको जस्तै कयौं घटनाको अनुसन्धान प्रभावित बनिरहेको छ । नयाँ सरकार बन्नेबित्तिकै गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने व्यक्तिले यस्ता अनुसन्धानलाई प्रभावकारी बनाउने भाषण ठोकिहाल्छन् ।

तर, व्यवहारमा लागू गर्दैनन् । बरु आफ्नो अनुकूलतामा सुरक्षा निकायलाई प्रयोग गर्छन् । यस्तो नहुँदो हो त निर्मला कुर्मीजस्ता हजारौं पीडितका दोषीलाई न्यायको कठघरामा उभ्याइसकेको हुने थियो ।


बाँकेको नेपालगञ्ज–१७ परस्पुर घर भएकी उनको भारतमा मृत्यु भएको भन्ने खबर चार वर्षअघि आएको थियो । अहिलेसम्म उनको मृत्यु घटनाबारे यकीन तथ्य भेटिएको छैन । घटनाअघि उनी करोडौं मूल्य पर्ने जग्गाका धनी थिइन् । परस्पुरमा सडक छेउमै निकै महँगो पर्ने साढे चार बिघा जग्गा उनको थियो । सोही जग्गा हडप्न उनलाई सम्पर्कविहीन बनाइएको ठानिन्छ । किनभने उक्त जग्गामा पूर्वसभासदसमेत रहेका कांग्रेस नेता वादशाह कुर्मीको आँखा गडेको थियो ।

Hardik health

उनले निर्मलाबाट जग्गाको लालपुर्जादेखि नागरिकतासम्म कब्जा गरेका थिए । यसबारे २० चैत २०६७ मा जिल्ला प्रशासन कार्यालय बाँकेमा निर्मलाले उजुरीसमेत दिएकी थिइन् । अधिकारकर्मी रुबी खानसहितले प्रदर्शन गरेका थिए । अन्ततः कागजात वादशाहले फिर्ता गरेका थिए । 

तर, २०६९ सालमा भने निर्मलाको जग्गा वादशाहसहित अन्य केही व्यक्तिको नाममा नामसारी भयो । आफ्नो जग्गा हडपेको थाहा पाएकी निर्मला यसविरुद्ध लडाइँमा लडिरहिन् । यहीबीच २५ माघ २०७५ देखि निर्मला एकाएक सम्पर्कविहीन भइन् । वादशाहलगायतले निर्मलाले भारतमा बिहे गरेको चर्चा चलाए । त्यसको दुई वर्षपछि निर्मलाको भारतमै मृत्यु भएको खबर गाउँभर फैलाइयो । 

यसपछि निर्मलाको अपहरण तथा शरीर बन्धक बनाएर हत्या गरेको आरोपमा महिला अधिकार मञ्च बाँकेले १६ मंसिर २०७८ मा वादशाहसहित कृष्णमुरारी सिंह, कुवर बबन सिंह, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धीरेन्द्र सिंह, रमेश थापा र पार्वती विष्टको नाममा किटानी जाहेरी दियो । उनीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न मञ्चको माग थियो । र, त्यहीबेला घटनाको अनुसन्धान गर्न प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा एउटा टोली गठन भयो ।

उक्त टोली स्थलगत अनुसन्धानका लागि बाँके पुग्यो । तर, केही पनि घटनाबारे नयाँ तथ्य फेला पारेन । यसपछि अनुसन्धानले थप गति लिएको छैन । यस्तो संवेदनशील घटनाको अनुसन्धानमा ढिलाइ गर्नु भनेको पीडितमाथि थप अन्याय हुनु हो । त्यसैले यस घटनाको अनुसन्धान द्रुत बनाई छिटो वास्तविक तथ्य बाहिर ल्याइयोस् ।
 


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर बिहीबार, माघ २२, २०८२
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP