Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
विचार
  • Home
  • विचार
  • भविष्य कथन मात्र होइन, ज्योतिष शास्त्र 
भविष्य कथन मात्र होइन, ज्योतिष शास्त्र 
भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली बिहीबार, वैशाख ६, २०८१

ज्योतिषीले ग्रहको अवस्था उसको कारकत्व र दशाका आधारमा व्यक्तिको कर्मलाई दिशानिर्देश गर्ने हो भने कुनै पनि मानिस जीवनमा असफल हुँदैन । विगत, वर्तमान र भविष्यको ग्रहको गतिका आधारमा पेसा, व्यवसाय या अन्य कर्ममा ग्रहहरूको उपयोग गर्न परामर्श दिने हो भने ज्योतिषी जीवनको सच्चा मार्गदर्शक बन्छ । कुन विषयको कमीले व्यक्ति पीडित छ या कुनको अधिक प्रभावले समस्यामा छ भन्ने बुझेर कमजोरलाई बल दिने र अधिकलाई कटौती गर्ने हो भने मात्र ज्योतिष शास्त्रको सही उपयोग हुनसक्छ ।

सामान्य अर्थमा ज्योतिष ग्रहहरूको गणित हो । आकाशमा रहेका ग्रहहरूको गणितीय गति र अवस्थासँग जीवन र जगत्सँगको प्रभावको अध्ययन ज्योतिषीय अध्ययन हो । ग्रहले पदार्थमा पर्ने प्रभावको सम्बन्धलाई ज्योतिषीहरूले मसिनो गरी अध्ययन गर्छन् र प्रभावको विश्लेषण गर्छन् । त्यसका लागि नौ ग्रह, १२ राशि र २७ नक्षत्रहरूको आधार लिने गरिन्छ । यिनै २७ नक्षत्रले सिर्जना गरेको ३६० डिग्रीको अक्षांशमा ग्रह र राशिको अधिपत्य रहन्छ । नक्षत्र, ग्रह र राशिको विशेषता, ग्रहहरूको अवस्था र प्रभावको आधारमा भविष्य बताउने काम ज्योतिषीको हो । ग्रहहरूले उत्पन्न गर्ने प्रभावको पूर्वजानकारी राख्ने हुनाले ज्योतिषी केवल भविष्य बताउनेमात्र नभई भविष्यको मार्गनिर्देशक पनि हो । मानव जीवनलाई सही मार्गनिर्देश गर्ने कार्यमा ज्योतिषीहरूको अहम् भूमिका रहन्छ ।

हाम्रो समाज आफ्नो जन्मकुण्डली देखाएर भविष्य जान्न चाहन्छ । जन्मका आधारमा आफूले ल्याएको कुरा परिवर्तन हुँदैन भन्ने मनस्थितिका कारण भविष्य कस्तो होला भनेर जान्न चाहन्छ । वास्तवमा जन्मकुण्डली जीवनको मार्गनिर्देश हो र सोहीअनुसार कर्म गर्नुपर्छ भन्ने कमैलाई थाहा छ । ग्रहहरूले मानिसको जीवनमा उसको कर्मको खाका बनाइदिएको हुन्छ । धर्म, अर्थ, काम, मोक्षको स्पष्ट मार्गनिर्देश गरेका हुन्छन् । जन्मकुण्डलीमा सम्बन्धित जातक धर्म, अर्थ, काम र मोक्षमध्ये कुन क्षेत्रका अधुरा कार्य सम्पन्न गर्न आएको हो भन्ने स्पष्ट हुन्छ । तर, व्यक्तिले आफ्नो कार्मिक लक्ष्यमाभन्दा सामाजिक आधारमा आफ्नो लक्ष्य तय गर्न चाहन्छ । जीवनमा सकारात्मकता ल्याउन कार्मिक सुधार महत्वपूर्ण पक्ष हो । यद्यपि मानिस जीवनको लक्ष्य भौतिक उचाइमात्र ठान्छ । त्यसैले ज्योतिषीले मानिसको जीवनलाई सफल र सार्थक बनाउन उसको कार्मिक प्रारब्धका आधारमा लक्ष्य निर्धारण गरिदिनुपर्छ ।

मानिस जन्मदा आकाशमा भएका ग्रहहरूको चित्र उसको जन्मकुण्डली हो । जन्मदाको अवस्थाको एउटा विशेष प्रभाव रहन्छ तर प्रतिफलमा उनीहरूको तात्कालीक स्थिति बढी महत्वपूर्ण हुन्छ । ग्रहहरूको गति निश्चित नियममा हुन्छ । कुन समयमा कुन ग्रह कहाँ हुन्छ र त्यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा ज्योतिष शास्त्रमा स्पष्ट छ । ग्रहहरूको प्रभाव फरक–फरक व्यक्ति या पदार्थमा फरक–फरक हुन्छ । त्यही फरक–फरक प्रभाव सम्बन्धित व्यक्तिमा कस्तो हुनसक्छ भन्ने सूक्ष्म अध्ययनका लागि व्यक्तिको जन्म समयका ग्रहहरूको अवस्था र तत्कालीक अवस्थाबाट निस्कर्ष निकालिन्छ । जन्मकालीन ग्रहहरूको राशि, नक्षत्र, अंश र हाल ग्रहहरूको राशि, नक्षत्र र अंशका आधारमा दैनिक, मासिक या वार्षिक फल या प्रभाव जान्न सकिन्छ ।

Hardik health

मानिसको जन्मकालीन ग्रहहरूको अवस्थाका आधारमा अहिलेको अवस्था कस्तो छ भन्ने निश्कर्ष निकाल्न सकिन्छ । जीवनका घटनाहरू, आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक अवस्थाको चित्रण गर्न सकिन्छ । त्यसका लागि ज्योतिष शास्त्रमा नौ ग्रहको प्रभाव फरक–फरक तर आफ्नो निजी गुण र धर्मका आधारमा निश्चित गरिएको छ । ग्रहको गुण र धर्म निश्चित हुन्छ तर उसको जन्मकालीन अवस्था र तात्कालीक अवस्थाको प्रभाव निरन्तर बदलिइरहन्छ । जन्मकालीन समयका ग्रहहरूले निश्चित लक्ष्य र उद्देश्य तय गरेका हुन्छन् । उक्त लक्ष्य र उद्देश्यका लागि तत्कालीन ग्रहहरूको अवस्था विशेष प्रभावकारी हुन्छ । ग्रहहरूले तय गरेको लक्ष्य र तात्कालीक गोचरका बीचमा मानिसको मानसिकता र कर्म थपिन पुग्छ । ग्रहहरूको लक्ष्य र मानिसको लक्ष्यबीच तालमेल भएमा सफलता मिल्दै जान्छ भने विपरीत भएमा असफलता मिल्छ । त्यसैले ग्रहहरूले तय गरेको लक्ष्यअनुसार व्यक्तिले आफ्नो कर्म गरोस् भनेर नै ज्योतिषलाई आँखा भनिएको हो । आँखाको प्रयोग लक्ष्यसम्म पुग्नका गरिन्छ । त्यसैले हरेक मानिसले ज्योतिषीय लक्ष्य र जीवनको लक्ष्यबीच सामञ्जस्यता मिलाउन ज्योतिषीय परामर्श लिइरहनुपर्छ ।

जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने ग्रह र तिनले सिर्जना गर्ने प्रभावका विषयमा सामान्य जानकारी राख्नु सबैका लागि लाभदायी हुन्छ । ज्योतिष शास्त्रमा प्रयोगमा आउने नौ ग्रहहरू सूर्य, चन्द्रमा, मंगल, बुध, शुक्र, बृहस्पति, शनि, राहु र केतु हुन् । यी ग्रहहरूको फरक–फरक र नितान्त निजी स्वभाव र प्रभाव हुन्छ । ग्रहहरूमा सबैभन्दा पहिलो सूर्य हो । यसले व्यक्तिको आत्माको प्रतिनिधित्व गर्छ । उसमा आत्मविश्वास कस्तो छ ? स्वाभिमान वा आत्मसम्मान कस्तो छ ? हड्डी कति मजबुत छ भन्ने जनाउँछ । यसबाटै उसको पिता कस्तो छ । जन्मस्थान कस्तो छ । आत्मामा शुद्धता छ छैन हेर्न सकिन्छ । अग्नि तत्वको कारक ग्रह भएकाले व्यक्तिको ऊर्जा मापन यसै ग्रहबाट गर्न सकिन्छ । यो ग्रहहरूको राजा भएकाले व्यक्तिमा नेतृत्व क्षमता कस्तो छ भन्ने ज्ञात गर्न सकिन्छ ।

मनलाई प्रत्यक्ष प्रभाव पार्ने ग्रह चन्द्रमा हो । यो ग्रहले भावनात्मक कुरालाई प्रतिनिधित्व गर्छ । व्यक्तिको मानसिक अवस्थालाई उसको चन्द्रमाको अवस्थाले स्पष्ट पार्छ । चन्द्रमा जलसँग सम्बन्धित ग्रह हो । मानिसको शरीरमा पनि अधिक जल तत्व हुने हुनाले चन्द्रमाको अवस्थाका आधारमा शरीर र मनको अवस्था मापन गर्न सकिन्छ । यसले माता, सुख, मन, मनस्थितिको ज्ञात गराउँछ । चन्द्रमा मनको कारक भएको कारण व्यक्तिको मनमा उत्पन्न हुने भाव र त्यसबाट सिर्जना हुने कर्मको प्रकृति पनि थाहा पाउन सकिन्छ ।

अर्को ग्रह बुध हो । शिक्षाको मालिक बुध बुद्धिको कारक ग्रह हो । सञ्चारको कारक ग्रहको रूपमा बुधलाई लिइन्छ । बुधको अवस्थालाई हेरेर व्यक्तिमा जनसम्पर्कको अवस्था कस्तो छ भन्ने आँकलन गर्न सकिन्छ । कुनै पनि सूचनाको सञ्चार, गोपनीयता, सूचना–संकलन तथा सूचनाको उपयोग कस्तो हुन सक्ला भन्ने अनुमान लगाउन सकिन्छ । यो ग्रह व्यापारको कारक पनि हो । यसले व्यक्ति व्यापारमा सफल हुन्छ हुँदैन भन्ने ज्ञात गर्न सकिन्छ ।

शुक्र ग्रह समृद्धि र सम्पन्नताको ग्रह हो । यसले व्यक्तिको जीवनमा सम्पन्नता कस्तो रहन्छ भन्ने थाहा लाग्छ । सम्पत्ति, सम्पन्नता, खुसीको स्रोत शुक्र ग्रहको अवस्थाबाट ज्ञात गर्न सकिन्छ । हरेकको जीवनमा खुसीको आधार धन सम्पत्ति हो भने साथमा खुसी र आनन्दित जीवनका लागि प्रेम आवश्यक हुन्छ । अर्थको विषय शुक्रलाई जोडेर हेरिन्छ । यदि अर्थ राम्रो छ भने उसको जोश, जाँगर र ऊर्जा पनि सकारात्मक हुन्छ । शुक्र मनोरञ्जनको कारक पनि भएकाले व्यक्तिमा कतिको रमाइलोपना छ भन्ने पनि यसैबाट ज्ञात हुन्छ । समृद्धि, खुसी, आनन्द, मनोरञ्जन, सौन्दर्य, जोश, वीर्य, पुरुषको दाम्पत्य जीवन यी सबै कुरा शुक्रको कब्जामा छ ।

मंगललाई व्यक्तिको साहसको अवस्थामा हेरिन्छ । यो ग्रह अग्निकारक ग्रह हो । यसले ऊर्जा र शक्तिको प्रतिनिधित्व गर्छ । व्यक्तिमा साहस कति छ ? शक्ति र ऊर्जा कति छ ? लडाइँ या झगडामा कति शक्ति खर्च गर्छ । निडर छ वा डरपोक छ यसैबाट ज्ञात हुन्छ । त्यस्तै बृहस्पति ग्रहले धर्म र भाग्यको प्रतिनिधित्व गर्छ । यसले सन्तान, धन, धर्म, अध्यात्मजस्ता विषयमा आफ्नो अवस्थाअनुसारको फल प्रदान गर्छ । शुभ बृहस्पतिले भाग्यवान बनाउँछ भने अशुभ बृहस्पतिले कुल परम्परामा नकारात्मकता ल्याई व्यक्तिलाई विभिन्न समस्यासँग लड्न बाध्य बनाउँछ । जसको बृहस्पति राम्रो छ उसको सर्वत्र शुभ बनाउँछ । ज्ञानको कारक भएको व्यक्तिमा कति ज्ञान छ भन्ने यसैबाट ज्ञात हुन्छ ।

न्यायको कारक ग्रह शनि हो । यसले नीति नियम र अनुशासनको प्रतिनिधित्व गर्छ । व्यक्ति कति अनुशासित छ भन्ने कुरा शनिको अवस्थाबाट थाहा हुन्छ । यसले कर्मको प्रतिनिधित्व गर्छ । व्यक्ति कति मिहेनत गर्छ, नियमको पालना गर्छ या गर्दैन, अल्छी छ या छैन, आयु कस्तो छ जस्ता विषयमा शनिको अवस्थाले स्पष्ट पार्छ ।राहु ग्रह आकस्मिताको कारण हो । कुनै पनि आकस्मिक रूपमा हुने सकारात्मक या नकारात्मक घटनाको कारक राहु हो । यो परिवर्तनको स्रोत हो । यसले व्यक्तिलाई विद्रोही बनाउँछ । अधिक सफलता या अधिक असफलताको कारक पनि राहु हो । केतु ग्रह व्यक्तिको आन्तरिक अवस्था हो । यसले व्यक्तिभित्रको चेतको प्रतिनिधित्व गर्छ । कसैलाई महायोगी, साधु बनाउनेसम्मको काम केतुले गर्न सक्छ । पुनर्जन्म या मोक्ष केतुको अवस्थाले बताउँछ । राहु र केतु दुवै छाँया ग्रह हुन् । यिनको आफ्नो भौतिक स्वरुप छैन ।

यसरी ग्रहहरूको विशेषता, जिम्मेवारी र कारकत्वको आधारमा व्यक्तिको जीवनको मार्गदर्शन मिलाउँदै कर्ममा सम्बन्धित ग्रहको उपयोग गराउनुपर्छ । ज्योतिषीय परामर्शमा ग्रहहरूको कारकत्वलाई जीवनका विभिन्न चरणमा दशा, अन्तरदशाका आधारमा प्रयोग गराउन मार्गदर्शन गर्ने काम ज्योतिषीको हो । केवल भविष्यवाणी मात्र ज्योतिषीको काम होइन । ज्योतिषीको काम भविष्यमा हुने घटनाको फेहरिस्त बताउनेमात्र नभएर उसको लक्ष्य प्राप्तिका लागि ग्रहहरूको उपयोग गर्ने मार्ग देखाउने हो । ज्योतिषीले ग्रहको अवस्था उसको कारकत्व र दशाका आधारमा व्यक्तिको कर्मलाई दिशानिर्देश गर्ने हो भने कुनै पनि मानिस जीवनमा असफल हुँदैन ।

विगत, वर्तमान र भविष्यको ग्रहको गतिका आधारमा पेसा, व्यवसाय या अन्य कर्ममा ग्रहहरूको उपयोग गर्न परामर्श दिने हो भने ज्योतिषी जीवनको सच्चा मार्गदर्शक बन्छ । कुन विषयको कमीले व्यक्ति पीडित छ या कुनको अधिक प्रभावले समस्यामा छ भन्ने बुझेर कमजोरलाई बल दिने र अधिकलाई कटौती गर्ने हो भने मात्र ज्योतिष शास्त्रको सही उपयोग हुनसक्छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द शुक्रबार, मंसिर १२, २०८२
कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा शुक्रबार, मंसिर १२, २०८२
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
कूटनीति र पर्यटनको अन्तरसम्बन्ध
कूटनीति र पर्यटनको अन्तरसम्बन्ध सोमबार, मंसिर ८, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? आइतबार, मंसिर ७, २०८२
कृषि कार्यक्रमलाई पालिका र विद्यालयसँग जोडौं
कृषि कार्यक्रमलाई पालिका र विद्यालयसँग जोडौं शुक्रबार, मंसिर ५, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP