Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोकिएन वैदेशिक रोजगारीको बहानामा ठगी
रोकिएन वैदेशिक रोजगारीको बहानामा ठगी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ३, २०८१

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न युरोपेली मुलुक, रसिया र दुबई पठाइदिने भन्दै रकम संकलन गरी ठगी गर्ने क्रम बढ्दो छ । यही प्रकरणमा तीन जना पक्राउ परेका छन् । भोजपुर टम्केमैयुङ गाउँपालिका–३ घर भई हाल ललितपुर ताल्छीखेल बस्ने संघर्ष राई, मुगु खत्याड गाउँपालिका–८ घर भई काठमाडौं कोटेश्वर बस्ने नमराज रावत र भक्तपुर सूर्यविनायक नगरपालिका घर भएका पवन केसी प्रहरीको फन्दामा परेका हुन् ।

राईले आकर्षक तलबमा युरोपका विभिन्न मुलुकमा पठाइदिने भन्दै कमल अभिषेकसहित १३ जना वेरोजगार युवालाई ठगी गरेको बताइएको छ । उनले पीडितहरुसँग युरोपको प्रतिष्ठित कम्पनीहरुमा काम लगाइदिने विश्वास दिलाई पटक–पटक गरी ७४ लाख ९५ हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । फरार अवस्थामा रहेका राईलाई खोजतलासको क्रममा काठमाडौं बालाजुबाट पक्राउ गरिएको हो । 

यस्तै रावतले रसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ ठगी गरेको बताइएको छ । उनले प्रेमबहादुर चौधरीलाई रसियामा आकर्षक तलबसहित प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई ठगी गरेको प्रहरीले जनाएको छ । पीडितसँग पैसा लिएर सम्पर्कविहीन अवस्थामा रहेका उनलाई खोजतलासको क्रममा बानेश्वरबाट पक्राउ गरिएको बताइएको छ ।

Hardik health

यसैगरी पवन केसीले दुबई पठाइदिने बहानामा आचल तिवारीसँग चार लाख ९० हजार रुपैयाँ ठगी गरेको बताइएको छ । उनले पीडितलाई दुबईमा आकर्षक आम्दानी हुने गरी एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरीले उल्लेख  गरेको छ । 

पीडितबाट रकम लिएर सम्पर्कविहीन भएका उनीहरुलाई वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनीहरु तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
 


प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, माघ २२, २०८२
व्यवसायी उत्साहित, विज्ञको विरोध
व्यवसायी उत्साहित, विज्ञको विरोध बिहीबार, माघ २२, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP