Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • म त भाँडा माझेर बसेको केटो ! 
म त भाँडा माझेर बसेको केटो ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २०, २०८०

सुरिलो स्वर, जुंगाको रेखी बस्दै गरेको भर्खरको अल्लारे केटो । नमस्कार ! भन्दै गाउँ घुम्दै थियो । धेरैले वास्ता पनि गरेनन्् । कतिले त यस्ता जावा भन्न पनि छाडेनन् । तर पनि केटो नमस्कार गर्दै एक हुल कार्यकर्ता लिएर घरदैलो गर्दै थियो । एउटी बूढी आमैले सोधिन् ? को हो रे बाबु तिमी ? ल, आमाले चिन्नुभएन ? म त उही त हो नि नेम्बाङको छोरो सुहाङ । उसले बोल्न नपाउँदै बूढी आमाले उत्तर दिई नेम्बाङको छोरा स्वांग ! अनि तिमी के स्वाङ पारिरहेका छौ त बाबु ?

हैन नि आमै म त हजुरहरुसँग भोट माग्न आको । हजुरले जसरी बुवालाई भोट दिएर पठाउनुभो त्यसैगरी मलाई पनि जिताएर सांसद बनाइदिनुपरो । ए ठीकै छ नि । चुनाउको दिनसम्म हेरौला ! हेरौला हैन नि आमै, म त नाति केटोजस्तै त हुँ, युवा छु । केही गर्नु पर्ने जोश जाँगरले हजुरहरुको घरदैलोमा आएको छु । नाइँ नभन्नु ल ? 

नाइँ भने पनि ल भने पनि युवाहरुको पनि देखिएकै छ । त्यो दारीवाल पनि अस्ति भर्खर आएर विरासत धान्छौं भनेर उ त्यही चौतारीमा भाषण छाँटेर गाको । अब दारीवालले नेम्बाङको विरासत लिने हो कि तिमी स्वांगले भन्ने नै अलमल भो । दुइटै केटौले छौं । बूढाहरु पनि देखियो, उमेर पाकेकाहरु पनि देखियो ! छिप्पिसकेको शासन पनि देखियो । खै के गरौंला र ? गर्छाैं आमै । आफ्नो देशका लागि जसरी पनि त गर्नुपर्‍यो नि । अर्काको देशमा त कति गरियो गरियो । अब त आफ्नै देश बनाउँछु भन्ने आशाले आको !

केटोले आमैलाई गफ दिँदै गर्दा अर्का अधवैशे प्वाक्क बोेले । ‘तिमी देश बनाउन आका हौ कि तीन दिनसम्म कुरेर बसेको बाउको सत्गति गर्न आको बाबु ? विचर, भोट माग्न गाको स्वांगलाई भ्वांग नै पार्दिने गरी उछितो काटे । अधवैशेको कुरासँग हो कि हो कि जस्तै गरेर आमैले फेरि सोधिन् ? अनि बाबु तिमीले त धेरै नै गर्‍यौं होला विदेशमा । गरेँ नि आमै । कम दुःख थियो र गएको एकै हप्तामा भाँडा माझ्ने काम गरियो । भाँडा माझ्ने, कपडा बेच्ने गर्दा गर्दै पछि त म चाउमिन, स्याण्डवीच बनाउन पनि जान्ने पो भइसकेको थिएँ त !

Hardik health

विचरा स्वांग सीधा कुरा गरेर सबै भ्वांग पारिहाले । स्वांगको बोलीमा मिलेमतोको स्वाद चाखेजस्तै गरी अधवैशेले भने । ठिकै हो अब उता भाँडा माझ्नेदेखि सबै काम जानेर आका रैछौं । स्वांगले पनि सीधा उत्तर दिए– हो नि कम्ता दुःख थिएन र आम्मामा ! ल जेहोस् अब विदेश नजाने भनेर आको छु । हजुरहरुले भोट दिएर जिताउनुपर्छ । 

आमैले त ठिकै हो जस्तो गरी ल ल बाबु हामी विचार गरौँला नि भनिन् । तर अधवैशेले भने भनिहाले– खै जसलाई भोट दिएर पनि केही हुने वाला छैन । तिम्रा बालाई पनि वर्षौं वर्ष दिएकै हो । आफ्नै छोराहरुलाई त देशमा राख्न मिल्ने गरी रोजगारी सिर्जना गर्न नसकेर विदेश धपाए । मर्ने बेला अनुहार पनि देख्न पाएनन् । अब तिमीहरुले पनि युवाहरुलाई त्यसैगरी विदेश धपाउने बाहेक के गरौला र ? 

अधवैशेलाई फकाउँदै स्वांग बोले । अब त्यस्तो हुँदैन । मानिस सँधै एउटै हुँदैन नि । अब त युवाहरुले नै गर्ने हो देशका लागि ? गर्ने हो त भन्ने हो तर कसका लागि गर्छनन् भन्ने छ घाम जत्तिकै छर्लंग छ नि । दश वर्ष बमबारुदमा खेल्नेले त भाई छोरी ज्वाई बाहेक कोही देखनन् । अब तिमी त अझै विदेशहा भाँडा नै माझ्न थालिसकेका मान्छे । यही इलाममा इलम गरेर बसेको भएपनि हो कि भन्नु । त्यस्तो बाबुको छोरो त देशको माटो बेचेर विदेश गयौं । तिम्रा बाहरुले बाध्य पारे । अब त उही हो । 

वरिपरि गुचुमुच्च परेर बसेका गाउँलेहरु अधवैशेको कुरामा भित्रैबाट स्वीकृत गरिरहेका थिए । ताली बजाउनेको पनि कमी थिएन । कतिपय त छोराछोरीले विदेश पठाइदिएको ‘दाइफोन’बाट भिडियो खिचिरहेका थिए । नेपालमा चर्चित पत्रकार नै जस्तै गरी । हुन पनि अहिले त एउटै घरमा दुई–चार पत्रकार नभएको भेट्नै मुस्किल पर्ला । एकताका एउटा टेलिभिजनले फलाक्थ्यो । टोलटोलमा पत्रकार भनेर । तर त्यसलाई पनि माथ ख्वाउनेगरी अहिले त घरघरमा पत्रकार । त्यसैले पनि होला स्वांगको अगाडि भ्यांग परेकाहरु भिडियो खिच्नेहरु धकेला धकेल गर्दै थिए । मानौ कि त्यहाँ ठूलै काण्ड नै भएको जस्तो गरी । 

आजकल त के भो र भ्रम छर्ने कुरालाई मार्क जुकरवर्गले सजिलै ठाउँ दिएकै छन् । सत्य होस् कि झूठो होस् । तुरुन्त तुरुन्दै विश्वभर पुर्‍याइदिन्छन् । पहिले पो खर्च बर्च टन्नै हुन्थ्यो । नेपालीलाई भोजभतेर गर्नुपथ्र्याे । अहिले त मोबाइलबाट खिच्यो, डलर तिर्‍यो । भोजभतेर उतै डलरबाटै गर्छन् । न सीपको चिन्ता न ज्ञानको आवश्यकता । हुरी आको जस्तो भुटुङटुङ ‘लाइक’ आएपछि त मान्छे गज्जबैको रैछ भन्ने भइगो । उता भाँडा माझ्दै लुगा बेच्दै स्वाण्डवीच बनाको पारिश्रमिक थाप्ने डलर कार्ड छँदैछ । भुटुङटुङ बुष्ट हान्दियो गुटुङटुङ गईहाल्छ । तात्तो न छारो । 

सत्यकुरा बोलेकै छ क्यार । बाउ जति नै ठूलो नेता भएपनि । जागिर ख्वाउन सकेनन् । नेपाल सरकारले रोजगारी दिएन । अनि त भाँडा माझ्न नगएर यही सुन तस्करी गरेर बस्नु त ? स्वांगले मनमनै अधवैशेलाई उत्तर दियो । लण्डनमा २० वर्ष पढ्न पठाको भनेको देउवाको छोराले सेनेटेरी प्याडको ठेक्का हान्ने, हाम्रै काका पर्ने ईश्वरको छोराले ओम्नी ठेक्का हान्नी, महरा काकाको छोरा सुन ठेक्का हान्ने, टोपबहादुर बाउछोरा मान्छे बेच्ने ठेक्का हान्ने अनि मैले बाउले जागिर ख्वाउन नसकेर विदेशमा भाँडा माझ्दाचाहिँ सबलाई ल्याङ हुने । 

म त विदेशमा भाँडा माझेर बसेको केटो सत्य बोल्न नि नहुने । दिने भए सीधा देऊ, नदिने भए फर्काइदेऊ । नेवाङको छोरो हुँ सुहाङ, जताततै देख्छु भ्वाङ, सधैँभरि यस्तै हुने के को ल्याङल्याङ !
 


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP