Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १६, २०८०

एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ । 

एनबीसी न्यूज, द एसोसिएटेड प्रेस, द वासिङ्टन पोस्ट, द वाल स्ट्रिट जर्नल, एबीसी न्यूज लगायत सञ्चारमाध्यमले उत्तरी राज्यमा स्थानीय समयअनुसार राति ८ः०० बजे मतदान सम्पन्न भएको केही मिनेटपछि उक्त प्रक्षेपण गरेका हुन् ।  

राष्ट्रपति बाइडेनले मिनेसोटाका सांसद डीन फिलिप्सलाई सहजै पराजित गर्नुभएको छ । मिचिगनमा युवा साथै मुस्लिम र अरब अमेरिकी मतदातालगायत विभिन्न अधिकारकर्मीहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई बाइडेन प्रशासनले गरेको व्यवहारको विरोधमा ‘अप्रतिबद्ध’ रूपमा मतदान गर्ने अभियानको संयोजन गरेका थिए । 

Hardik health

सन् २०१६ मा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई ११ हजार मतले पराजित गर्नुभएको मिचिगनमा बीस हजारभन्दा बढी डेमोक्र्याट मतदाताहरूले ‘अप्रतिबद्ध’ विकल्पको लागि मतदान गरेका छन् ।संयुक्त राष्ट्रसङ्घका लागि पूर्व अमेरिकी राजदूत तथा दक्षिण क्यारोलिनाकी पूर्वगभर्नर निक्की हेलीलाई पराजित गर्दै ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट जित हासिल गरेका छन्  । 

मिचिगनका ५५ राष्ट्रपति प्रतिनिधिमध्ये १६ जनाको मात्र प्राथमिक नतिजाका आधारमा निर्णय गरिनेछ भने बाँकी प्रतिनिधि (डेलिगेट्स) लाई मार्च २ मा हुने रिपब्लिकन कन्भेन्सनमा वितरण गरिनेछ । इमर्सन कलेजपोलिङ÷द हिलको नयाँ सर्वेक्षणअनुसार मिचिगनका ३१ प्रतिशत मतदाताका लागि अर्थतन्त्र सबैभन्दा ठूलो मुद्दा हो भने अन्य आप्रवासन, लोकतन्त्र, स्वास्थ्य सेवा, आवास कोलागि खतरा, शिक्षा, अपराध र गर्भपतन पहुँच उनीहरूको चासोको विषय हो ।  

मिचिगन अमेरिकी राष्ट्रपतीय चुनावमा मतका हिसावले एक महत्वपूर्ण राज्य हो । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा हिलरी क्लिन्टनलाई ०.२ प्रतिशतले पराजित गर्दै बिजयी हुनुभएको थियो । त्यसको चार वर्षपछि बाइडेनले २.८ प्रतिशत मतान्तरले जित हासिल गरेका थिए । 

अमेरिकी अधिकांश राज्यहरूमा राष्ट्रपतीय प्राइमरी मतदान हुने ‘सुपर ट्युस्डे’ ननिकँदै छ । रिपब्लिकन वा डेमोक्र्याटिक अधिवेशनहरूमा भाग लिने लगभग एक तिहाइ प्रतिनिधिहरू सामान्यतया यस दिन तय गरिन्छ । यस वर्षको ‘सुपर ट्युस्डे’ मार्च ५ मा परेको छ र उक्त दिन, लगभग १५ राज्य र एक क्षेत्रमा मतदान हुनेछ ।  

आधिकारिक रूपमा पार्टीको प्रतिनिधिहरूद्वारा चयन गरिने राष्ट्रपति पदको उम्मेदवार जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनभन्दा पहिले घोषणा हुनुपर्नेछ र यो जुनका लागि तय भएको छ । त्यसपछि अगस्टमा डेमोक्र्याटिक नेशनल कन्भेन्सन हुँदै सन् २०२४ को नोभेम्बर ५ मा अमेरिकी नया राष्ट्रपति चयनका लागि हुने मतदान हुनेछ । 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP