Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अविच्छिन्न नेतृत्व दाहाल, ब्रेक लाग्ला अब ?
अविच्छिन्न नेतृत्व दाहाल, ब्रेक लाग्ला अब ?
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, माघ २९, २०८०
  •  साढे तीन दशकदेखि पुष्पकमल दाहाल पार्टी नेतृत्वमा
  • कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली चुनावबाट निर्वाचित हुँदा दाहाल भने जहिल्यै ताली पड्काएर अध्यक्ष
  • माओवादी नेताहरू प्रत्यक्ष चुनाव लड्नुपर्ने पक्षमा

काठमाडौं– साढे तीन दशकअघि भएको सेक्टर काण्डपछि पार्टी नेतृत्वमा आएका हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । प्रधानमन्त्रीसमेत रहेका उनले कहिल्यै प्रत्यक्ष चुनाव लडेनन् । माओवादीको संगठनात्मक संरचना प्रणाली भने जनवादी केन्द्रीयता हो । 


निर्वाचन प्रणाली कस्तो बनाउने भन्ने सल्लाहमा छौं । तर हामी सबै निर्वाचित हुनुपर्छ । यो युगले मागेको हो कार्यकर्ताको तहबाट ‘इलेक्टेड’ भएर आउनुपर्छ ।
दिननाथ शर्मा
स्थायी कमिटी सदस्य

जनवादी केन्द्रीयतामा लोकतन्त्रको अभ्यास हुन्छ । सही मान्छेको छनोट पनि हुन्छ । त्यसकारण कसैको दयामायाको भरमा, कसैले टेको लगाएर नेतृत्व स्थापित गर्ने भन्दा पनि आफ्नो क्षमता प्रदर्शन गरेर, योग्यता प्रदर्शन गरेर आएको नेतृत्व नै नेतृत्व हुन्छ ।
सुदन किराँती
पर्यटनमन्त्री
 

कार्यकर्ताहरू नेताको मुख ताक्ने भए । जनतासँग घुलमिल हुने र संगठन बनाउने त छँदै छैन । त्यसो हुँदा त पार्टी कहाँ बन्छ ? बन्दैन । त्यही भएर राम्रालाई छान्न पनि निर्वाचन प्रणाली प्रत्यक्ष नै हुनुपर्छ । 
हितबहादुर तामाङ
प्रतिनिधिसभा सदस्य

यसअनुसार पार्टी नेतृत्वको चयन प्रतिनिधिहरूबाट चुनिन्छन् । जुन प्रत्यक्ष निर्वाचन प्रणाली हो । तर, दाहाललाई अध्यक्ष हुन कहिल्यै प्रत्यक्ष चुनाव लड्नै परेन ।
चुनाव नलडी साढे तीन दशकदेखि पार्टी नेतृत्वमा दाहाल अविच्छिन्न छन् । हलले ताली पड्काएको भरमा अध्यक्ष भइरहने सौभाग्य दाहाललाई मिलेको छ । 

Hardik health

माओवादी स्थायी कमिटी सदस्य दिननाथ शर्मा अब अध्यक्ष दाहाल फेरि अध्यक्ष हुने भए चुनाव लड्नुपर्ने बताउँछन् । अध्यक्ष चुनाव लडेरै आउनुपर्ने प्रावधान पार्टीको विधानमै उल्लेख गर्नुपर्नेमा उनको जोड छ । यसलाई उनी युगअनुसारको नेतृत्व चयन पद्दति भएको बताउँछन् । 

‘निर्वाचन प्रणाली कस्तो बनाउने ? सल्लाहमा छौं । तर हामी सबै निर्वाचित हुनुपर्छ । यो युगले मागेको हो,’ उनले प्रभावसँग भने, ‘कार्यकर्ताको तहबाट इलेक्टेड भएर आउनुपर्छ । म तयार छु । अध्यक्ष प्रचण्ड पनि विल्कुलै तयार हुनुपर्छ ।’

संसद्मा रहेका दलहरूमध्ये सर्वाधिक अवधि पार्टी नेतृत्वमा रहेका नेता दाहाल हुन् । सशस्त्र विद्रोहदेखि शान्तिपूर्ण राजनीतिमा आउँदासम्म उनी माओवादीको निर्विकल्प नेता बने । पार्टीमा उत्तराधिकारी विकास गर्ने यसअघि उनी भन्थे । तर, सम्भावित उत्तराधिकारीको राजनीतिक रुपमा किनारा लगाएको आरोपको उनले सामना गर्नुप¥यो । हुन पनि पार्टीको अध्यक्ष हुन तत्कालीन उपाध्यक्षहरू मोहन वैद्य र डाक्टर बाबुराम भट्टराईले जोड गरेका थिए । उनीहरूलाई पन्छाउन दाहाल सफल भए । यसरी पार्टीमा लगातार नेतृत्व लिएका दाहाललाई यसपटक विधान सम्मेलनअघि पार्टीको तल्ला कमिटीबाट लिएको राय सुझावले झस्काएको छ । कोशी, मधेस, बागमती, गण्डकीलगायत प्रदेशहरूबाट आएका रायले पार्टी अध्यक्ष दाहाल पनि चुनाव लड्नुपर्ने अनि मात्रै अध्यक्ष हुनुपर्ने दबाब सिर्जना गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशीसहित देशका विभिन्न प्रदेशबाट पार्टी अध्यक्षसँगै अन्य पदमा प्रत्यक्ष चुनाव प्रणालीबाटै नेताहरू चयन गर्नुपर्ने राय प्रस्तुत गरेका छन् । उनका अनुसार आइतबारदेखि राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समिति बैठकमा पार्टीका प्रदेश इञ्चार्ज र सहइञ्चार्जले प्रस्तुत गरेको चार महिने पार्टी रुपान्तरण अभियानसँगै विधानबारेको छलफलमा अधिकांश प्रदेशबाट प्रत्यक्ष चुनाव लड्नुपर्ने राय दिएको विवरण उल्लेख छ । रायअनुसार नै पार्टीको चुनाव प्रणालीमा अदलबदल गर्नुपर्ने उनको पनि राय छ ।

‘जनवादी केन्द्रीयतामा लोकतन्त्रको अभ्यास हुन्छ । सही मान्छेको छनोट पनि हुन्छ । त्यसकारण कसैको दयामायाको भरमा, कसैले टेको लगाएर नेतृत्व स्थापित गर्ने भन्दा पनि आफ्नो क्षमता प्रदर्शन गरेर, योग्यता प्रदर्शन गरेर आएको नेतृत्व नै नेतृत्व हुन्छ,’ उनले भने, ‘त्यही नै आजको समयमा सही हुन्छ ।’

माओवादी केन्द्रका पदाधिकारीहरू अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष कोही पनि निर्वाचित भएका होइनन् । उनीहरू सबै सर्वसम्ममति र मनोनीत प्रक्रियाबाट पदाधिकारी भए । यसका विरुद्धमा रहेका माओवादीकै नेताहरू टिके प्रथा पनि भन्ने गर्छन् । पार्टीको वडा समितिसम्मै यस्तै चलन माओवादीमा छ । 

तर, कांग्रेस, नेकपा एमालेलगायत दलहरूमा प्रत्यक्ष चुनाव प्रणाली कार्यान्वयनमा छ । महाधिवेशनमा प्रतिनिधिहरूले व्यक्त गरेको अभिमतका आधारमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका हुन् । दुवैले चुनावमा प्रतिस्पर्धी सामना गरे । हाल सत्ता नेतृत्व दल माओवादीका अध्यक्षसमेत रहेका दाहाल पनि चुनावमा प्रतिस्पर्धीविहीन रहँदै आएका छन् ।  

उनको यो नेतृत्व स्थापित गर्ने शैलीले पार्टीका कार्यकर्ताहरू नेताप्रति बफादार भएको र नेताहरू त्यसमै रमाउँदा अन्ततः पार्टी संगठन कमजोर बन्दै गएको बुझाइ माओवादी सांसद हितबहादुर तामाङको छ । उनले पार्टी संगठन बचाउन र जनताको माझमा पार्टीलाई थप सुदृढ बनाउन प्रत्यक्ष चुनाव प्रणाली अनिवार्यजस्तै भएको पनि बताए । 
‘कार्यकर्ताहरू नेताको मुख ताक्ने भए । जनतासँग घुलमिल हुने र संगठन बनाउने त छँदै छैन । त्यसो हुँदा त पार्टी कहाँ बन्छ ? बन्दैन,’ उनले भने, ‘त्यही भएर राम्रालाई छान्न पनि निर्वाचन प्रणाली प्रत्यक्ष नै हुनुपर्छ । यसका लागि अध्यक्ष प्रचण्ड कमरेड पनि तयार हुनुहुन्छ होला ।’

हाल माओवादी हरेक चुनावबाट झन्झन् सानो दल बन्ने नियतिमा छ । यसलाई माओवादीकै कतिपय नेताहरू लगातार साढे तीन दशकदेखि नेतृत्व गरेका दाहालले संगठन मजबुत बन्न सकेन । बरु संकटापन्न स्थितिमा माओवादी परेको छ । यसले गर्दा अब पार्टी नेतृत्व परिवर्तन गर्ने लुप्त चाहनाबाट माओवादीको हरेक पदमा प्रत्यक्ष चुनाव लड्नुपर्छ भन्ने राय आएको पूर्वमन्त्रीसमेत रहेका दिननाथ शर्माले बताए ।
 


प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP