Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उहाँलाई ‘भगवान हुँ’ भन्ने छुट छ
रवि लामिछानेलक्षित गगन उहाँलाई ‘भगवान हुँ’ भन्ने छुट छ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, माघ २७, २०८०
  • जसले संविधान मानेको जस्तो देखाउँछ । जसले चुनावमा गएजस्तो गर्छ । यसले ४६ सालको आन्दोलन मान्दैन । ६२/६३ सालको आन्दोलन मान्दैन । हाम्रो संघर्षको उपहास गर्छ । यसले विधि मान्दैन । प्रक्रिया मान्दैन ।
  •  एउटा नेपाली नागरिकले सहकारीमा ठगे दण्ड हुन्छ । भ्रष्टाचारी भिआइपी हुँदैन । ठग भिआइपी हुन सक्दैन । अराजक भिआइपी हुँदैन
  • ऊ जादूगर बनेर आउँछ । लोकरिझ्याइँ गर्दै संविधानमाथि प्रहार गर्छ । अर्को पार्टीको साथीले भन्न पाउनुहुन्छ । यी त मानिसहरु हुन् । म त भगवान हुँ । मेरो त १० वटा हात छ । मेरो त १० वटा टाउको छन् । म त जादूगर हुँ । मसँग अचुक अस्त्र छ । म रातारात कायपलट गर्दिन्छु । चमत्कार गर्छु । 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट संविधानमाथि प्रहार सुरू भएको आरोप लगाएका छन् । राजावादी दलले पहिलेबाटै र रास्वपाले जनताको संघर्षको उपहास गर्दै संविधानमाथि प्रहार गरिरहेको गगनले आरोप लगाएका हुन् ।

‘संविधानलाई कयौं कोणबाट प्रहार भइरहेको छ । यस्तो अवरोधहरु आइराख्छ । अवरोध चिनौं र चिरौं । एउटा पात्र छ जसलाई हामीले नहराएका पनि होइन । उसको हातबाट खोसेर हामीले जनतालाई हक दिएका छांै,’ शुक्रबार महामन्त्री थापाले भने, ‘संविधानमाथि प्रहार गर्ने अर्को प्रवृत्ति आएको छ । जसले संविधान मानेको जस्तो देखाउँछ । जसले चुनावमा गएजस्तो गर्छ । यसले ४६ सालको आन्दोलन मान्दैन । ६२÷६३ सालको आन्दोलन मान्दैन । हाम्रो संघर्षको उपहास गर्छ ।’

रवि लामिछानेको नेतृत्वतिर लक्ष्य गर्दै गगनले उक्त दलले आफूलाई भगवान हुँ भनेर दाबी गर्न पाउने तर्क गरे । ‘जसले विधि मान्दैन । प्रक्रिया मान्दैन । ऊ जादूगर बनेर आउँछ । लोकरिझ्याइँ गर्दै संविधानमाथि प्रहार गर्छ । यस्तो विषय चिर्न कांग्रेसलाई नयाँ दललाई जस्तो छुट हुँदैन । हामी संघको सबैभन्दा ठूलो पार्टी,’ उनले भने, ‘अर्को पार्टीको साथीले भन्न पाउनुहुन्छ । यी त मानिसहरु हुन् । म त भगवान हुँ । मेरो त १० वटा हात छ । मेरो त १० वटा टाउको छन् । म त जादूगर हुँ । मसँग अचुक अस्त्र छ । म रातारात कायपलट गर्दिन्छु । चमत्कार गर्छु भनेर भन्न पाउनुहुन्छ । हामीले पाउँदैनौं । हामीले डेलिभरी दिनैपर्छ । सम्हाल्ने काम हाम्रो प्रत्येक तहका अध्यक्षले, प्रत्येक वडाका अध्यक्षले आफ्नो काम देखाउन सक्नुपर्छ ।’ 

डेलिभरी दिने विषयमा कांग्रेस अझै हारिरहेको थापाले बताए । गगनले सभापति लामिछानेमाथि ठग र अराजक भएको आरोपसमेत लगाएका छन् । माघ २४ गतेको प्रतिनिधिसभा बैठकमा लामो समयदेखि राजनीतिमा रहे पनि गफ गर्नेबाहेक कुनै काम गर्न नसकेको आरोप खेपेका थापाले शुक्रबार लामिछानेमाथि ठग र अराजकको आरोप लगाएका हुन् ।

Hardik health

शुक्रबार नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलनमा ठगहरु भिआइपी हुन नसक्ने भन्दै त्यस्तालाई शक्तिको आडमा राज्यले छुट दिन नहुने बताए । ‘एउटा नेपाली नागरिकले देशको सार्वजनिक सम्पत्ति लुटेर लिए दण्ड हुन्छ । एउटा नेपाली नागरिकले सहकारीमा ठगे दण्ड हुन्छ । भ्रष्टाचारी भिआइपी हुँदैन । ठग भिआइपी हुन सक्दैन । अराजक भिआइपी हुँदैन,’ उनले लामिछानेलाई लक्षित गर्दै भने, ‘सुशासनलाई कांग्रेसले मन्त्र बनाउनुपर्छ । दोषी जोसुकै होस् । उम्कन हुन्न । कानुन सबैका लागि बराबर हुनुपर्छ । भिआइपीका नाममा सरकारले छुट दिन हुँदैन ।’

लामिछानेमाथि केही सहकारीको रकम हिनामिना गरेको आरोप छ । कास्कीमा उनीविरुद्ध उजुरी परेको छ । थापाले माघ २४ गतेको प्रतिनिधिसभा बैठकमा पनि लामिछानेमाथि सहकारी ठगीमा कारबाहीको माग गरेका थिए । त्यसपछि लामिछानेले थापालाई राजनीतिमा लामो समयदेखि लागे पनि काम गर्नुको साटो भाषणमा समय बिताएको र सस्तो प्रचारका लागि वक्तव्य दिने गरेको आरोप लगाएका थिए ।
‘नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्छ । जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस्, दण्ड पाउनुपर्छ । आमनागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउनेमाथि कारबाही हुनुपर्छ,’ गगनले भनेका थिए ।

सहकारी ठगीधन्दाको मतियार भएका व्यक्ति कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ थियो । त्यसो गरिए सरकार सुशासनको पक्षमा साँचो रुपमा उभिएको अर्थ लाग्ने पनि उनको भनाइ थियो । ‘आमनागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ । ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पर्दैन ?,’ महामन्त्री थापाले भनेका थिए ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारी जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउन नयाँ दलले रोकेको हो भनी प्रश्न गरेका थिए । ‘सरकारी जग्गा कीर्ते गर्नेहरू आफ्नै दलभित्र छन् कि ∕ पहिला पार्टीभित्र कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्ने र सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ? सरकारमै भएजस्तो लाग्छ,’ लामिछानेले गगनप्रति लक्षित गर्दै भनेका थिए, ‘लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वर्षौं बितेजस्तो लाग्छ । रोके छ चाहिँ केले ? नयाँ दलले ?’ 

राष्ट्रिय सभामा निर्वाचित कांग्रेस सांसद जितजंग बस्नेतले पनि सहकारी ठगीमा लामिछानेमाथि कारबाहीको माग गरे । ‘दुईटा नागरिकता, पासपोर्ट, को–अपरेटिभमा करप्सन गरेको कुरा उठेको छ । महामन्त्रीजीले संसद्मा पनि कुरा उठाउनुभयो,’ लामिछानेलाई लक्षित गर्दै बस्नेतले भने, ‘यस्ता तत्वहरुले देशमा विखण्डन ल्याउन खोजिरहेका छन् । कारबाही होस् ।’
 


प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देशव्यापी आन्दोलन गर्ने एमालेकाे घोषणा
देशव्यापी आन्दोलन गर्ने एमालेकाे घोषणा मंगलबार, चैत १७, २०८२
एमालेकाे संसदिय जिम्मेवारी  बादल र पद्मालाई
एमालेकाे संसदिय जिम्मेवारी बादल र पद्मालाई मंगलबार, चैत १७, २०८२
नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेला हुँदै
नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेला हुँदै मंगलबार, चैत १७, २०८२
कांग्रेसमा समानान्तर गतिविधि  
कांग्रेसमा समानान्तर गतिविधि   मंगलबार, चैत १७, २०८२
नेपाली कांग्रेसका काव सभापति पूर्णबहादुर खड्काले बाेलाए कार्यसमिति बैठक
नेपाली कांग्रेसका काव सभापति पूर्णबहादुर खड्काले बाेलाए कार्यसमिति बैठक सोमबार, चैत १६, २०८२
एमाले नेता बस्नेतले विराेध सभा गर्न बाेलाए कार्यकर्ता
एमाले नेता बस्नेतले विराेध सभा गर्न बाेलाए कार्यकर्ता सोमबार, चैत १६, २०८२
लामिछानेको  रिटमा सुनुवाइ हुँदै
लामिछानेको रिटमा सुनुवाइ हुँदै सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP