Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • डिंग हाँक्ने गोठाला
डिंग हाँक्ने गोठाला
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १९, २०८०

थुइक्क असत्तिऽ यस्तो नचाहिने कुरा पनि गर्ने हो ? पाप धर्म पनि थाहा छैन है तँलाई ? झूठको पनि पराकाष्ठा नै पो भो त ? लठबहादुर कड्किन्छ ?

मैले के गरेको छु ?

के गरिनस् ? आँखै अघि झूठो बोलेर अरुलाई बदनाम गराउन खोज्ने पनि तरिका हुन्छ नि ! 

ह्याऽ नकराऊ के तिमी । अब उनले जस्तो उत्तर खोजे मैले त्यस्तै दिएँ के गर्नु त ? गोफ्ले आफ्नो जवाफ फर्कायो । उनले खोजेजस्तो उत्तर भन्दैमा अरुलाई खसालेर बोल्न त भएन नि ! आपूmमात्र राम्रो बन्नका लागि तिमी जे सुकै गर गोफ्ले । तर तिमीले जे गरिरहेका छौं त्यो ठीक छैन चाहे रिसाऊ, चाहे खुसाउँ । डिंग हाँक्ने गोठालोजस्तो बन्ने काम नगर । बोल्न मन लाग्छ बोल बोल्न मन लाग्दैन आफ्नो बाटो लाग । लठबहादुर अझै रिसाउँछ ।

Hardik health

लठबहादुर जति रिसाए पनि गोफ्लेले नानीदेखि लागेको बानी कहाँ छोड्थ्यो र ?

उनकै नजिक रहेको उनका शासकलाई श्रीमान् मैले यसो गरेँ र त्यसो गरेँ भन्दै डिंग हाँक्न थालिगो । सँगैका लठबहादुर र लिडे हेराहेरबाहेक केही पनि गर्न सकेनन् । भैगो, जाउँ । लठबहादुर त्यहाँ बस्न मनै गरेन । तर, लिडे त्यो ठाउँ छोड्न मानिरहेको थिएन । किनकि उसलाई गोफ्लेको पारा अझै नियाल्नु थियो । उसको डिंग हाँक्ने तरिका निकै उत्कृष्ट थियो । जस्तो झूठो कुरालाई पनि ठ्याक्कै हो जस्तै गरेर बनाउन सक्ने क्षमता उसमा थियो । अरुले गरेको कामलाई मैले नै गरेको हुँ भनेर प्रमाणित गर्न निकै सिपालु थियो ।

गोफ्लेको यस्तो व्यवहारबाट लठबहादुर र लिडे वाक्क दिक्क भइसकेका थिए । यी दुईले जति नै मरिहत्ते गरेर काम गरे पनि त्यो सबैको जस गोफ्लेले लिइसकेको हुन्थ्यो । विचरा लठबहादुर र लिडे भने हेरेको हे¥यै हुन्थे । हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तै ।

नेपालीमा उखान छ, ‘काम गर्ने कालु, मकै खाने भालु’ । आजकाल त्यस्तै चलेको छ । देश डिंग हाँक्ने गोठालाहरुको पेरिफेरिमै घुमिरहेको छ । ‘बोल्नेको पिठो बिक्छ, नबाल्नेको चामल पनि बिक्दैन’ त्यसै कहाँ भनेको हो र ! लठबहादुर लिडेलाई भन्छ । 

त्यो बूढापाकाले भोगेरै बनाका हुन् त लठे । तँ सत्यको जित हुन्छ भन्दै मलाई पछि लगाए हिँडिस् । न तेरो राम्रो भयो न मेरो राम्रो भयो । चोर स्यालजस्तो त्यही गोफ्ले नै सर्वेसर्वा भयो । कहिलेकाहीँ त तेरो पछि लाग्न नै छाडिदिउँ जस्तो लाग्छ । तर के गर्नु गाँस छोड्नु साथ नछोड्नु भन्ने सम्झिन्छु । जति नै दोष खेप्नु परे पनि लठेलाई छाड्न सक्दिनँ ।

लठबहादुर भन्छन्, ‘अहिले पनि भन्छु सत्यको जित हुन्छ । ढिला होला जित सत्यकै हो । झूठ कति नै ठिक्ला र ? भ्रम कति नै पो फिजाउन सकिएला र ? दुई–चार दिनमात्र हो भ्रममा राख्ने । पछि थाहा पाएपछि त गोरु देखाएजस्तो खेदाइ हाल्छन् नि ।’ 

लठबहादुरको कुरा सुनेर लिडे मुसुक्क मुस्कुराउँछ । त्यो त हो नि दुई–चार दिनको के चुरीफुरि गर्नु ? अहिले समाज नै त्यस्तै छ । त्यही भएर समाज चिनेकाले होला गोफ्लेले डिंग हाँकेको सबैलाई चित्त बुझेकै छैन ।चित्त नबुझेर पनि के गर्नु गोफ्ले जति टाठो र छट्टु स्याल को छ र ? लिडे लठबहादुरको कुरा सुनिरहेको छ । हेर, यो छट्टु स्याले हो भित्रभित्रै क–कसलाई सिध्याउने हो थाहा छैन । अहिले दंग परिरहेका छन् भोलि सिद्धिने भएपछि बल्ल चाल पाउँछन् ।


कुरा त ठीकै हो लठे तर के गर्नु, पछि पछुताउने भन्ने कुरा कसले सम्झेको छ र ?

अहिलेलाई हेरेका छन् । हावामा दौडिएका छन् । आए अाँप गए झटारो कसको के नै पो जान्छ र ? डिंग हाँकेर लंका पिटिसक्यो । लिडेको कुरा सुनेर लठबहादुर सम्झाउन खोज्छन् ।त्यसो होइन ! गोफ्लेले जे गरिरहेको छ नि त्यो तेरो र मेरो मात्र होइन भविष्यमासमेत कसैको भलाइ हुने छैन । हजुरबाउले जोगाइदिएको सम्पत्तिमा मोज जसले पनि गर्छ नि । आफूले कमाएर देखाउन सक्नुप¥यो । पसिना बगाएर बुझेनस् के ? 

लिडे ट्वाल्ल पर्छ कुरो बुझ्यो कि बुझेन कुन्नि ? मुण्टोमात्र हल्लाउँछ । बुझेर मुण्टो हल्लाको छस् कि बुझ्दै नबुझी हो ? लठबहादुर प्रश्न गर्छ । खै आधा बुझे आधा बुझिनँ । तैँले नबुझेको जस्तो नेपाली जनताले कसैले पनि बुझेका छैनन् । के हो के हो ? के गर्न खोजेको हो नै थाहा छैन । 

ल सुन, अहिले देशका टोलैपिच्छे राजा बन्या छन् । सातवटा प्रदेशमा सात राजा । ७५३ पालिका त्यत्ति नै राजा । अरु दायाँबायाको कुरै नगरौं, यी सब झूठका पोका हुन् । तँ हामीजस्तालाई भ्रममा राखेर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । दुई–चार जना बज्रस्वाँठ साइँदुवाहरु गोठालो लगायो बस्यो । 

भतुवालाई बिगौती भनेजस्तै । हौवामा पछि लागेका छन् । कुर्सीमा बसेपछि सबै बेहोसी भाको देखिनस् ?

कुरै सुन्नेवाला छैन । जसले गफ दिन सक्यो उही जान्ने ! एमाले, कांग्रेस, माओवादी, राष्ट्रवादी, स्वतन्त्रवादी, कमिसनवादी कुन्नि के–के वादी ! गरिबका नाम लिएर आउनेहरु गरिबमारा, भ्रष्टाचार विरोध गर्नेहरु गोठाला प्रयोग गरी कमिसनमारा हुन थालेपछि कसको आशा गर्ने हो र ?

लठबहादुरलाई जंग चलेको छरे आज त्यही भएर गोफ्लेमाथि निकै नै आक्रोशित भाको रे ? कुर्सीमा बस्नेहरुको गोठाला लठबहादुरले देख्नै नसक्ने भा छ । तर गोठालाहरु जनता झुक्याउने, भ्रम फिँजाउने डिंग हाँकेका हाँक्यै छन् । गाईभैँसी चराउन हिँडेका गोठालाहरुलाई अर्काको बाली बिग्रियोस् कि नासियोस् के मतलब छ र ?

गोठालाहरु त गाइदिने हो । मौकामा चौका हान्न आका हुन् । पाउँञ्जेल खान्छन्, खान पाउन छाडेपछि धारे हात तेस्र्याउँदै आफ्नै बाटो लाग्छन् । आज गोफ्ले पनि गज्जबको डिंग हाँकेर आफ्ना हितैषी लठबहादुर र लिडेलाई छाडेर अन्तै पल्केको छ, अन्तै सल्केको छ । अरुको जेसुकै होस् । गोफ्लेको भलो होस् ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP