Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
राजनीति
  • Home
  • राजनीति
  •  काँग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन जेठमा 
 काँग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन जेठमा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, मंसिर १६, २०८०

काठमाडौं–  नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महाधिवेशन जेठ २६ बाट काठमाडौंमा शुरु हुने भएको छ। 

महासंघको केन्द्रीय कार्यसमितिको शुक्रबार कांग्रेस मुख्यालय सानेपामा अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षता बसेको पाँचौ पूर्ण बैठकले ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराका साथ पहिलो राष्ट्रिय महाधिवेशन जेठ २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो । 

सोअनुसार बैठकले महाधिवेशनको कार्यतालिका पारित गरेको जनाइएको छ । महाधिवेशनको सम्पन्न गर्न तपशिल बमोजिमको कार्यतालिका पारित गर्नुको साथै कार्यतालिका बमोजिम अधिवेशनहरु सम्पन्न गर्न ७७ ओटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत बैठकले गरेको छ । 



ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिका:-

Hardik health

(क) ७७ ओटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा २०८० मंसिर ३० गते बस्ने ।

(ख)  वडा अधिवेशन २०८० पुस २१ गते ।

(ग) पालिका अधिवेशन २०८० माघ ६ गते ।

(घ) प्रदेश सभा क्षेत्रीय अशिवेशन २०८० माघ २१ गते ।

(ङ)  प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८० फागुन ५ गते ।

(च)  जिल्ला अधिवेशन २०८० फागुन १९ गते ।

(छ) प्रदेश अधिवेशन २०८० चैत्र १७ र १८ गते ।

(ज) राष्ट्रिय महाधिवेशन २०८१ जेठ २६, २७ र २८ गते, काठमाडौ ।

२.  ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको मुल नारा  ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ रहने तय गर्दछ । 

३. ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरु, आवद्ध जातीय संघका केन्द्रीय अध्यक्षहरु उपत्यकाका जिल्ला अध्यक्षहरु रहेको १०१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने साथै आवश्यक उपसमितिहरु केन्द्रीय अध्यक्षले आवश्यक सल्लाह गरी गठन गर्ने निर्णय गर्दछ ।

४. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको संगठनलाई विस्तार र प्रशिक्षित गर्न केन्द्रीय सदस्य जगत बराम ९गोरखा० लाई महासंघको विधान बमोजिम संगठन तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।

५. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य अधिवक्ता राम्जी कोङरेन संयोजक, जगत बराम र दिनेश थापामगर सदस्य रहेको नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको महासंघको  नियमावली २०८० संशोधन सहित पारित गर्दछ ।

६. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ विधान बमोजिम सन्तबहादुर चेपाङ (मकवानपुर) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी चेपाङ संघ, इन्द्रजित छन्त्याल (म्याग्दी) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी छन्त्याल संघ र  नरजंग दुरा (लमजुङ)  को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी दुरा संघ गठन गर्ने निर्णय गर्दछ । 

७. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघलाई अनुशासित संगठन बनाउन महांसघको विधान बमोजिम केन्द्रीय सदस्य अधिवक्ता राम्जी कोङरेन (धनकुटा) संयोजक, पासाङ शेर्पा (ताप्लेजुङ) र दुर्गा सुनुवार (सिन्धुली) सदस्य रहने गरि केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गर्दछ । 


प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP