Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सिंहदरबारलाई दबाब
सिंहदरबारलाई दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव ।

काठमाडौं– संघीयताको मुख्य खम्बा मानिने प्रदेशको संविधानप्रदत्त एकल र साझा अधिकार कार्यान्वयनमा संघीय सरकार बाधक बनेपछि एकपछि अर्को प्रदेश विद्रोहमा उत्रन थालेका छन् । प्रदेशहरुले आफ्नो अधिकार प्राप्तिका लागि संघीय सरकारमाथि दबाब बढाएका हुन् । 

संविधानवादमा विश्वास गर्ने र संघीयता पक्षधर भनिएका दलहरूको गठबन्धन सरकार भए पनि संघीयताको मर्मअनुसार प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न कञ्जुस्याइँ गरिरहेको छ । जसकारण प्रदेशले अपेक्षाअनुसार काम गर्न सकेका छैनन् । जसको परिणामः संघीयता खारेजीको आवाज चर्किंदै गएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

प्रदेशले पाउनुपर्ने संवैधानिक अधिकार जुनजुन छन्, त्यो अहिलेसम्म पाएका छैनौं । त्यही कारण हामीले मधेस प्रदेशस्थित सबै दल र सबै मन्त्रीहरूको उपस्थितिमा छ बुँदे ध्यानाकर्षणपत्र प्रधानमन्त्रीलाई बुझायौं ।- सरोजकुमार यादव, मुख्यमन्त्री, मधेस प्रदेश

प्रदेशलाई सबल र सक्षम बनाउँदै संविधानमा उल्लिखित सूचीअनुसारका अधिकार कार्यान्वयन गराउन संघीय सरकारले चोहेको छैन । यसविरुद्ध मधेस, कोशी र बागमती सरकार उभिएका छन् । त्यसो त अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि पटक–पटक संघीय सरकारको केन्द्रिकृत शासनमोहप्रति असन्तुष्टि र विरोध जनाउँदै आएका छन् ।

Hardik health

यहीबीच मधेसका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर छ बुँदे मागसहितको ध्यानाकर्षणपत्र बुझाएको छ । ती माग सम्बोधन गर्ने समयसीमा ३० दिन दिइएको छ । ध्यानाकर्षणपत्र बुझाएपछि पत्रकारहरूसँग मुख्यमन्त्री यादवले समयसीमाभित्र माग पूरा नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिए । 

‘प्रदेशले पाउनुपर्ने संवैधानिक अधिकार जुन–जुन छन्, त्यो अहिलेसम्म पाएका छैनौं । त्यही कारण हामीले मधेस प्रदेशस्थित सबै दल र सबै मन्त्रीहरूको उपस्थितिमा छ बुँदे ध्यानाकर्षणपत्र प्रधानमन्त्रीलाई दियौं,’ उनले भने, ‘३० दिनको समयसमीमा छ । नभए हामी शान्तिपूर्ण आन्दोलनमा जान्छौं ।’

मधेस सरकारले प्रदेश प्रहरी समायोजन ऐन, संघीय निजामती कर्मचारी सेवा ऐन, सार्वजनिक जग्गा, गुठी जग्गा, अर्थ र अभियोजनसम्बन्धी ऐन छिटो बनाउन संघीय सरकारलाई दबाब दिएको हो । यसअघि पनि बारम्बार मधेस सरकारले संघ सरकारलाई दबाब दिएको थियो । तर, सुनुवाइ भएको छैन । 

देश संघीय संरचनामा गएको भने आठ वर्ष बितिसक्यो । तर, संघीयताको मुख्य खम्बा मानिएको प्रदेश सरकारहरूले संविधान र संघीयताको मर्मअनुसार अधिकार नपाएको गुनासो गर्दै आएका छन् । अघिल्लो संसद्को कार्यकालमा पनि मधेस प्रदेश संघीय सरकारविरुद्ध सर्वाधिक आक्रामक बनेको थियो । मधेसले विभिन्न पाँच विषयमा संघीविरुद्ध मुद्दा नै दायर गरेको थियो । त्यतिबेला मधेसमा जनता समाजवादी पार्टी (जसपा)का लालबाबु राउत मुख्यमन्त्री थिए । संघमा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । दुई फरक पार्टीको सरकार भएकोले उक्त टसललाई सामान्य रूपमा हेरिएको थियो ।

हामीले हाम्रो अधिकार ल्याउनका लागि र जनतालाई डेलिभरी दिनका लागि, संघीय सरकारले कब्जा गरेर राखेका अधिकारलाई ल्याउन मुद्दा हाल्न पनि सक्छौं । संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबारमा गएर धर्ना दिन पनि सकिन्छ । - केदार कार्की,मुख्यमन्त्री, कोशी प्रदेश

अहिले भने गठबन्धन दलहरूकै प्रदेशदेखि संघसम्म सरकारहरु छन् । मधेसमा गठबन्धनको एउटा घटक जसपा नेतृत्वको सरकार छ । तर, पनि संविधानअनुसारको अधिकार कार्यान्वयनमा बाधक बनेको भन्दै संघीय सरकारलाई मधेस सरकारले चेतावनी दिएको हो । बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पनि संविधानअनुसारका अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा संघ सरकार बाधक बनेको र सिंहदरबारमै गएर धर्ना दिन सकिने बताए । सांसद गोम्बु शेर्पाले संसद्मा भएको ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रदेशको अधिकार प्राप्तिका लागि तपाईंको योजना के छ ? भनेर सोधेका थिए । 

जवाफमा उनले भने, ‘हामीले हाम्रो अधिकार ल्याउनका लागि र जनतालाई डेलिभरी दिनका लागि, संघीय सरकारले कब्जा गरेर राखेका अधिकारलाई ल्याउन मुद्दा हाल्न पनि सक्छौं । संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबारमा गएर धर्ना दिन पनि सकिन्छ ।’ मुख्यमन्त्री कार्कीले वर्तमान गठबन्धन सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न ढिला गरेको आरोप लगाए । उनका अनुसार अघिल्लो देउवा सरकार पनि त्यस्तै थियो । 

‘अहिले संघीय संसद्ले प्रदेश र स्थानीय तहका अधिकारहरू स्थापित हुने खालका संविधानका अधिकारलाई प्रत्यायोजन गर्न कानुनहरू बनाउन ढिलासुस्ती गरिरहेको छ । अघिल्लो सरकारले त्यस्तै गतिविधि थियो,’ उनले आक्रोशित हुँदै भने, ‘अब हामी यही अवस्थामा बसिरहन सक्दैनौं ।’

हालै बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरिसकेको छ । मुद्दा विचाराधीन अवस्थामा छ । मुद्दाको निवेदक बागमतीका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल हुन्  । प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै यही १४ कात्तिकमा संघ सरकारविरुद्व लम्सालले रिट दायर गरेका हुन् । 

बागमतीले संघीय सरकारको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ विरुद्ध रिट निवेदन दिएको हो । श्रममन्त्री लम्साल एकीकृत समाजवादी पार्टीका हुन् । यद्यपि, यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रकै शालिकराम जम्कट्टेलको मुख्यमन्त्री छन् । संघीय सरकारले सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी प्रदेशको अधिकारमा हस्तक्षेप गरेको भन्दै बागमतीको मन्त्रिपरिषद् बैठकले नै सर्वोच्च अदालतमा बागमती प्रदेशका तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले प्रदेशभित्र यातायातसम्बन्धी व्यवस्थापनको संविधानप्रदत्त अधिकार पाएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लालाई बागमती प्रदेशबाट झिकी, अलग गर्न खोजेपछि बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको हो । ऐनअनुसार संघीय सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवा आफूमातहत रहनेगरी संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्ने प्रक्रियासमेत सुरु गरिसकेको छ ।

बागमती प्रदेशका मन्त्रीहरु भने उपत्यकाका तीन जिल्लाका विषयमा आफूहरुले कुनै निर्णय गर्न नपाउँदा प्रदेश सरकार नै कमजोर भएको गुनासो गर्दै आएका छन् । तर, संघीय  सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरिसकेको छ । यातायात मन्त्रालयका सहसचिव कुवेर नेपाली सिइओमा नियुक्त भएका छन् । यसलाई लिएर बागमती प्रदेश सरकार असन्तुष्ट छ । तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि प्रहरी समायोजनको अधिकारलाई लिएर कानुनी उपचारमा जाने चेतावनी दिएका थिए । 

तत्कालीन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि संघ सरकार संविधानमा उल्लेखित अधिकारहरू कार्यान्वयन गराउन गम्भीर नबनेको भन्दै आक्रोशित थिए । जतिबेला उनी आबद्ध तत्कालीन दल नेकपाका अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री थिए । ओली नेतृत्वको सरकारलाई उनी प्रदेशविरोधी सरकार भन्थे ।यतिबेला भने अन्य प्रदेशहरूले पनि अधिकारको सन्दर्भमा संघ सरकारलाई लगातार खबरदारी र चेतावनी दिँदै आएका छन् । 

संघीयताअनुसारको मुख्य संरचना भनेकै प्रदेश हो । प्रदेशहरूको सबलीकरणका लागि संविधानतः निश्चित गरिएका एकल र साझा अधिकार कार्यान्वयनसम्बन्धी कानुन बनाउने जिम्मा केन्द्र सरकारको हो । यसमा केन्द्र सरकारको मौनजस्तै देखिएको छ ।  पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई त वर्तमान गठबन्धन सरकार संघीयताविरोधी लाग्छ ।

उनका अनुसार प्रदेशको क्षेत्राधिकारभित्र पर्ने अधिकार प्रयोग गर्ने कानुनहरू जे जति बनाउनुपथ्र्यो, तत्कालीन माओवादी सभापति शशी श्रेष्ठ नेतृत्वको राज्यव्यवस्था समितिले अड्काएर राख्यो र गठबन्धन सरकारमा आएपछि विधेयकहरूलाई समाप्त पारियो । ‘ओलीका पालामा प्रदेश र स्थानीय सरकारसम्बन्धी धेरै कानुन बने । देउवा र दाहालको सरकारले बनाएनन् । बरु, विधेयकहरू नै समाप्त पार्ने काम भयो,’ उनले प्रभावसँग भने ।



 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेसमा गगनको अग्निपरीक्षा
मधेसमा गगनको अग्निपरीक्षा बुधबार, माघ ७, २०८२
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार बुधबार, माघ ७, २०८२
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी मंगलबार, माघ ६, २०८२
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
एमाले सचिव राईद्वारा मनोनयन दर्ता
एमाले सचिव राईद्वारा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता
बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
सुनसरी १ बाट गराए  हर्कले मनोनयन दर्ता
सुनसरी १ बाट गराए हर्कले मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP