Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आन्दोलन हैन सेवा सुधार
आन्दोलन हैन सेवा सुधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १, २०८०

देशभरका चिकित्सक आइतबार सेवाक्षेत्रमा आफ्नो सुरक्षा माग गर्दै आन्दोलनमा उत्रे । आचारसंहिता मान्ने हो भने सेवा ठप्प पारेर आन्दोलन गर्ने छुट चिकित्सकलाई छैन । तर नेपाल न हो, यहाँ जो पनि आन्दोलनमा उत्रिन्छन् । अझ विभिन्न संघसंगठनको नाम उपचार नै ठप्प पार्नमा हामी उस्ताद नै हौ । 

हेटौंडाको सञ्चो अस्पतालमा सञ्चो पार्न ल्याएका आफ्ना आफन्त राजेश प्रधान सञ्चो नभई संसारबाट बिदा भए । यही घटनामा उनका आफन्त अस्पतालभित्र पसेरै चिकित्सक डा. विकास थापा र डा. प्रशान्तमाथि हातपात गरे । साउन २५ गते डेंगी संक्रमित ४१ वर्षीय प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको थियो । सञ्चो अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर पु¥याइएको भोलिपल्ट प्रधानको मृत्यु भएको हो । त्यसको झण्डै एक महिनापछि भदौ २७ गते आफन्त अस्पताल पसेर कुटपिटमा उत्रेका हुन् ।

आफन्तका अनुसार साउन २२ गते प्रधान सञ्चो भर्ना भएका थिए । डेंगीको शंकामा उनलाई सञ्चो लगिएको थियो । परीक्षणमा उनलाई डेंगी ‘नेगेटिभ’ देखियो । दुई दिनमै उनलाई अस्पतालले डिस्चार्ज गरिदियो । स्वास्थ्यमा फेरि समस्या देखिएपछि २४ गते सञ्चो भर्ना भए । सञ्चोले भरतपुर रेफर ग¥यो । भरतपुरमा उपचारको क्रममा उनको मृत्यु भयो । 

Hardik health

मृत्युको एक महिनापछि आफन्त आक्रोशित बन्दै अस्पतालमा पसेका थिए । सोही साँझ चिकित्सक र आफन्तबीच मिलापत्रसमेत भएको थियो । यही विषयलाई लिएर देशभरका चिकित्सक आन्दोलनमा उत्रेका हुन् । उनीहरुले आफ्नो पेसाको सुरक्षाको माग गर्दै हड्ताल गरेका हुन् । कुटपिटमा उत्रेकालाई प्रशासनले कारबाही नगरेपछि चिकित्सक सडकमा उत्रनु ठीकै होला तर मृत्युको एक महिनापछि आफन्त किन आक्रोशित बने ? पक्कै अस्पतालका चिकित्सकका कमजोरी बाहिर चुहिएर हो कि ? यसबारे सरकारले छानबिन गर्नैपर्छ ।

पछिल्ला दिनहरुमा उपचारका क्रममा चिकित्सकको लापरबाही बढ्दो छ । उपचारको बाहनामा ठगीमात्र हैन स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिँदै आएको छ । बिरामीको उपचारमा हेलचेक्र्याइँ, समयमा जाँच नगर्ने, भरपर्दो उपकरण नराख्नेजस्ता लापरबाही गरिएका अस्पतालका घटना सतहमै छन् । बिरामीमाथि भएका अन्याय बाहिर ल्याउने भएपछि लाखौं दिएर सामसुम पार्ने अस्पताल प्रशासनको पुरानै प्रवृत्ति हो । 

नेपाली चिकित्सकप्रति गरिब नेपालीहरु बाध्यताले उपचार गर्न विवश छन् । नभए नेपाली चिकित्सकहरुमाथि विश्वास नभएकै कारण मध्यमवर्गीय परिवारदेखि उच्च वर्गका मानिस भारत, चीन, थाइल्यान्ड पुग्छन् उपचार गर्न । अकुत पैसा कमाउने लोभमा औषधीको थुप्रो किन्न लगाउने, सामान्य रोगमा पनि बिरामी तर्सिने गरी गम्भीर प्रकृतिको रोग लागेको भन्दै ब्ल्याकमेल गर्ने चिकित्सकहरु पनि देखिन्छन् । कान्ति बाल अस्पतालमा उपचार नपाएर पाँच वर्षीया रेजिशा गोपालीको ज्यान गएको घटना सेलाएको छैन । यस्तो अवस्थामा चिकित्सकले विश्वास जित्न भरपर्दो काम गर्नुपर्छ । त्यसैले आन्दोलन हैन बिरामीको सेवा सुधार अस्पताल ।
 


प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर बिहीबार, माघ २२, २०८२
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP