Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारको नेतृत्वबारे कांग्रेस नेताहरुको भविष्यवाणी
सरकारको नेतृत्वबारे कांग्रेस नेताहरुको भविष्यवाणी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १, २०८०

 

अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ ।
विमलेन्द्र निधि

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला अमेरिकाको न्युयोर्कमा पुगेका छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आइतबार न्युयोर्क पुगेका हुन् ।


प्रधानमन्त्री अमेरिका पुग्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सम्हालिरहेका छन् । कांग्रेस गठबन्धन सरकारको प्रमुख घटक हो । अमेरिका हुँदै दाहालको टोली चीन जाने कार्यक्रम रहेको छ । तर उनी अमेरिका पुग्दै गर्दा नेपालमा भने सरकारको नेतृत्व परिवर्तनबारे चर्चा चलेको छ । 

Hardik health

अब केही दिनपछि, केही हप्तापछि, नभए महिनापछि संघको प्रधानमन्त्री कांग्रेसकै हो ।
गगन थापा


माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकार गत पुस ११ गते बनेको थियो । सरकार बन्ने बेलादेखि नै संकटबाट सुरु भएको दाहाल नेतृत्वमाथि बेलाबेला अविश्वासको वातावरण सिर्जना हुँदै आएको छ । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले अप्ठेरो परिस्थितिको सामना गर्नुपरेपछि फागुनमा एमाले छाडेर कांग्रेस, जनता समाजवादी पार्टीलगायतको साथ लिए । 

यो गठबन्धनमा पनि बेलाबेला दाहाललाई सकस परिरहेको छ । त्यसैले आफूलाई सत्तामा टिकाइरहन समाजवादी मोर्चा नामक अस्त्र बनाएका छन् । एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्दको पार्टीलाई समेत अटाएर कांग्रेसलाई घुक्र्याउने काम दाहालले साउनबाटै थालेका हुन् । तर बेलाबेला कांग्रेसले एमालेसँग मिलेर नयाँ सरकार बनाउने चर्चा केही समय सेलाएपछि फेरि चल्न सुरु गरिहाल्छ ।

मेरो दृष्टिकोणले पुष्पकमल दाहाल नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ ।
डा. शशांक कोइराला

यस विषयमा कांग्रेसका नेताहरुले सार्वजनिक रुपमा टिप्पणी गर्न थालेका छन् । आइतबारमात्र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले यो विषय हल्लामात्र भएको दाबी गरे । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले भने, ‘अहिलेको गठबन्धन सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ । पूर्वसहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।’

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको जोड थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्ने निधिको भनाइ थियो । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो ।

पछिल्लोपटक कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको नेतृत्व चाँडै परिवर्तन हुने दाबी गरेका थिए । गत बुधबार पोखरामा पार्टीको महानगर सम्मेलनमा उनले केही समयमै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।२०८४ सालको निर्वाचनलाई लिएर कांग्रेसका नेता कार्यकर्ता चिन्तित नहुन आग्रह गर्दै गगनले भनेका थिए, ‘अब केही दिनपछि, हप्तापछि, नभए महिनापछि संघको प्रधानमन्त्री कांग्रेस, सबै प्रदेशको मुख्यमन्त्री कांग्रेस हुन्छ, अनि ०८४ मा चुनाव हारिन्छ भनेर किन रुवाबासी ?’

आइतबार नै कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताए । चितवन पुगेका उनले सञ्चारकर्मीसँग सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।

मलाई लाग्दैन अहिले नै सरकारको नेतृत्व फेरिन्छ भनेर ।
डा. शेखर कोइराला


‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ,’ उनले भने । सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए ।विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसंग उल्लेख गर्दै उनले दाहाल साधारण व्यक्ति नभएको तर्क गरे ।

एमाले र माओवादी केन्द्रबीचको तीक्तताका कारण पुनःएमालेसँग मिल्न जानसक्ने अवस्था नभएको उनको दाबी थियो ।
कांग्रेसका अर्का नेता डा. शेखर कोइराला पनि कांग्रेसको पारा यही हो भने पाँच वर्ष दाहालकै नेतृत्वमा सरकार चल्ने बताउँछन् । भदौ २२ गते नयाँ बानेश्वरमा अनौपचारिक छलफलमा डा. शेखरलाई सरकारको नेतृत्व परिवर्तनबारे प्रश्न गरिएको थियो । जवाफमा उनले भनेका थिए, ‘मलाई लाग्दैन अहिले नै सरकारको नेतृत्व फेरिन्छ भनेर । धेरै सजिलो छ कांग्रेसकै कारण । यस्तै हो भने दाहाल नेतृत्वको सरकार पाँच वर्ष जान्छ ।’


प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP