Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली चलचित्रको पहिलो प्रदर्शनी अन्तर्राष्ट्रिय महोत्सवमा
नेपाली चलचित्रको पहिलो प्रदर्शनी अन्तर्राष्ट्रिय महोत्सवमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २६, २०८०

काठमाडौं - नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ । कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन् ।

यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ । यही भदौ १३ देखि २३ सम्म इटालीको भेनिसमा सञ्चालन भएको ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’को पहिलो प्रदर्शनी भयो । जसमा कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टी श्रेष्ठ सहभागी भएका छन् । 

उनीहरूले आफ्नो चलचित्रको विषयमा स्थानीय मिडियालाई जानकारी गराउनुका साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग साक्षात्कार गरेका छन् । महोत्सव अन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएर प्रदर्शन भएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिए  ।

उनले भने, “हाम्रो कथालाई विश्वका चलचित्रकर्मीले हेर्नुभयो । उहाँहरूको नेपाली चलचित्रप्रतिको सोच सकारात्मक भएको पायौँ । चलचित्रको माध्यमले कला र संस्कृतिको प्रवद्र्धधन भएको छ ।”  उनले चलचित्रमा पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गरिएको जानकारी दिए । उक्त यात्रासँगै देशको आर्थिक, राजनीतिसँग परिचित हुने निर्देशक देवकोटाको भनाइ थियो । 

Hardik health

यस्तै,  चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी (प्रिमियर) भएको छ । भदौ २१ गते सुरू भएको महोत्सव ३१ गतेसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्रको प्रदर्शनीमा कलाकार दयाहाङ राई र पशुपति राई सहभागी भएका थिए । 

चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा मोटरेबल सडकको पहुँच भएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली  प्रदर्शन हुनु सकारात्मक भएको बताए । 

अभिनेता राईले गाउँको भोगाइलाई पात्रमार्फत बाँच्न पाएको बताएर् । उनले भने, “पछिल्लो समय दैनिकीबाट हटेको गाउँको जनजीवनमार्फत समस्या र भोगाइलाई प्रस्तुत गरेका छौँ । विकासको प्रक्रियाले आम मानिसलाई न्याय नगरेको अवस्था छ । यस्तै सेरोफेरोमा चलचित्र तयार भएको छ ।”

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र ‘खाङ्गी’ नै अन्तर्राष्ट्रिय बजार पुगेको थियो । यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ चलचित्र फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्को जलगायतका अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।

चलचित्रमा प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेका चलचित्रमा जोस हेरमले छायाङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लीले सङ्गीत भरेका छन् । 


प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम
पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम शुक्रबार, माघ १६, २०८२
आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा
आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा शुक्रबार, माघ १६, २०८२
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’ बिहीबार, माघ १५, २०८२
दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा
दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा सोमबार, माघ १२, २०८२
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक सोमबार, माघ १२, २०८२
चलचित्र भवनमा ‘परिवर्तन’
चलचित्र भवनमा ‘परिवर्तन’ आइतबार, माघ ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP