Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली चलचित्रको पहिलो प्रदर्शनी अन्तर्राष्ट्रिय महोत्सवमा
नेपाली चलचित्रको पहिलो प्रदर्शनी अन्तर्राष्ट्रिय महोत्सवमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २६, २०८०

काठमाडौं - नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ । कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन् ।

यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ । यही भदौ १३ देखि २३ सम्म इटालीको भेनिसमा सञ्चालन भएको ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’को पहिलो प्रदर्शनी भयो । जसमा कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टी श्रेष्ठ सहभागी भएका छन् । 

उनीहरूले आफ्नो चलचित्रको विषयमा स्थानीय मिडियालाई जानकारी गराउनुका साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग साक्षात्कार गरेका छन् । महोत्सव अन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएर प्रदर्शन भएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिए  ।

उनले भने, “हाम्रो कथालाई विश्वका चलचित्रकर्मीले हेर्नुभयो । उहाँहरूको नेपाली चलचित्रप्रतिको सोच सकारात्मक भएको पायौँ । चलचित्रको माध्यमले कला र संस्कृतिको प्रवद्र्धधन भएको छ ।”  उनले चलचित्रमा पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गरिएको जानकारी दिए । उक्त यात्रासँगै देशको आर्थिक, राजनीतिसँग परिचित हुने निर्देशक देवकोटाको भनाइ थियो । 

Ncell
Hardik health

यस्तै,  चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी (प्रिमियर) भएको छ । भदौ २१ गते सुरू भएको महोत्सव ३१ गतेसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्रको प्रदर्शनीमा कलाकार दयाहाङ राई र पशुपति राई सहभागी भएका थिए । 

चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा मोटरेबल सडकको पहुँच भएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली  प्रदर्शन हुनु सकारात्मक भएको बताए । 

अभिनेता राईले गाउँको भोगाइलाई पात्रमार्फत बाँच्न पाएको बताएर् । उनले भने, “पछिल्लो समय दैनिकीबाट हटेको गाउँको जनजीवनमार्फत समस्या र भोगाइलाई प्रस्तुत गरेका छौँ । विकासको प्रक्रियाले आम मानिसलाई न्याय नगरेको अवस्था छ । यस्तै सेरोफेरोमा चलचित्र तयार भएको छ ।”

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र ‘खाङ्गी’ नै अन्तर्राष्ट्रिय बजार पुगेको थियो । यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ चलचित्र फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्को जलगायतका अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।

चलचित्रमा प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेका चलचित्रमा जोस हेरमले छायाङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लीले सङ्गीत भरेका छन् । 


प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो बिहीबार, भदौ २५, २०८३
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु बिहीबार, भदौ २५, २०८३
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’ बिहीबार, भदौ २५, २०८३
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै बिहीबार, भदौ २५, २०८३
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन बुधबार, भदौ २४, २०८३
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने बुधबार, भदौ २४, २०८३
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा मंगलबार, भदौ २३, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP