Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीबाटै लगातार ‘अराजक’ अभिव्यक्ति
प्रधानमन्त्रीबाटै लगातार ‘अराजक’ अभिव्यक्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २६, २०८०
  • भदौ २५:अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैप¥यो ।
  • भदौ २४:केही समयपछि राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयलाई लिएर लाखौं जनतालाई सडकमा ल्याउनुछ
  • साउन २४:२०८४ मा पहिचान पक्षधरलाई टन्नै मत हाल्दिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ । अहिलेको घटनाक्रमले नयाँ चेतना हामी सबैमा पैदा भएको छ र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरुको नामकरण गर्न सकिन्छ


काठमाडौं– सत्ताको नेतृत्व सम्हालेका व्यक्ति दैनिक सरकार सञ्चालनमा ध्यान दिने र संयमता अपनाउनुपर्ने हो । तर वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले भने दैनिकजसो जनता भड्काउने र ‘अराजक’ खालका अभिव्यक्ति दिन थालेका छन् । सत्ता सम्हालेको आठ महिनामा खासै उपलब्धि हासिल नगरेका प्रधानमन्त्री दाहाल अराजक अभिव्यक्तिमा उत्रेका हुन् ।

समाजवादी मोर्चाका कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आइतबार हेटौंडा पुगेका दाहालले लाखौं जनतालाई सडकमा ल्याउनुपर्ने अभिव्यक्ति दिएका थिए । सोमबार विराटनगर पुगेर पनि दाहालले कार्याकर्तालाई इँटाको जवाफ पत्थरले दिनुपर्ने बताएका छन् । 

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयलाई लिएर दाहालले बदमासी भएको ठाउँमा मोर्चा चुप लागेर बस्न नहुने बताएका हुन् । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामीचाहिँ बडो रक्षात्मक ?,’ दाहालले उक्साउँदै भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैप¥यो ।’

यसअघि आइतबार हेटौंडा पुगेका दाहालले राजतन्त्रका पक्षधरको सातो जाने गरी जनतालाई सडकमा ल्याउनुपर्ने बताएका थिए । ‘केही समयपछि राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयलाई लिएर लाखौं जनतालाई सडकमा ल्याउनुछ,’ उनले भने, ‘ती प्रतिक्रान्तिकारी र दक्षिणपन्थी निरंकुशतावादी तथा सामान्ती र दलालको सातो जाने गरी जनताको तागत बढाउनुछ ।’

Hardik health

परिवर्तन ल्याएकालाई अहिले अपमानित गर्ने काम भइरहेकोसमेत दाहालको तर्क थियो । ‘हामीलाई अपमानित गर्न खोज्ने, घेरा हाल्न खोज्ने, जनताको त्यत्रो त्याग र बलिदानबाट ल्याएको परिवर्तनलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालको भनाइ थियो ।

यसअघि साउन २४ गते प्रधानमन्त्रीले पहिचान पक्षधरको पक्षमा अभिव्यक्ति दिएका थिए । ‘२०८४ मा पहिचान पक्षधरलाई टन्नै मत हाल्दिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ । अहिलेको घटनाक्रमले नयाँ चेतना हामी सबैमा पैदा भएको छ र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरुको नामकरण गर्न सकिन्छ’ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले भनेका थिए । कोशी नामकरणको विरोधमा पहिचान पक्षधरले कोशी प्रदेशमा आन्दोलन मच्चाइरहेको सन्दर्भमा दाहालले उक्त भनाइ राखेका हुन् ।

आफू पहिचान र अधिकारको आन्दोलनकै नेता भएको भन्दै दाहालले आफूहरुले विगतमा शेर्पा प्रदेश, किरात प्रदेशको कुरा गरेको पनि बताएका थिए । ‘शेर्पा प्रदेशको कुरा किरातको पनि मैले गरेकै थिएँ । तर त्यसलाई कार्यान्वयन गर्न जति तागत सदनमा हामीलाई चाहिने हो, पहिचानका पक्षधरलाई चाहिने हो, त्यो शक्ति हामीलाई प्राप्त भएन त्यसले गर्दा लागू गर्न सकिएन,’ उनले भनेका थिए ।

दाहालको भनाइकै कारण अराजकता बढ्न थालेको कांग्रेस नेता डा. शेखर कोइराला बताउँछन् । ‘राजनीतिक, सामाजिक, आर्थिक कतै केही पनि ठीक छैन । सबै अराजकतातर्फ जान थाल्यो । अब कूटनीति पनि अराजकतातर्फ जान थाल्यो,’ शुक्रबार एक अनौपचारिक कार्यक्रममा डा.कोइरालाले भने, ‘कोशी प्रदेश नामकरणबाटै विवादमा छ । जातीय राज्यको कुरा प्रचण्डले बोलेका छन् । पार्टी अध्यक्ष भएर बोलेको भए केही थिएन तर देशको प्रधानमन्त्रीले आदिवासी जनजाति दिवसको दिन बोलेपछि परिस्थिति अर्कै भएको छ ।’

केही दिनअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पनि प्रधानमन्त्री दाहालले नै देशमा जातीय हिंसा भड्काउने खालको अभिव्यक्ति दिइरहेको बताएका थिए । भदौ १२ गते प्रतिनिधिसभा बैठकको विशेष समयमा गिरीले प्रधानमन्त्रीले जातीय राज्य बाँढ्छु भन्दै आपसी भाइचारा भड्काइरहेको आरोप लगाएका हुन् ।

‘म जातीय राज्यको पक्षमा छु तपाईंहरू जाग्नुहोस् उठ्नुहोस् र मलाई बल दिनुहोस् हाम्रो पार्टीलाई बहुमत दिनुहोस् म जातीय राज्य बनाउँछु भन्नुभएको छ । यो अस्वाभाविकमात्र होइन हिंसा भड्काउन र देशमा त्रास फैलाउन स्वयं प्रम मलजल गरिरहनुभएको छ । यसरी आपसी दाजुभाइको बीचमा विद्वेष र घृणा फैलाउने कामको आपत्ति मात्र होइन निन्दा पनि गर्छौं,’ गिरीले भनेका थिए ।

सोही दिन कांग्रेसकी ईश्वरी न्यौपानेले प्रधानमन्त्रीको अभिव्यक्ति संविधानविपरीत भएको टीप्पणी गरेकी थिइन् । ‘प्रधानमन्त्रीज्यूले ‘यदि हामीले निर्वाचन जितेको खण्डमा जातीय राज्य उपलब्ध गराउनेछौं’ भनी दिएको सार्वजनिक अभिव्यक्ति यो संविधानको भावनाविपरीत छ । जातीय, भाषिक र धार्मिक द्वन्द्व न्यूनीकरण गर्नेभन्दा झन् बल्झाउने अभिव्यक्ति सुन्दा कतै प्रधानमन्त्रीज्यूलाई नै यो संविधान र शासन व्यवस्थाप्रति अनास्था वा अविश्वास बढेर त होइन ?,’ उनले प्रश्न गरेकी थिइन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाका समानुपातिक आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक
रास्वपाका समानुपातिक आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक शुक्रबार, पुस ११, २०८२
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा शुक्रबार, पुस ११, २०८२
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस शुक्रबार, पुस ११, २०८२
एकताबद्ध हुन संयोजक दाहालको अपिल
एकताबद्ध हुन संयोजक दाहालको अपिल शुक्रबार, पुस ११, २०८२
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा शुक्रबार, पुस ११, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्‍दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्‍दै शुक्रबार, पुस ११, २०८२
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP