Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा फराकिलो पारिँदै रोजगारीका क्षेत्र
कोरियामा फराकिलो पारिँदै रोजगारीका क्षेत्र
शनिबार, भदौ २३, २०८०

काठमाडौं– दक्षिण कोरियाले स्थानीय श्रम बजारमा जनशक्ति अभाव हुँदै गएपछि विदेशी श्रमिकलाई अवसर दिने गरी कार्यक्षेत्र फराकिलो पार्ने नीति लिएको छ । सेवा तथा उत्पादन क्षेत्रका विभिन्न उपक्षेत्रमा विदेशी श्रमिकलाई रोजगारीको अवसर नदिने कोरियाको कानुनी व्यवस्था भएपनि स्थानीय रुपमा स्वदेशी श्रमिकको अभाव हुन थालेपनि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत गएका श्रमिकको लागि काम गर्ने क्षेत्र फराकिलो पार्ने नीति लिइएको हो । 


कोरिया सरकारको लचिलो नीतिकै कारण अहिले विभिन्न क्षेत्रमध्ये कुरियर सेवामा ई–९ भिसा भएकाले काम गर्न पाउने व्यवस्था गरिएको छ । कोरियामा गत शुक्रबार बसेको विदेशी श्रमिक नीति समितिको बैठकले ईपीएसमार्फत श्रम बजारमा काम गरिरहेका विदेशी श्रमिकलाई रोजगारीमा राख्न पाउने अनुमति प्रदान गरेको हो ।

कुरियर सेवामा श्रमिक अभाव हुन नदिन स्थानीय रोजगारदातालाई छिटोछरितो रुपमा श्रमिक माग गर्न त्यहाँको सरकारले आग्रहसमेत गरेको छ ।

Hardik health


त्यहाँको सञ्चारमाध्यम ‘द कोरिया टाइम्स’ले उल्लेख गरेअनुसार कोरियाकी नीति समन्वय मन्त्री बान की सुनले विदेशी श्रमिक राख्ने कुरियर सेवा प्रदायक कम्पनीलाई विदेशी श्रमिक मागसहितको आवेदन दिन अनुमति दिएको बताइएको छ । कुरियर सेवा प्रदायक कम्पनीमा कति नेपालीले अवसर पाउने हुन् त्यसबारे खुलाइएको छैन । यद्यपि कुरियर सेवा क्षेत्रमा नेपालीले उल्लेख्य अवसर पाउने अपेक्षा गरिएको छ । यसअघि एच–२ भिसा भएका कोरियन मूलका विदेशी श्रमिक तथा विद्यार्थी भिसा भएका विदेशीलाई मात्र कुरियर सेवामा काम गर्ने अनुमति रहेको उक्त सञ्चारमाध्यमले जनाएको छ । कोभिड–१९ पछि निरन्तर कामदार अभाव भएसँगै यस क्षेत्रमा ईपीएसमार्फत ई–९ भिसा भएकालाई पनि काम गर्ने अनुमति दिएको बताइएको छ ।


त्यसैगरी ठूला रोजगारदाता (३०० भन्दा बढी कामदार भएका)लाई पनि ई–९ भिसाको सुविधा दिइएको सञ्चारमाध्यममा जनाइएको छ । यसअघि तीन सयभन्दा कम श्रमिक भएका साना तथा मझौला उद्योगले मात्र ईपीएस अन्तर्गत ई–९ भिसा वाहक विदेशी श्रमिक राख्न पाउने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।


हाल नेपालबाट कोरियामा कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा इपिएसमार्फत नेपालीहरु रोजगारीको लागि गइरहेका छन् । कोरियाले श्रम बजारको दायरा फराकिलो पार्ने नीति लिएसँगै तोकिएका विभिन्न क्षेत्रमा अन्य मुलुकको तुलनामा नेपाली युवाले उल्लेख्य रुपमा रोजगारी पाउने अपेक्षा गरिएको छ । पछिल्लो पटक सिप बिल्डिङ (पानीजहाज निर्माण)मा पनि इपीएसमार्फत नेपालीहरुलाई रोजगारीका लागि कोरिया लैजाने तयारी भइरहेको छ । जसमा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने जनाएको छ । 

 


प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो शुक्रबार, माघ ९, २०८२
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP