Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो निर्वाचित
फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो निर्वाचित
बिहीबार, चैत २, २०७९
fifa president
Hardik health
काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो । फिफाको विधानअनुसार अध्यक्षको अधिकतम तीन कार्यकाल हुन्छ । हरेक कार्यकाल चार वर्षको हुन्छ तर उनले गत डिसेम्बरमा आफ्नो पहिलो तीन वर्षको कार्यकाललाई पूर्णकार्यकालका रूपमा गणना गर्न नहुने तर्क गर्दै सन् २०३१ सम्म पदमा रहनसक्ने बताएका छन् । गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने सिलसिलामा कतारले प्रवासी कामदार, महिला र अल्पसङ्ख्यकका अधिकार रक्षामा बेवास्ता गरेको उनीहरूमाथि असल व्यवहार नगरेको आलोचनाको डटेर प्रतिरक्षा गरेका इन्फान्टिनोले महिला तथा पुरुष विश्वकप फुटबल प्रतियोगिताको विस्तारका साथै फिफाको आय वृद्धिमा उल्लेखनीय योगदान गरेका छन् । इन्फान्टिनो नेतृत्वको फिफाले सन् २०२६ मा पुरुष विश्वकप प्रतियोगिता संयुक्त राज्य अमेरिकामा आयोजना गर्नेछ । यसअघि ३२ टोलीले स्पर्धा गरेको विश्वकपमा अब ४८ समूहले प्रतिस्पर्धा गर्नेछन् । यो वर्षको अन्त्यमा अष्ट्रेलिया र न्युजिल्याण्डमा पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा ३२ टोली भिड्ने छन् । इन्फान्टिनो नेतृत्वको फिफाले अघिल्लो कार्यकालमा करिब पाँच अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो भने अबको चार वर्षमा त्यसलाई ११ अर्ब डलर पु¥याउने लक्ष्य निर्धारण गरेको छ । भ्रष्टाचारमा मुछिएपछि पदमुक्त भएका फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरका उत्तराधिकारी ५२ वर्षीय इन्फान्टिनो सन् २०१६मा फिफा अध्यक्ष भएका थिए । फिफा अध्यक्षका रूपमा अब उनले तेस्रो कार्यकाल विश्व फुटबलको उन्नयनमा बिताउने छन् । अध्यक्ष इन्फान्टिनोले फिफालाई विश्वसनीय, भरपर्दो, आधुनिक, व्यावसायिक एवम् जवाफदेही सङ्गठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्गठन सुधार तथा फुटबलका प्रमुख प्रतियोगिताहरूमा विश्वव्यापी सहभागिता बढाउने तथा फुटबलको विकासमा लगानी अभिवृद्धि गर्ने प्रण पनि उनले गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP