Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु
अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु
शनिबार, असोज ८, २०७९
Hardik health
एजेन्सी– अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरू भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गरेका हुन् । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ । तीन दिनसम्म जारी रहने सो उत्सवमा अमेरिकाका विभिन्न राज्यबाट ३८ वटा फुटबल टिमको सहभागिता रहेको छ । युवा, महिला र ३५ वर्षमाथि उमेर समूहका भेट्रानका भिन्नभिन्न टिमबीच प्रतिस्पर्धामा हुने बताइएको छ । सो खेलको विजेतका लागि १५ हजार अमेरिकी डलर ९१९ लाख ४० हजार नेपाली रूपैयाँ) पुरस्कार राखिएको छ । उद्घाटनलगत्तै युनिक ब्वाइज फुटबल क्लब र पथरी इ वान फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । त्यसैगरी कोलम्बस स्टार फुटबल क्लब र रिबोलुसन फुटबल क्लब तथा रोयल फुटबल क्लब र सिन्सी कुल क्याट फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । तीन वटा फुटबल मैदानमा एकै समयमा आइएन क्रिष्ट युनाइटेड भर्सेस एरो फुटबल क्लब, मिचिगन फुटबल क्लब भर्सेस ब्लाकलिक युनाइटेड, सांग्रिला युथ फुटबल क्लब भर्सेस नर्थ डकोटा युनाइटेड फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । त्यसैगरी रोही कोलम्बस फुटबल क्लब भर्सेस एफसी युनाइट, इन्ट्रा फुटबल क्लब भर्सेस बेलडागी युथ फुटबल क्लब, एफसी नाइट भिजन भर्सेस बिवाइएससी, चुके फुटबल क्लब भर्सेस युनाइटेड ओन्टारियो फुटबल क्लब, टिमाइ स्क्वाड भर्सेस एफसी ओरेञ्ज, भरमण्ट एघार भर्सेस पीस जोन स्पोर्टिङ अफ बिसिएएका बीच रोचक प्रतिस्पर्धा हुँदैछ । उद्घाटनकै दिन सम्पन्न भेट्रानतर्फको खेलमा ह्यारिसवर्ग भेट्रान्स भर्सेस एक्रन भेट्रान्स, सिन्सी इन्ट्रा भेट्रान्स भर्सेस मिनिसोटा भेट्रान्स, सिन्सी येल भेट्रान्स भर्सेस कोलम्बस इन्ट्रा भेट्रान्स, रिभाइभल भेट्रान्स भर्सेस् हिलसिटी भेट्रान्सका बीच पनि प्रतिस्पर्धा हुनेछ । युवाका २६ वटा टिम सहभागी रहेकाले यो समूहको खेल नकआउट विधिबाट गरिएको खेल आयोजक समितिका संयोजक राजन चुहानले बताए । भेट्रान्सतर्फ आठ वटा टिम र महिलातर्फ चार वटा टिम सहभागी छन् । महिला टिमबीच हुने प्रतिस्पर्धा भने अमेरिकी पूर्वीय समयानुसार शनिबार सुरू हुने आयोजना संयोजक चुहानले जानकारी दिए । खेल सुरू हुनुअघि बिहीबार साँझ सिनसिनाटीको होटल मेरियटमा खेल टिमका म्यानेजर, क्याप्टेन र कोचलाई आयोजक संस्था इन्ट्रा फाउण्डेसनले स्वागत समारोहको आयोजना गरेको थियो । फाउण्डेसनका प्रवक्ता केशव आचार्य र सचिव गोपाल धितालले सहभागीको स्वागत गरेका थिए भने गायक तथा सङ्गीतकार केशव पौडेलले तयार गरेको इन्ट्राको खेल गीत पनि पहिलोपल्ट सार्वजानिक गरिएको थियो । विभिन्न चरणमा खेल भई फाइनलमा पुग्न सफल टिमका बीच सेप्टेम्बर २५ मा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP