काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रुपैयाँ र चाँदीको मूल्य चार हजार सात सय ९० रुपैयाँ कायम भएको छ ।
साेमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार छ सय ९० रुपैयाँ कायम भएको थियो ।