काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार चार सय रुपैयाँ र चाँदीको मूल्य चार हजार सात सय ६५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार नौ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार सात सय २५ रुपैयाँ कायम भएको थियो ।