काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ५८० रुपैयाँ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ७६५ रुपैयाँ थियो ।