काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।