काठमाडौं- आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँ र चाँदी चार हजार ७८० रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला तीन लाख ९ हजार रुपैयाँ र चाँदी चार हजार ७८० रुपैयाँ कायम भएको थियो ।