Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • रगत साँटिन्छ यहाँ
रगत साँटिन्छ यहाँ
admin123
admin123 बिहीबार, माघ ११, २०७४
images
Hardik health
मन भण्डारी नेपालगञ्ज- मान्छेको जीवनसंग जोडिएको स्वास्थ्यमा समेत लापरवाही । मान्छेको स्वास्थ्यमा सानो समस्या हुंदा पनि अस्पताल र स्वास्थ्यकर्मीको भर पर्नु पर्ने हुन्छ । भगवानको रुपमा रहेका स्वास्थ्य कर्मीहरुले नै उपचारमा लापरबाही गरेपछि कसको के लाग्छ र ? बर्दिया सोरहवाकी २२ वर्षीया रुमा थारुको उपचारको क्रममा भेरी अञ्चल अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मी, रक्त संचार केन्द्रका कर्मचारीहरुको लापरबाहीका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको छ । महिनावारी गडबडी भएर अत्याधिक रक्तश्रावका कारण गत पुस २१ गते भेरी अञ्चल अस्पतालमा भर्ना भएकी रुमाको उपचारका क्रममा फरक समूहको रगत चढाउँदा उनको दुइटै मिर्गौलामा गम्भिर समस्या देखा परेको छ । रुमालाई ओ पोजिटिभ रगत आवश्यक थियो, शिक्षण अस्पातल नेपालगन्जमा भर्ना भएकी अर्की बिरामी रुपा बोहरालाई बी पोजिटिभ रगत चाहिएको थियो । संयोगवश दुवै बिरामीका आफन्त एकैपटक रगतको लागि रक्त सञ्चार केन्द्र पुगेपछि त्यहाँका कर्मचारीले दुवै बिरामीका आफन्तलाई रगतको पोका दिएर पठाए । रगत दिने कर्मचारी तथा बिरामीका आफन्तबीच दोहोरो संवाद हुन नसकेका कारण साटिएर रगतको पोका एक अर्काेकोमा परेको रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी बताउँछन् । झ्यालको सानो प्वालबाट रगत दिने क्रममा नाम बोलाउंदा दुइटैको एउटै, एउटै नाम भएका कारण सांटिन पुगेछ, शिक्षण अस्पातल नेपालगन्जमा भर्ना भएकी बिरामी रुपा बोहराका आफन्तले लगेको रगत स्वास्थ्यकर्मीले थाह पाएर फिर्ता भयो तर रुमा थारुको लागि लगेको रगत अलिकति चढाएपछि मात्र थाह भएर फिर्ता आयो —रेग्मी भन्छन्— बिरामीका आफन्तले हतार गर्दा उक्त समस्या भएको हो । रगतको पोको लिएर बिरामीका आफन्तले अस्पताल कर्मचारीलाई दिएका थिए । शिक्षण अस्पतालका कर्मचारीले भने रगतको पोका फरक परेको थाहा पाए र बैंकमै फिर्ता पठाए । तर भेरी अञ्चल अस्पतालका नर्सले त्यही पोका जाँच नगरी बिरामीलाई चढाइदिइन् जसका कारण रुमाको दुवै मिर्गाैलामा समस्या देखियो । रुमाको दुवै मिर्गाैला फेल भएपछि पुस २३ गतेदेखि नै भेरी अञ्चल अस्पतालको आइसियुमा भर्ना गरी उपचार थालिएको थियो । असावधानीका कारण रुमाको मिर्गाैला फेल भएपछि अस्पतालले सो घटना लुकाएर उनको निःशुल्क उपचार गर्दै आएको बुझिन्छ । रुमा गाइने वार्डकी बिरामी भए पनि अस्पतालका फिजिसियनहरुले तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गरेर थप उपचारको व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई सुझाव दिएको बुझिएको छ । तर प्रशासनले घटनालाई गुपचुप राख्न खोजेका कारण रुमाको समस्या झनै जटिल बन्दै गएकोछ । घटनालाई लिएर जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारु, बारबर्दिया नगरपालिकाका प्रमुख कविर चौधरी लगायतको टोलीले बिहीबार अस्पताल प्रशासन, चिकित्सकसँग छलफल गरी दोषी माथि कारबाहीको माग गरेका छन् । मिर्गाैलामा समस्या देखिनेबित्तिकै रुमाको मुख सुन्निने, सहन नसक्ने गरी पेट दुख्ने जस्ता समस्या देखिएको थियो । त्यसपछि अस्पतालले आफ्नै खर्चमा थप उपचारका लागि अस्पातलका फिजिसियन डाक्टर खगेन्द्र शाह नेतृत्वको टोलीले रुमालाई काठमाडौंको वीर अस्पताल लगेको छ । रगत चढाउँदा दुई पटक चेक गरेर चढाउनुपर्छ तर ड्युटीमा रहेका कर्मचारीले क्रस चेक नगरि, हेर्दै नहेरी फरक समूहको रगत बिरामीलाई चढाइएछ, यो ड्युटीमा रहेका कर्मचारीको गम्भिर असाबधानि भएको निमित्त अस्पताल प्रमुख डाक्टर कृष्ण आचार्यले बताए । रगत चढाएको केही समयपछि रुमाको शरीरमा एलर्जी देखियो । त्यसपछि मात्रै ड्युटीमा रहेका नर्सहरुले फरक समूहको रगत चढाइएकोे बुझिएकोछ । त्यो घटना थाहा पाउनेबित्तिकै बिरामीलाई आइसियुमा भर्ना गरेर उपचार गरिएको अस्पतालले जनाएको छ । चिकित्सकले दिएको प्रेसक्रिप्सन भन्दा फरक समूहको रगत बिरामीलाई चढाउने स्टाफ नर्स कल्पना वि.क.लाई अस्पतालले निलम्बन गरिसकेको जानकारी अस्पतालले दिएकोछ ।  
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना बिहीबार, पुस १०, २०८२
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम बिहीबार, पुस १०, २०८२
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP