Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अभिमुखीकरण तालिम फितलो हुँदा खाडी मुलुक गएका श्रमिकको स्वास्थ्य प्रभावित
अभिमुखीकरण तालिम फितलो हुँदा खाडी मुलुक गएका श्रमिकको स्वास्थ्य प्रभावित
ममता थापा
ममता थापा आइतबार, चैत ३, २०८१

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारले पूर्वप्रस्थान अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर, वैदेशिक रोजगार व्यवसायी र अभिमुखीकरण तालिमप्रदायक कम्पनीहरुको मिलेमतोमा यस्तो तालिम फितलो बनाइँदा विदेश पुगेपछि श्रमिकहरु विभिन्न समस्यामा पर्ने गरेका छन् । ती समस्यामध्ये स्वास्थ्य पनि एक जटिल समस्या बनेको पाइएको स्वास्थ्यविद्हरुले बताएका छन् । 

स्वास्थ्यविद् डा. खेम कार्की श्रमिकहरुलाई मुलुकअनुसारको पूर्वप्रस्थान अभिमुखीकरण तालिम नदिइँदा यस्तो समस्या निम्तिएको बताउँछन् । कति पानी पिउने, आराम कसरी लिने, तातोबाट कसरी बच्नेजस्ता कुराहरु अभिमुखीकरणमा नसिकाइने गरेको उनको भनाइ छ । ‘एड्सबाट कसरी बच्ने भन्नेबाहेक केही सिकाइँदैन,’ उनी भन्छन् ।

श्रमिकहरुलाई मुलुकअनुसारको पूर्वप्रस्थान अभिमुखीकरण तालिम नदिइँदा स्वास्थ्य समस्या जटिल बन्दै गएको देखिन्छ । कति पानी पिउने, आराम कसरी लिने, तातोबाट कसरी बच्नेजस्ता कुराहरु अभिमुखीकरणमा सिकाइने गरेको पाइँदैन । एड्सबाट कसरी बच्ने भन्नेबाहेक केही सिकाइँदैन । 
डा. खेम कार्की
स्वास्थ्यविद्

श्रमिकलाई स्वास्थ्य समस्याबाट बचाउन सरोकारवालाले श्रमिकहरुलाई त्यहाँको वातावरणमा घुलमिल हुने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । त्यहाँ पुगेपछि पनि तत्कालै काममा लगाइहाल्ने भन्दा पनि १५–२० दिन जति त्यहाँको हावापानीमा घुलित हुनलाई राख्नुपर्छ । एकैचोटिभन्दा पनि क्रमशः कामा लाग्ने गर्नेजस्ता काम गरे समस्याको केही हल हुने उनको भनाइ छ । कतिपय श्रमिकले रोजगारीमा जाँदा रोग लुकाउने गर्दा पनि स्थिति थप जटिल हुने गरेको उनको भनाइ छ । 

Hardik health

यस्तो समस्या विशेषगरी खाडी मुलुकमा पाइएको छ । ती मुलुकमा गएका श्रमिकहरु विभिन्न स्वास्थ्य समस्या बोकेर आउने गरेको पाइएको हो । विशेषगरी कार्यालयबाहिर घाममा काम गर्नेहरुमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको वैदेशिक रोजगार बोर्डका अधिकारीहरु बताउँछन् । बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा ४२५ जनाले बिरामी तथा अंगभंग शीर्षकमा आर्थिक सहायता लिएका छन् । साउनमा १९, भदौमा ४५, असोजमा ७२, कात्तिकमा ३८, मंसिरमा ५०, पुसमा ८६, माघमा ३२, र फागुनमा ८३ जनाले सहायता लिएका छन् । सहायता लिनेमा करिब ९५ प्रतिशत श्रमिक खाडीमा काम गर्ने रहेका छन् ।

बिरामी भएर फर्किएकामध्ये अधिकांशमा मिर्गौलाको समस्या देखिएको तथ्यांक छ । प्रत्येक महिना पाँच जनादेखि १३ जनासम्म मिर्गौलाका बिरामी नेपाल फर्किएको बोर्डको तथ्यांक छ । त्यसबाहेक हृदयघात, क्यान्सर, मधुमेहजस्ता समस्याबाट श्रमिकहरु पीडित छन् । चालु आर्थिक वर्षको फागुनसम्म बोर्डले १३ करोड ९२ लाख ९३ हजार रुपैयाँ सहायतास्वरुप प्रदान गरेको छ ।

अस्वस्थ भएर फर्किनेहरु बढेको भन्दा पनि सहायता दिन आउनेहरुको संख्यामा वृद्धि भएको बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकाल बताउँछन् । पछिल्लो समय सबै स्थानीय तहमा तालिमप्राप्त रोजगार संयोजक तोकिएकाले मानिसहरुले सहायताको विषयमा थाहा पाएको उनको भनाइ छ । ‘यो आर्थिक वर्षमा ५०० भन्दा बढी स्थानीय तहमा तालिम दियौं । तालिमप्रप्त फोकल पर्शन या रोजगार संयोजकले आफ्नो क्षेत्रका समस्याहरु हेर्छ, रोजगारीमा गएका व्यक्तिका परिवारलाई यस्ता विषयमा जानकारी गराउँछन् । त्यसकारण पनि सहयोग लिन आउनेहरु बढेको हुनुपर्छ,’ उनले भने । यद्यपि बिरामी भएर आउनेहरु अघिकांश खाडी मुलुक गएकाहरु नै रहेको उनको भनाइ छ ।

पछिल्लो समय सबै स्थानीय तहमा तालिमप्राप्त रोजगार संयोजक तोकिएकाले श्रमिकहरुले सहायताको विषयमा थाहा पाएका छन् । त्यसयता सहायता माग गर्नेको संख्या बढेको छ । उनीहरु विशेषगरी खाडी मुलुकबाट फर्किएका हुन्छन् ।
टीकाराम ढकाल
प्रवक्ता, वैदेशिक रोजगार बोर्ड

चिसो ठाउँमा हुर्किएका नेपालीहरु खाडीको अत्यधिक गर्मीमा पुगेर काम गर्दा त्यहाँको हावापानीमा घुलमिल हुन नसक्ने स्वास्थ्यविद् डा. कार्की बताउँछन् । ‘गएको भोलिपल्टैदेखि ४२–४५ डिग्रीको तापक्रममा काम गर्ने, पर्याप्त पानी नपिउने, रातभरि एसीमा बस्ने, दिनभरि गर्मीमा काम गर्दा हाम्रो शरीरका प्रक्रियाहरु एकदमै प्रेसरमा रहेर काम गर्छन् । हाम्रो मुलुक र खाडीको खानपान, हावापानी, कामको प्रकृति केही पनि मिल्दैन,’ उनी भन्छन्, ‘वातानुकूलित नभइकन सीधै काम गर्दा मानिसहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको हो ।’

अत्यधिक गर्मीमा काम गर्ने श्रमिकले पर्याप्त पानी नपिउँदा समस्या देखिएको उनको भनाइ छ । ‘हाम्रो शरीरले पिसाव र पसिनाबाट जति पानी फाल्छ त्यति नै पानी पिउनुपर्छ । तर त्यहाँ त कामदारले काम गरिहने, पसिना बगाइरहने तर पानी नपिउने गरिदिन्छन् । कतिपय ठाउँमा पानीको उपलब्धता पनि हुँदैन,’ उनी भन्छन्, ‘कतिपय श्रमिक पानी नबोकी हिँड्छन्, यी विभिन्न समस्याले गर्दा फर्किएर आउँदा मिर्गौलाकै समस्या बोकेर आउँछन् धेरै त ।’


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP