Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • ‘सजिलो साथी’को आक्रामक योजना: एक वर्षमा १० लाख ग्राहक पुर्‍याउने घोषणा
‘सजिलो साथी’को आक्रामक योजना: एक वर्षमा १० लाख ग्राहक पुर्‍याउने घोषणा
विविशा पौडेल
विविशा पौडेल बिहीबार, माघ ३, २०८१

काठमाडौं– राइड सेयरिङ प्लेटफर्म ‘सजिलो साथी’ले आक्रामक योजनाका साथ सेवा विस्तार गरेको छ । राइड सेयरिङको प्रतिस्पर्धी बजारमा फरक प्लेटफर्मको रुपमा स्थापित गर्ने योजनाका साथ सजिलो अघि बढेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यही क्रममा कम्पनीले वरिष्ठ विमान चालक तथा कलाकार क्याप्टेन विजय लामालाई सहसंस्थापक र कोलाबोरेटिभ क्याटलिस्ट प्रालिलाई पनि साझेदारको रुपमा भित्र्याएको छ । यो साझेदारीले कम्पनीको सेवालाई थप मजबुत्, प्रभावकारी र विश्वसनीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ । हाल करिब डेढ लाख सेवाग्राहीसँग जोडिएको सजिलोले आगामी एक वर्षमा १० लाख ग्राहक पुर्‍याउने लक्ष्य राखेको छ । 

नेपाली चलचित्र तथा उड्डयन क्षेत्रमा ४० वर्षदेखि क्रियाशील लामाले सजिलो साथीसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनले युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्ने उद्देश्यले सुरु भएको यो प्लेटफर्मलाई स्थापित गर्न आफ्नो अनुभवलाई प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

‘सजिलो नामै काफी छ,’ पत्रकार सम्मेलनमा क्याप्टेन लामाले भने, ‘उत्कृष्ट सेवामार्फत विगत ४० वर्षमा मैले विमान चालक, चलचित्रकर्मी र सञ्चारकर्मीको रुपमा पाएको विश्वास सजिलो साथीमा पनि स्थापित गर्ने छु ।’ 

Hardik health

Open photo

उनले नेपाली पुँजीलाई विदेसिनबाट रोक्न सबैले साथ दिनुपर्नेमा जोड दिए । ‘हाम्रो पुँजी बाहिर जान नदिन नेपालमै बनेको यो एप प्रयोग गरौं,’ उनले भने । क्याप्टेन लामाले राइडरले आफ्नो पेसाप्रति गर्व गर्नसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले आफू पनि राइडरको रुपमा जोडिने घोषणा गरे ।

‘नेपालमै बनेको एप’को रुपमा प्रचार गरिएको यो प्लेटफम सन् २०२२ बाट परीक्षणको रुपमा सञ्चालनमा आएको थियो । सजिलो साथीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमिर लामाले लामो अध्ययन र परीक्षणपश्चात् सजिलोलाई भरपर्दो र विश्वासिलो बनाइएको बताए । उनले चालक र यात्रुको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता भएको जानकारी दिए । 

‘यात्रु र चालक दुवैका लागि बिमा सुविधा उपलब्ध गराउन शिखर इन्स्योरेन्ससँग सम्झौता गरेका छौं,’ सिइओ लामाले भने, ‘यसबाहेक कमिसनबाट प्राप्त रकमको १० प्रतिशत जम्मा गर्ने गरी सजिलो कोषसमेत व्यवस्था गरिएको छ, जसबाट यात्रु र चालकलाई आपत्कालीन समयमा सेवा प्रदान गरिने छ ।’ 

Open photo

कम्पनीका प्रबन्ध निर्देशक दिवाकर खनालले नेपालमै पहिलोपटक ‘जियोबेस फेयर सिस्टम’ सुरु गर्न लागेको जानकारी दिए । हाल काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको यस कम्पनीले आगामी छ महिनाभित्र देशभर सेवा विस्तार गर्ने जनाएको छ ।

कम्पनीले आगामी फागुन १ गतेबाट चालकबाट कमिसन लिने पनि घोषणा गरेको छ । जसमा दुईपांग्रे सवारीमा १० प्रतिशत, क्याबमा छ प्रतिशत र हात्तीगाडीमा पाँच प्रतिशत कमिसन लागू गरिने जानकारी दिइएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २१:१७
#सजिलो_एप #राइड_सेयरिङ #विजय_लामा
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सानिमा बैंक र नेपाल क्लियरिङबीच नेटवर्कका लागि सम्झौता
सानिमा बैंक र नेपाल क्लियरिङबीच नेटवर्कका लागि सम्झौता सोमबार, पुस २८, २०८२
नेपाल-इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न
नेपाल-इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न सोमबार, पुस २८, २०८२
डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न
डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न सोमबार, पुस २८, २०८२
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’ 
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’  आइतबार, पुस २७, २०८२
स्वावलम्बन लघुवित्तको २४ औँ  वार्षिक साधारण सभा सम्पन्‍न
स्वावलम्बन लघुवित्तको २४ औँ वार्षिक साधारण सभा सम्पन्‍न शुक्रबार, पुस २५, २०८२
सन नेपाल इन्स्योरेन्सकाे नवौँ वार्षिक सााधारण सभा सम्पन्‍न
सन नेपाल इन्स्योरेन्सकाे नवौँ वार्षिक सााधारण सभा सम्पन्‍न शुक्रबार, पुस २५, २०८२
होटल गरिमा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने 
होटल गरिमा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने  शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP