Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विचार
  • Home
  • विचार
  • न्याय नपाए कहाँ जाने !
न्याय नपाए कहाँ जाने !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, माघ १, २०८१

‘न्याय नपाए गोरखा जानू’ भन्ने कथन त्यसबेला थियो, जुनबेला नेपाल भन्ने देश बाइसे चौबिसे राज्यमा विभक्त थियो । र, गण्डक राज्यका नाममा गोरखाबाट राज्यमा शासन गरिरहेका थिए राजा राम शाहले । गोरखाका राजा पृथ्वीनारायण शाहले खण्डित राज्यलाई एकीकरण गरी अखण्ड नेपाल बनाए । तर, अहिले फेरि अखण्ड राज्य खण्डखण्डमा परिणत भएको छ, प्रदेश सरकार र स्थानीय सरकारका नाममा । हिजो बाइसे चौबिसे राज्य थिए । अहिले सातवटा प्रदेश र ७५३ स्थानीय तह बनेको छ । 

हिजो एक सरकार थिए अहिले ७६१ सरकार छन् । अनि आ–आफ्नै ढंगले राज्य चलाइरहेका छन् । त्यही भएर पनि त्यसबेला राम शाहको जस्तो न्याय र रामराज्य हुन सकेको छैन । अब न्याय माग्न गोरखा जाने दिन पनि गए । गण्डकमै पुर्याएकालाई पनि फेरि नेपाल खाल्डोमा नै ल्याएर जाक्ने काम भयो ।

माथि स्वर्गबाट रामराज्य ल्याउन खोज्ने राम शाहले मुख खोले, ‘होइन त्यो मेरो पालाको न्याय कता गयो हँँ ? प्रजाहरुले न्याय पाउन छाडेछन् ।’स्वर्गमा सँगै रहेका कान्तिपुर राज्यका राजा जयप्रकाश मल्लले राम शाहलाई भने, ‘जुन दिन वीरेन्द्रको वंश नाश भयो, मदन भण्डारीजस्ता नेता मारिए । बिपीजस्तो व्यक्तिलाई शासनसत्ताबाट हटाइयो त्यही बेलादेखि नै न्याय हरायो काजी !’जयप्रकाश मल्लले राम शाहलाई काजी भने पनि उनले भने, ‘होइन ए जय म कसरी काजी भएँ हँ ? म त गोरखाको राजा पो थिएँ । मृत्युपछि म काजी भएँ !’

हो त । जयप्रकाश भन्दै थिए । ‘मृत्युपछि को के–के हुन्छ, हुन्छ ! तिम्रा नातिखलकले मेरो राज्य खोस्दा पनि न्याय मरेको थियो । मैले न्याय पाइनँ । मलाई मेरै भाइ भारदारहरुले सहयोग गरेनन् ।’किन ? उनले प्रश्न गरे । ‘सबै स्वार्थी । आफ्नो स्वार्थ पूरा नहुञ्जेल अघिपछि हुने अनि स्वार्थ पूरा भएपछि छाडिदिने छन्’ नपत्याए अहिले नेपालको देश चलाउने ठेक्का लिएका राजनीतिक दलका नेताहरु हेर त ? जयप्रकाशले उत्तर दिए । 
त्यस्तो पनि हुन्छ र ? मैले त सबैका लागि न्याय पहिलो प्राथमिकतामा राखेको थिए । मैले शासन गर्दासम्म कसैले पनि अन्याय भोग्नु परेन । राम शाहले निकै नरम साथ जयप्रकाशलाई सोधे ? ‘त्यही भएर त मैले काजी सम्बोधन गरेको नि । म पनि राजा तिमी पनि राजा । तिम्रा खलककै पृथ्वीनारायणले मेरो राज्य खोस्यो मैले न्याय पाइनँ । मैले न्याय नपाउँदा मैले रुनसमेत पाइनँ । हो, अहिले त्यस्तै भएको छ । दलभित्रको अन्याय हेर, न्यायालयभित्रको अन्याय हेर ! सिंहदरबारदेखि पालिकाको दरबारसम्म हेर ! बिरामी निको पार्ने अस्पतालदेखि मृत्यु संस्कार गर्ने घाटसम्म पनि अन्याय नै अन्याय छ । हेर त आज मकर संक्रान्तिको दिन परेको छ । ती थारु जातिले कहिल्यै पनि न्याय पाएनन् । सधैं अन्यायमा नै बस्नुपर्यो । त्यही थारु जातिलाई तिम्रो राज्य हुने छ भन्दै ५२ सालतिर उचाले । त्यही लोभमा धेरै थारुहरुले अनाहकमा ज्यान गुमाए । अखण्ड राज्यलाई खण्ड–खण्ड पारे । थारुले केही पाएनन्, बरु थारुको नाममा अरुले नै ‘भारु’ खाए ।

Hardik health


जयप्रकाशको कुरा सुनेर राम शाह खित्का छाँड्दै हाँस्न थाले । ‘के नचाहिने कुरा गर्छौ हो तिमी पनि, पहिलेजस्तो कहाँ छ र आधुनिक समय छ । त्यसरी अर्काको नाममा कहाँ खान पाइन्छ र ?’‘हेरहेर यिनको मति !’ जयप्रकाशले खिल्ली उडाउन थाले । तिम्रो पाला जस्तो राम राज्य त कहाँ हुन्छ ? ल यता आउँ म तिमीलाई देखाउँछु ।’ राम शाहको दाहिने हात च्याप्प समातेर जयप्रकाशले स्वर्गको भीरजस्तै ठाउँमा लगेर तलको बस्ती देखाउन थाले । ‘अब तिमी यही स्वर्गबाट तिम्रा खलकले कब्जा गरेको मेरो राज्य हेर त कति ताण्डव चलिरहेको छ ?’ 

तिमीजस्तै मेरा पुर्खा पनि उत्तिनै थिए प्रजावत्सल । प्रजाको घरको धुरीबाट धुँवा नआएसम्म खानै खाँदैनथे । जयप्रकाशले आफ्ना पुर्खाको बखान गरे । साँच्ची ‘के रे उहाँको नाम ? ’‘महिन्द्र मल्ल, जसले १४ वर्ष शासन गर्दा सारा प्रजालाई खुसी दिए ।’ जयप्रकाशले भने । ए जयप्रकाशऽ त्यो तिम्रो सहरमा के–को भीड हँ ! देव्रे हात निधारमा राखेर परसम्म हेर्दै राम शाहले सोधे । त्यही ताण्डव नृत्य । अलकापुरी कान्तिपुरी नगरीमा अहिले न्याय पाउन मुस्किल छ । सबैलाई सत्ता र शक्तिको उन्माद चढेको छ । 

त्यो कालो दाडी भएकोलाई किन ‘देश रक्षक’हरुले घेरेका ? राम शाहले सोधे ? कुन दाडी भएको ? कुन रक्षकले घेरेको ? निलो कपडा लगाएकाले घेरेको कि हरियो लगाएकाले घेरेको, जयप्रकाशले सोधे । यिनीहरु के रक्षक होलान् र सबै भक्षक हुन् । नीलो लगाएकाहरुले घेरेको दाह्रीको कुरा गरेको ? ए त्यो नारदमुनि ? विचरा, गाईखानेका देशमा काम गरेर फर्केको केटो । सहकारी ठगको पैसामा रजजग गर्दै नारदमुनि बने छ !

नारदमुनि बन्दाबन्दै शासकहरुलाई घुमेर टुँडिखेलमा नाकको डाँडी भाँच्छु भन्दा प्रजाले ठोक–ठोक भनेर उचालेको भाग्यमानी । अहिले सहकारी ठग भन्दै न्यायका लागि कहिले गण्डक, कहिले बागमती घुमाका घुमाइ छन् अभागीलाई । अस्ति मन्त्री हुँदासम्म तिनै नीलो कपडा लगाएका रक्षकहरुले प्रजाहरुको रकम ठगी खाको छैन भन्थे । मन्त्री खुस्केपछि यही नै सहकारी ठग हो भन्दै दाह्रीलाई कहिले गण्डक राज्य, कहिले लुम्बिनी राज्य, कहिलो कान्तिपुरी नगरीमा पुर्याएका छन् ।’ जयप्रकाशले विस्तृत नै सुनाए । 

राम शाह तीन छक्क पर्छन्, ‘अस्ति सत्तामा हुञ्जेल ठीक, अनि अहिले सत्ताभन्दा बाहिर गएपछि बेठीक ! यत्तिका मानवले त न्याय पाएन भने अरु प्रजाहरुले कसरी न्याय पाउलान् त ? जयप्रकाश !’‘नेपालको कानुन जसले बनाउँछ उसैले जानुन्’ भनेर भन्न थालेका छन् । न्याय भन्ने कुरा त उही पैसा पद र पावरले खाइसक्यो ? न्याय नपाए जाने ठाउँ नै छैन ! शासक बन्न सत्ताचाहिँ दिल्ली दरबार पुगेपछि पाउँछन् रे ! अरु न्याय त उही पशुपतिनाथले रक्षा गरुन् । जय नेपाल !
 


प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
अरनिको नेपालका गहना
अरनिको नेपालका गहना सोमबार, पुस २८, २०८२
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार बुधबार, पुस २३, २०८२
निजी अस्पताल सञ्चालन र सरकारी नीति 
निजी अस्पताल सञ्चालन र सरकारी नीति  मंगलबार, पुस २२, २०८२
स्लाइन पानी !
स्लाइन पानी ! मंगलबार, पुस २२, २०८२
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति सोमबार, पुस २१, २०८२
राष्ट्रिय एकता र मेलमिलाप नीति सान्दर्भिकता 
राष्ट्रिय एकता र मेलमिलाप नीति सान्दर्भिकता  आइतबार, पुस २०, २०८२
बिपीको मेलमिलापको सान्दर्भिकता
बिपीको मेलमिलापको सान्दर्भिकता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP