Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • नेतृत्वविहीनतामा गुज्रियो रास्वपा 
नेतृत्वविहीनतामा गुज्रियो रास्वपा 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, कात्तिक २५, २०८१

रास्वपा भनेकै रवि हो । अर्थात् रवि भनेकै रास्वपा हो । मतलव रास्वपाले संसद्मा जुन आकार लियो त्यो रविको निर्वाचनताका लोकप्रिय व्यक्तिŒवले हो । त्यही भएर उनी पक्राउ परेपछि रास्वपा अनाथजस्तै देखियो । यसबेला पार्टीमा संकटमोचन गर्ने नेतृत्व चाहिन्छ, तर देखिएन ।
श्रीभद्र पण्डित
राजनीतिक विश्लेषक
 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेपछि पार्टीमा नेतृत्वविहीनता देखिएको छ । रविको विकल्पमा सिंगो पार्टी पंक्तिले भरोसा गर्ने नेतृत्व रास्वपामा देखिएका छैनन् । दुई उपसभापति डोलप्रसाद (डिपी) अर्याल र डा. स्वर्णिम वाग्ले त छन् तर उनीहरूले नै राजनीतिक प्रतिशोध साँधेर रविको पक्राउ गरेको भन्दै सरकारविरुद्ध पोखरापछि काठमाडौंमा गरेको प्रदर्शन प्रभावहीन देखिएको छ । घोषित ‘नीलो क्रान्ति’ असफल भएको विश्लेषकहरु बताउँछन् । 

राजनीतिक विश्लेषक श्रीभद्र पण्डित पार्टी नेतृत्व गर्न सक्ने कौशल नभएको निक्र्योल गरेरै रविले दुवै उपसभापतिलाई कार्यवाहक सभापतिको भूमिका नदिएको हुनसक्ने बताउँछन् । उनका अनुसार पोखरामा एक साता प्रदर्शन गरेर काठमाडौं फर्किएका रास्वपाका दुई उपसभापति अर्याल–वाग्लेसहितका नेता कार्यकर्ता युद्धमा हारेपछि फर्किएका हतास देखिने सिपाहीजस्ता भएका बताइन्छ । फेरि, अर्याल–वाग्लेबीच कार्यवाहक सभापति को बन्ने भन्नेमा टकराव देखिन्छ ।

यस्तोमा शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा एक हुल समर्थक छिरे । बुढ्यौली देखिने एक जना समर्थकले बोकेको प्लेकार्डमा थियो, ‘देशले २२ दिनदेखि एउटा आँटिलो र गतिलो नेता खोजिरहेको छ ।’ यसले पार्टीमा नेतृत्वविहीनताको स्थिति दर्साएको छ । रविलाई रिहा गर्न बाध्य पार्ने गरी ‘धक्कादार प्रदर्शन’ गर्ने आँट भएका नेता पार्टीमा नभएको किटान गरेको छ ।यही प्लेकार्डले पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको ध्यान खिच्यो । बुर्लाकोटीले फोटोसमेत खिचे । त्यसपछि पार्टी केन्द्रीय समिति बैठक बस्यो ।

Hardik health

बैठकपछि प्रभावसँग बोल्दै बुर्लाकोटीले भने, ‘हामीले सभापति रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोधले भएको भनेर लगातार प्रदर्शन गरिरहेका छौं तर सरकारले उहाँको रिहा गरेको छैन । यस्तो अवस्थामा अझ शक्तिशाली प्रदर्शन गराउने आँटिला र गतिला नेतृत्व अभाव हो कि भनेर समर्थकहरूबाट संशय प्रकट भयो । यसले ध्यानाकर्षण भएको छ ।’

हामीले सभापति रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोधले भएको भनेर लगातार प्रदर्शन गरिरहेका छौं तर सरकारले उहाँको रिहा गरेको छैन । यस्तो अवस्थामा अझ शक्तिशाली प्रदर्शन गराउने आँटिला र गतिला नेतृत्व अभाव हो कि भनेर समर्थकहरूबाट संशय प्रकट भयो । 
कविन्द्र बुर्लाकोटी
कार्यवाहक महामन्त्री, रास्वपा

सभापति लामिछाने भने २२ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनलाई आज पनि अदालतमा पेस गर्दै छ । उनीमाथि थप अनुसन्धानका लागि हालै १० दिन म्याद थप भएको छ । रुपन्देहीको बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा पनि बयानका लागि लैजाने प्रहरीको तयारी छ । यहीबेला रास्वपालाई स्थानीय तह उपनिर्वाचनको तयारी गर्नुपर्ने अवस्था छ । अर्कातिर रविको रिहाइ माग गर्दै प्रदर्शन गर्नु पनि छ । रास्वपाको प्रदर्शनलाई सहकारीपीडितहरूले काउन्टर दिइरहेका छन् ।

यहीबीच उपसभापति अर्यालले सुटुक्क भेटेर रविको रिहा गर्न गरेको माग प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेझैँ गरिदिए । अझ न्यायिक प्रक्रियामा गएको मुद्दालाई प्रभावित पार्ने गरी सडक प्रदर्शन नगर्न रास्वपालाई सत्तारुढ दलहरूले चेतावनी दिए । विपक्षी दलहरू पनि रविको रिहा माग गर्दै सडकमा आएनन् । यसरी सडकमा एक्लिएको रास्वपामा प्रभावशाली नेतृत्वविहीनता देखिएको छ ।

राजनीतिक विश्लेषक पण्डित भन्छन्, ‘रास्वपा भनेकै रवि हो । अर्थात् रवि भनेकै रास्वपा हो । मतलव रास्वपाले संसद्मा जुन आकार लियो त्यो रविको निर्वाचनताका लोकप्रिय व्यक्तिŒवले हो । त्यही भएर उनी पक्राउ परेपछि रास्वपा अनाथजस्तै देखियो । यसबेला पार्टीमा संकटमोचन गर्ने नेतृत्व चाहिन्छ, तर देखिएन ।’रविले २ कात्तिकमा पक्राउ पर्नुअघि पार्टीमा एकसे एक नेताहरू रहेको र आफ्नो अनुपस्थितिमा उनीहरूले पार्टी हाँक्ने बताएका थिए । यद्यपि, उनले पार्टी नेतृत्व दुई उपसभापति अर्याल र वाग्लेमध्ये एकलाई सुम्पेनन् ।

यसअघि नागरिकतासम्बन्धी मुद्दामा उनको सभापति पद गुमेपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । यसपटक भने दिएनन् । तैपनि शनिबार बसेको केन्द्रीय समिति बैठकमा भने सभापति रविको ठाउँमा अर्याल बसे ।रास्वपाका एक नेताकाअनुसार सभापति लामिछानेको पक्राउपछि पार्टीको सिंगो संरचना एकप्रकारले ‘प्यारालाइज्ड’ भएको छ । कार्यकर्ता पंक्ति हतास छन् । कोही निष्क्रिय भएर बसेका छन् । सभापति लामिछानेको पक्राउविरुद्ध सशक्त प्रदर्शन गर्न नसकेको भनेर कोही उपसभापतिद्वयको आलोचना गरिरहेका छन् । 

पार्टीका ती नेताका अनुसार शनिबारको केन्द्रीय समिति बैठकमा पनि पार्टी नेतृत्व कसले सम्हाल्ने भनेर छलफल चलेको थियो । ‘मूल नेतृत्वको अभाव तत्कालका लागि दोस्रो तहबाट पूर्ति हरेक दलले गर्छन् । रास्वपामा पनि गर्नुप¥यो,’ ती नेताले बैठकमा सहभागी नेताहरूको भनाइ उद्धृत गर्दै भने, ‘मूल नेतृत्वविहीनताको स्थितिले पार्टीलाई समस्या गराउँछ । यो कुरा पार्टीमा धेरै नेताले उठाउनुभयो ।’

रास्वपा सभापति लामिछाने गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक छँदा अध्यक्ष जिबी राईसमेतले विभिन्न सहकारीबाट गैरकानुनीरुपमा ल्याएको बचत रकम अपचलनमा संसदीय छानबिन समितिबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई समितिले ४ असोजमा सहकारीको बचत अपचलनमा जिम्मेवार भन्दै कारबाहीको सिफारिस गरेको थियो । सोहीअनुसार २ कात्तिकमा उनी पक्राउ परे । पक्राउअघि जारी पुर्जीमा भने उनलाई सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि भनिएको थियो । तर, जिल्ला अदालत कास्कीमा पेस गर्दा भने उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि थपियो । यसरी मुद्दैमुद्दाले सभापति लामिछाने थिचिएका छन् ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP