Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नमुना विमानस्थल बनाउछु–तिवारी
नमुना विमानस्थल बनाउछु–तिवारी
admin123
admin123 आइतबार, पुस १६, २०७४
interview
प्रताप बाबु तिवारी नेपालगन्ज निागरिक उड्यन कार्यालय नेपालगन्जमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । मध्य तथा सुदुरको ब्यापारिका केन्द्रको रुपमा रहेको नेपालगन्जको राझाँ बिमान स्थल पश्चिमकै ठुलो बिमान स्थल समेत हो । राजधानी काठमाण्डौ सँगै मध्य तथा सुदुरका पहाडि जिल्लाहरुमा नियमित उडान हुने यो बिमानस्थलमा पछिल्लो समय राम्रा कामहरु भएको बताईन्छ । मानिस भित्र ईच्छा शक्ति भएमा सबै सम्भव छ भन्ने उदाहरण पेश गर्न सफल तिवारीको पहलमा बिमानस्थल भित्र रमणिय पार्क स्थापना, आफ्नै बेववाईट संचालन र दैनिक अपडेट लगायत बिमानस्थलको ब्यवस्थापन निकै चुस्त दुरुस्त रहेको बताईन्छ । बिमान स्थलको समग्र ब्यवस्थानका बिषयमा असल शासन पोष्टका लागि पत्रिकाका सम्पादक नमस्कार शाहले प्रमुख तिवारी सँग गरेको कुराकानी यहाँ प्रश्तुत गरिएको छ । नागरिक उड्ययन कार्यालय नेपालगन्ज आएपछि यहाँले के के काम गर्नु भयो ? – मैले त्यस्तो कुनै ठुलो परीवर्तन केही पनी गरेको छैन । सामान्य काम गरेको छु तर जुन देखीने र आवस्यक थियो । यात्रु सेवा सुविधाको स्तर बृद्धी, सरसफाई, पुरानो शौचालयको ब्यवस्थापन गर्दै आधुनिक शौचालय निर्माण, बिमान स्थल भित्र एयरकन्डिसनको ब्यवस्था, खानेपानीको ब्यवस्था, बिमान स्थल भित्र फ्रि वाईफाई तथा टेलिभिजनको ब्यवस्था सँगै झट्ट हेर्दा एयरपोर्ट आकर्षक पनी देखियोस र यात्रुको मन प्रफुल्लित होस भन्ने उद्धेश्यले गार्डेनिङ पनी बिस्तार गरेका छौँ । पहिलेको तुलनामा नेपालगंज बिमानस्थल आकर्षक र परिवर्तन भएको अनुभुति यात्रुहरुले गरेको बताउछन् । यस अघि तपाई पोखरा, लुक्ला बिमानस्थलमा पनि काम गरिसक्नुभएको छ । शुरुमा नेपालगन्ज आउदा तपाईले कस्तो महशुस गर्नुभयो ? – बिकास भनेको गतिशिल हुन्छ त्यो कहीले पनि रोकीने प्रकृया होईन भन्ने कुरामा म बिश्वास गर्छु र सोही अनुसार म जहाँ जान्छु त्यहाँ केही न केही नयाँ काम गर्दछु । लुक्ला र पोखरा दुबै पर्यटकिय हिसावले पनि राम्रा बिमानस्थल हुन् त्यसमा पनि मैले त्यसलाई थप सुन्दर बनाउन पहल गरे फलस्वरुप पोखरा बिमानस्थल मेरो कार्यकालमा नेपालकै उत्कृष्ट बिमान स्थल बन्न सफल पनि भयो र मैले पुरस्कार पनि पाए । जहाँसम्म नेपालगन्ज बिमान स्थलको कुरा छ शुरुका दिनमा यहाँ धेरै चुनौती छ भन्ने मैले महशुष गरेको थिए तर म आए देखिनै नेपालगन्ज बिमानस्थललाई पोखरा बिमान स्थल जस्तै बनाउछु भन्ने प्रतिज्ञाका साथ लागेको छु । कम्तीमा पनि यात्रुले पाउनु पर्ने सेवा सुबिधाहरु र बिमानस्थल हेर्दा आहा भन्ने खालको रिजल्ट देखिने तरीकाले काममा म लागेको छु । नेपालगन्ज बिमानस्थल आएपछिको तपाईको पहिलो प्राथमिकतामा के थियो ? – शुरुको प्राथमिकता सरसफाई नै हो । सरसफाई गर्ने हामीसँग कर्मचारी हुन्छ तर सरसफाई गर्ने तरीका मिलेन भने गरेजस्तो देखिदैन । मैले काम गर्ने तवर तरिकामा फोकस गरेको थिए । बिमानस्थलको बजेट पहिले र अहिले खासै फरक छैन होला । चेक इनमा पनी मेसिनद्वारा जाँच गर्ने गरिएको छ । यो सबै इच्छा सक्तिनै हो अथवा संयोग ? – इच्छा र सोच काम गर्दा अति नै आवश्यक पर्छ । म के गर्ने भन्ने कुराहरु आईडियाहरु जेनेरेट हुनु पर्छ । म बेला बेला प्यासेन्जरको रुपमा घुमिरहेको हुन्छु र प्यासेन्जरले फिल गरेको कुरा पत्ता लगाउछु यात्रुकै मनोबिज्ञान बमोजिम चेन्ज गर्नतिर लाग्छु । जसमा म र मेरा टिम सफल भएका छौं । अवको योजना के छ, तपाईको प्राथमिकता के मा हुन्छ ? – पछील्लो समय मानसरोवर जाने यात्रुहरु बढेका छन । जहाज पार्किङ पनी सानो छ, यात्रु डिपाचर पनी साँघुरो छ, चेकईन एरीया पनी साँघुरो छ । यि सबैलाई बिस्तार गर्नु पर्ने देखीएको छ । हामी पाँच सात वर्ष पछी नयाँ ठुलो टर्मिनल हल बनाउने सोचमा छाँँै । प्यासेन्जर कक्षको क्षमता कती हो ? – अहिले १५० जनाको क्षमता हो । पिक टाईममा यात्रु संख्या क्षमता भन्दा बढ्ने गर्छ ३०० देखि ४०० सम्म पुग्ने गर्दछ । बिहानको ८÷९ बजेको समयमा सिमिकोट जाने यात्रु र काठ्माण्डौ जाने यात्रुको उडान समय एउटै भएकाले यस्तो हुने गर्दछ । त्यसैले पुरानै संरचनामा थप्ने र बाहिर वैटिङ्ग हल बनाउने तयारीमा हामी छौं । क्रमचारीहरुको व्यवहारमा तपाई आईसके पछी के परीवर्तन पाउनु भएको छ ? – धेरै परिवर्तन भएको छ । म नियमित मनिटरिङ्ग गर्ने, चेक लिस्ट बनाउने, रिपोटिङ्ग गर्ने गर्छु भने त्यसका लागि सुपरभाईजरपनि तोकेको छु कही कतै समस्या देखिएमा नदोह¥याउने गरी सचेत गराउछु । नागरिक उड्ययन कार्यालय नेपालगन्जसँग जनशक्ति पर्याप्त छ ? – पर्याप्त चाहिँ छैन । सेवाग्राहिबाट करारमा जनशक्तिहरु लिनेहो । प्रत्येक वर्ष त्यसको बिज्ञापन गर्छौँ । सेवा प्रदायक बाट राम्रो सेवा नभएको भन्ने गुनासो आएपछी हामी कर्मचारी थप्ने काम गछौं । यात्रुको गुनासो सुन्ने र सोधपुछको कस्तो ब्यवस्था छ ? – यात्रुको प्रत्यक्ष सम्पर्क त सम्बन्धित एयरलायन्ससँग हुन्छ । हामी एनाउन्स पनि गछौं । सम्वन्धित एयरलायन्सबाट पनी भएन भने हामि लिखत र मौखिक सुचना तथा गुनासोहरु सुचना अधिकारी र कार्यालय प्रमुखले सुन्ने र उचित जवाफ दिने काम गछौं । कस्तो खालको गुनासोहरु आउने गर्छ ? – बिशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रागर्ने यात्रुबाट यती दिन देखी उडान भएन, पहाडी क्षेत्र प्राथमिकतामा परेन, चार्टर फ्लाईट मात्रै हुने भयो, भाडा बढी भयो जस्ता गुनासा आने गर्दछन । सेडुवल प्mलाईटको अनुमती प्रधान कार्यालयले दिन्छ र चार्टर को हामीले कार्यालयबाट दिने गछौँ । गुनासो दोहोरीने समस्या कतिको आउछ ? – आउँछ, कहिले पछाडीको यात्रु अगाडी प¥यो भन्ने पनि गुनासो आउछ । केहीदिन अगाडी मात्रै यस्तो समस्या आएको थियो मैले एयरलाईन्स रोकेर अगाडीको अगाडी र पछाडीको पछाडी मिलाउने काम गरे ता की यो समस्या फेरी नदोहोरीयोस । तर सवै एयरलाईन्समा यस्तो छैन अरु एयरललाईन्समा पनि विस्तारै सुधार हुदैछ । यो समस्या पहाडी जिल्लाहरुको उडानमा वढि हुने गरेकोछ । काठमाण्डौका लागि उडान चार्टर कतिको हुन्छ ? – काठमाण्डौमा चार्टर धेरै कम हुन्छ विशेष प्रस्तुतीमा मात्र हुने गर्दछ । यात्रुहरुका लागि शुरुगरेको एनाउन्स सेवामा कर्मचारीको बोली प्रष्ट नभएको, मिठासपन नभएको भन्ने गुनासो यात्रुहरुबाट सुनिन्छ तपाईकहाँ यस्तो गुनासो आएको छ की छैन ? – म कहाँ यस्तो गुनासो आएको छैन । मैले सुन्दा त सवै राम्रै सुन्छु कहीले काही त्यस्तो भएको होला । वास्तबमा योे एनाउन्स एयरलाईस आफैले गर्नुपर्नेहो । आफ्ना यात्रुहरुलाई अपडेट गराउने जिम्मेवारी वहाँहरुकै हो तर त्यो ब्यवस्था यहाँ नहुदा हामीले नागरीक उड्ययन वाटै गर्ने गरेका छौं । पोखरा, काठमाण्डौ लगायतका स्थानमा बिमान कम्पनीले नै गर्ने गर्दछ । नागरिक उडययन कार्यालय धेरै निकाए र ब्यक्तिसँग प्रत्यक्ष समन्वयमा रहने निकाय पनि हो यहाँले समन्वयको पाटोलाई कसरी ब्यवस्थापन गर्नु भएको छ ? – हामिसँग विमान स्थल सुरक्षा गार्डपनि छ एउटा सेक्यूरिटी कमिटि भनेर नागरिक उडययन प्रमुख लगायत जिल्ला प्रशासन कार्यालय, व्यवसाय सुरक्षा, जिल्ला प्रहरी कार्यालय सवैको प्रतिनिधित्व रहने गरि ब्यवस्था गरिएको छ । भिआईपी आगमनको समयमा भिआईभी व्यवस्थापन भनेर राजपत्र अनुसार टाँस गरेका हुन्छ । त्यही अनुसार सेक्यूरिटिले काम गरिरहेको हुन्छ । सुरक्षा संबेदनशिलताको दृष्टीले हेर्दा नेपालगन्ज मिबान स्थलमा कहिले खुकुलो हुने कहिले कडाई भईरहेको पाईन्छ, भिआईपि आउदा ठुलो भिड भित्रै प्रबेश गरिरहेको हुन्छ सुरक्षाको सवालमा तपाई खुकुलो हुनुभएको हो ? – मान्छे छोड्न र ल्याउन भिड नै हुने यो नेपालमा मात्रै हो, बिदेशमा यस्तो हुदैन । आफन्तलाई भित्रै गएर छोड्नुपर्ने, नेताहरुको अगाडी नै देखिएर स्वागत गर्नुपर्ने हाम्रो कल्चमा परिवर्तन ल्याउनुपर्छ । सेक्यूरिटिले कडा गर्ने र रोक्ने भन्दा पनि सवैले सचेत भईदिनेहो भने आफै यो समस्या समाधान हुन्छ । विमानस्थल भनेको धेरै सम्बेदनशिल क्षेत्र हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ । हामीले भिआईपि मोमेन्ट कन्टोलको कार्य विधी बनाएर लागु गरिसकेका छौं । कार्यबिधि कहिले बनाउनु भयो र त्यसको कार्यान्वयन किन फितलो ? – म आएपछि त्यो बनाएका हौं । म यहि अन्तरवार्ता मार्फत सबै राजनितिक दलहरुलाई हाम्रो सम्बेदनशिलता बुझिदिनका लागि अनुरोध गर्दछ् । सबैको सहयोग भएमा सेक्यूरिटि मापदण्ड परिचालन गर्न सहज हुन्छ यो सबैलाई वुझिदिन म अनुरोध गर्दछु । यो नेताहरु अथवा मन्त्रिहरु आउदाको समस्या हो की सेलिवे्रटी आउदा अथवा सोसियल लिडर आउदा यो समस्या देखीन्छ ? – अरुमा त्यती साह्रो छैन, पोलीटिकल पार्टीका लिडरहरु आउदा अली बढी समस्या देखिन्छ । बिमानस्थल छिर्ने मार्ग समेत अहिले सुधार भएको छ, बिमानस्थलमा भएको सुधार देख्दा तपाईलाई कस्तो महशुष हुन्छ ? – मलाई वास्तवमा राँझा देखी एयरपोट सम्मको रोड पिच गर्न झन्डै २ वर्ष लाग्यो अझै पनि अलि कति वाँकी छ । त्यो धुलोको कारण त्यहाँ भित्र सरसफाई गर्न धरै समस्या थियो । अब एक बर्षमा बिमानस्थल भित्रमा सफाईमा हामी लाग्छौं । बिमानस्थल क्वाटरको सुधारको पनि वेला बखत मीडियामा आउने गर्दछ त्यसको बारेमा के भन्नु हुन्छ ? – हाम्रो संस्थाले कर्मचारीलाई घरभाडा भनेर सुविधा दिएको छ । उहाँहरुले घरभाडाको तुलनामा यो भन्दा सस्तोमा कोठा पाउनु भयो भने वाहीर वस्न्ुहुन्छ । कर्मचारीहरुको क्वाटर भन्दा बाहिर बस्ने टूेन अली कति वढेको छ यद्धपी अझै पनि हाम्रो क्वटरमा पनि स्टाफहरु बस्दै आउनुभएकोछ । आफुले गरेका कामहरुको प्रचार प्रसार कत्तिको गर्नुभएको छ ? – त्यस्तो भएको छैन तर पनि भेट भएको साथीहरु, पत्रकारहरुले सोध्ने गर्नुभएको छ नेपालमा सुर्ती जन्य पदार्थको ऐनले सार्वजनिक स्थलमा बिक्रि बितरण गर्न नपाउने भनेको छ तर बिमानस्थल क्यान्टिनमा बिक्रि र प्रयोग भईरहेको छ, नेपालगञ्ज बिमान स्थलमा छुट्टै स्मोकिङ्ग जोन छैन यस तर्फ तपाईको ध्यान गएको छ कि छैन ? – त्यो सुविधा हाम्रो संरचनाले भ्याए सम्म हामीले राख्न सक्छौं, त्यो राख्न नसकीने कुरा होइन । हामीले धुम्रपान तथा सुर्तिजन्य पदार्थ निशेधित क्षेत्र भनेर ठाँउ ठाँउमा सुचना टाँस गरेका छौं । जहाँ सम्म क्यान्टिनको सवाल छ अहिलेको क्यान्टिन हामीले ठेक्कामा दिएको हैन पहिले देखिनै नेपाली सेना मार्फत चल्दै आएको छ संरचना पनि पुरानो छ त्यसैले समस्या भएको हो । अहिले सेवासँग सम्झौता गरि यो बर्ष हामी आफ्नै स्तरीय क्यान्टिन बनाउने योजनामा छौं त्यस पछि यो समस्या समाधान हुन्छ । अन्तमा के भन्न चाहनुहुन्छ ? अन्तमा म नेपालगन्ज विमान स्थलको जानकारीहरु लिनु परेमा घरमै बसेर वेवसाईटबाट लिन अनुरोध गर्दछु । साथै नेपलागन्ज बिमानस्थललाई एउटा नमुना बिमानस्थलको रुपमा बनाउने अभियानमा साथ र सहयोगको अपेक्षा समेत गरेको छु ।  
प्रकाशित मिति: आइतबार, पुस १६, २०७४  १०:०२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP