Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘रास्वपाको डिएनए’मा रविको चिन्ता 
‘रास्वपाको डिएनए’मा रविको चिन्ता 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, असोज ४, २०८१

राजनीतिमा लाग्नुअघि नै यसरी सबै विषय वा सन्दर्भको योजनाबद्ध उत्खनन् र आक्रमण हुन्छ भन्ने कुराको मैले आकलन गर्न सक्नुपथ्र्यो, त्यसो गर्न नसक्नु मेरो कमजोरी रह्यो ।
रवि लामिछाने
सभापति, रास्वपा

काठमाडौं– भ्रष्टाचारविरोधी आन्दोलनको पृष्ठभूमिबाट भारतको राजधानी दिल्लीमा अरविन्द केजरीवाल जसरी आम आदमी पार्टी गठन गरेर आए, त्यसरी नै नेपाली राजनीतिमा पूर्वपत्रकार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेर आए । दुईपटक गरेर उनकै नेतृत्वमा रास्वपा पाँच महिनाभन्दा बढी सत्तामा बस्यो । 

लामिछाने उपप्रधानसहित दुवैपटक गृहमन्त्री भए । यतिबेला भने उनकै शब्दमा भन्दा उनी चौतर्फी घेराबन्दीमा छन् । त्यही भएर उनले बुधबार भने, ‘भित्रबाट प्रहार नगर्नुहोस्, बाहिरको त म खेप्छु ।’

बाहिरको प्रहार भनेर उनले कांग्रेस, एमाले, माओवादीलगायत दलबाट रास्वपामाथि लगाउने आरोप र टिप्पणीलाई भनेका हुन् । त्यसविरुद्ध राजनीतिकरुपमा प्रतिवाद गर्ने पनि भनेका हुन् । तर, उनले यसबीचमा आफूमाथि जे जति प्रश्न उठे आफ्नै कमजोरीले त्यस्तो भएको स्वीकारेका छन् ।

Hardik health

आफ्ना कयौं व्यक्तिगत मामिलालाई हल्का रूपमा लिनाले समस्या भएको उनले बताए । त्यसलाई उनले भूल भनेका छन् । ‘राजनीतिमा लाग्नुअघि नै यसरी सबै विषय वा सन्दर्भको योजनाबद्ध उत्खनन् र आक्रमण हुन्छ भन्ने कुराको मैले आकलन गर्न सक्नुपथ्र्यो,’ उनले पार्टीको भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘हुन त कुनै आरोप सत्य छैन तर जति प्रश्न उठे, त्यति पनि ठाउँ दिन हुन्नथ्यो भन्ने ठान्छु ।’

आफ्ना गैरराजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिंगो पार्टीले अनाहकमा बोक्नुपरेको उनले बताएका छन् । यससँगै धेरै बोल्दा आफैंलाई भारी परेको पनि लामिछानेको आत्मालोचना छ । आफ्नो तागतको हेक्का नराखी बोलिएका बोली, बडेमानका आश्वासन र त्यसैका आधारमा बढेको जनअपेक्षाको पहाड चढ्न पार्टीलाई निकै गाह्रो भएको लामिछानेले स्वीकारेका छन् । 

‘मान्छेका रूपमा मेरा कयौं कमजोरी होलान् तर मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन,’ लामिछानेले भने, ‘राजनीति यतिसम्म निर्मम र निकृष्ट हुन्छ भन्ने अनुमान र त्यसको पूर्वतयारी गर्न नसक्नु मेरो कमजोरी हो ।’उनले पार्टीको सांगठनिक क्षेत्रमा धेरै काम गर्न नसकेको बताएका छन् । राजनीतिक, सांगठनिक प्रशिक्षण दिन नसकेको वा पार्टी काममा लाग्नेगरी अभियान दिन चुकेको उनको भनाइ छ । यसको असरस्वरुप कैयौं सदस्य र समिति पनि निष्क्रिय हुन पुगेको उनले बताएका छन् । 

आफूलाई फरक दाबी गरे पनि पार्टीमा विभिन्न धारबाट एकत्रित हुनेले पुरानै विचार र दृष्टिकोणको धङधङी कायम राख्दा, कतिपयको गैरराजनीतिक पृष्ठभूमि हुँदा अझै ‘रास्वपा डिएनए’ स्थापित हुन नसकेको लामिछानेको स्वीकारोक्ति छ । ‘एक÷दुई अपवादलाई छोडेर २०७९ को चुनावमा पार्टीको एक इशारामा तन, मन र धन लगाएर चुनावमा होमिएका २३१ प्रत्यक्ष तथा ११० समानुपातिक उम्मेदवारको क्षमता सदुपयोग गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो,’ लामिछानेको स्वीकार छ । 

यसबाहेक सफलताको बढाइचढाइ गर्ने तर कमजोरी लुकाउने प्रवृत्ति आफूहरूको अर्कोे कमजोरी भएको पनि स्वीकारेका छन् । रास्वपा सरकारमा जानु पार्टीको रणनीति नै भएको दाबी लामिछानेले गरेका छन् । तर, यसबारे नागरिकलाई सही तरिकाले बुझाउन नसकिएको उनको भनाइ छ । ‘हामी दुईपल्ट गरी करिब पाँच महिना सरकारमा रह्यौं । तर, म्यान्डेटविना त्यो पनि पुरानै दलसँग मिलेर सरकारमा जानुलाई हाम्रै सदस्य र शुभेच्छुकले निको मानेनन् । जनस्तरले त खरो टिप्पणी र प्रश्न नै ग¥यो,’ लामिछानेले प्रतिवेदनमै उल्लेख गरे । 

तर, पनि सरकारमा सहभागी हुनु रास्वपाको रणनीति भएको दाबी गरेका छन् । ‘हामी राजनीतिकरूपमा त्यति प्रशिक्षित छैनौं, त्यसैले के रणनीति हो, के पदलोलुपता हो भन्ने बुझाउन सकिएको छैन र अनुभव सँगाल्न र वास्तविकता बुझ्न सरकारमा गएको थियौं,’ लामिछानेले भने । उनले पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले विश्वासघात गरेको आरोप लगाएका छन् । पार्टीको राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले तत्कालीन महामन्त्री ढकालबाट विश्वासघात भएको भन्दै उक्त प्रकरणले आफूलाई बेलैमा पात्र र प्रवृत्ति चिन्न सजग गराएको पनि बताएका छन् । ढकालको गतिविधिले पार्टी सदस्य, समर्थक र शुभेच्छुकलाई क्षणिकरूपमा चिन्तित बनाएको पनि लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छन् । 

‘त्यो हदको उदण्ड गैरजिम्मेवारीप्रति खेद व्यक्त गर्दै पार्टी पंक्तिप्रति लगाइएको लाञ्छना र तल्लोस्तरका सबै टिप्पणी यही राष्ट्रिय भेलामार्फत खारेज गर्ने प्रस्ताव गर्छु,’ प्रतिवेदनमा उल्लेख छ । उसो त गत ६ जेठमा सभापति लामिछानेको हातबाट गुलियो दही खाएर समीक्षा यात्रामा निस्केका तत्कालीन महामन्त्री ढकालले महिना दिनपछि फर्केर बुझाएको समीक्षा प्रतिवेदन नेतृत्वका लागि पूरै अत्यासलाग्दो थियो । पार्टी क्षयीकृत भइसकेको र तत्काल चुनावमा जाने हो भने एक÷दुई सिटभन्दा बढी जित्न नसक्ने निचोडसहितको प्रतिवेदनको मूल अंश उनले पार्टीभन्दा पहिला मिडियालाई दिएका थिए । यही बहानामा रास्वपाले उनलाई पार्टीबाट निकालेको थियो । यसबारे सभापति लामिछानेले राजनीतिक दस्तावेजमै टिप्पणी गर्दै ढकालका निचोडलाई खारेज गरेका हुन् ।

लामिछानेका तीन प्रस्ताव 
रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने मत अघि सारेका छन् । मन्त्रीहरू प्रधानमन्त्रीले योग्यता र विज्ञताका आधारमा छान्नुपर्ने व्यवस्था हुनुपर्ने उल्लेख गरेका छन् । राष्ट्रियसभालाई राष्ट्रिय एकता झल्किने गरी गैरदलीय र समावेशी ‘विद्धतसभा’ बनाउनुपर्ने उनी बताउँछन् । यसबाहेक उनले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने प्रस्ताव पनि गरेका छन् । तर, विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसमेत गरी पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था गर्नुपर्ने उनको धारणा छ । स्थानीय तहको संख्या भने ७५३ बाट घटाएर ५९ भन्दा मुनि झार्नुपर्ने लामिछानेको प्रस्ताव छ । 

विदेशमा रहेका नेपाली नागरिकले भोट हाल्न पाउने कानुन बनाउन अझै सक्रियतापूर्वक लाग्ने वाचा पनि उनले गरेका छन् । यसबाहेक लामिछानेले निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने बताएका छन् । ‘राजनीतिको विकृति अन्त्यका लागि प्रतिनिधिसभाको निर्वाचनलाई पूर्णसमानुपातिक प्रणालीमा लैजानुपर्छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो भयो ।’लामिछानेले सांसदको भूमिकालाई विकास निर्माणमा खटिने नभएर विधायकीमै सीमित गर्नुपर्ने बताएका छन् । पार्टीको उद्देश्य पूरा गर्न ‘लिडरसिप एकेडेमी’को प्रस्ताव गरेका लामिछानेले आफ्ना उम्मेदवारले जनतामाझ जानुअघि प्रशिक्षित हुनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । 

आफ्नो राजनीतिक प्रतिवेदनमा वर्तमान व्यवस्था ल्याउन भूमिका खेलेकोप्रति पुराना नेताको प्रशंसा गर्दै उनले धन्यवाद दिएका छन् । पुराना नेताको योगदानकै कारण आफूहरू उनीहरूमाथि नै प्रश्न उठाउँदै राजनीतिमा आउन पाएको लामिछानेको भनाइ छ । यद्यपि, इतिहासप्रति गर्व गर्दै भविष्यका लागि आफूहरू खटिने उनले बताएका छन् ।


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल बिहीबार, माघ २२, २०८२
नेपालमा जलपक्षीको सङ्ख्या घट्दो
नेपालमा जलपक्षीको सङ्ख्या घट्दो बिहीबार, माघ २२, २०८२
निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड
निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड बिहीबार, माघ २२, २०८२
‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’
‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’ बिहीबार, माघ २२, २०८२
लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने
लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने बिहीबार, माघ २२, २०८२
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु बिहीबार, माघ २२, २०८२
पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP