Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • न्याय सम्पादनमा ढिलाइ
पूर्वमन्त्री जोशीको मुद्दा झण्डै २१ वर्षपछि टुंगो न्याय सम्पादनमा ढिलाइ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, साउन १४, २०८१

काठमाडौं– सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले झण्डै २१ वर्षपछि आइतबार जोशीको मुद्दामा फैसला गरेको हो । उनलाई नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकिएको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए ।

न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले स्रोत नखुलेको सम्पत्ति जोडेर भ्रष्टाचार गरेकोमा जोशीलाई दोषी ठहर गरेको हो । उनी २०४८ देखि २०६० सालसम्ममा सातपटक नेपाली कांग्रेसबाट मन्त्री भएका भएका थिए । पूर्वमन्त्री जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा मुद्दाको पुनरावेदन गरेको थियो । आइतबार बल्ल मुद्दाको किनारा लागेको हो । अब उनले तत्काल कैद सजाय भोग्नुपर्ने छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पदमा पुगेका व्यक्तिले आफ्नो वैधानिक आम्दानीको तुलनामा अस्वाभाविकरूपमा सम्पत्ति आर्जन गर्नु भ्रष्टाचार हो । अख्तियारले १८ पुस २०६० मा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले त्यसबेला उनीमाथि तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । तर, सर्वोच्चले जोशीको कैद सजाय र जरिवाना घटाइदिएको छ । यसअघि अख्तियारले जोशीको सम्पति लुकाएको आरोपमा पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

तर, विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी अनि सदस्यहरू चोलेन्द्रशम्शेर जबरा र कोमलनाथ शर्माको इजलासले हदम्यादको कारण देखाइ दर्जनौं मुद्दा खारेज गर्‍यो । त्यसबेला जोशीले सफाइ पाए । विशेष अदालतको उक्त निर्णयविरुद्ध अख्तियार सर्वोच्च गयो । अन्ततः विशेषको निर्णयलाई सर्वोच्चले उल्टाइदियो । हदम्यादका कारण आरोप खारेज हुने निर्णय बदर गरिदियो । सोही मुद्दामा आइतबार आएको फैसलामा जोशीसँगै प्रतिवादी बनाइएका ताराराज पाण्डे र बासुदेव पन्तलाई सफाइ दिएको उल्लेख छ । जोशी भने कैद भुक्तानीका लागि कारागार जानैपर्छ अवस्थामा छन् ।

Hardik health

 
यद्यपि, यसअघि जोशीलाई विशेष अदालतले दोषी ठहर गरे पनि उनी र अख्तियार दुवै पक्ष सर्वोच्च अदालत गएकाले फैसला कार्यान्वयन भएको थिएन । अब भने सर्वोच्चको पूर्णपाठ आएलगत्तै जोशीको फैसला कार्यान्वयनमा जाने भएको हो । यसअघि जयप्रकाशप्रसाद (जेपी)  गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर हुँदा उनी बहालवाला सञ्चारमन्त्रीसमेत थिए । फैसला भएकै दिन उनलाई प्रहरीले गाडीमा हालेर डिल्लीबजार कारागारमा पुर्‍याएको थियो । 

भ्रष्टाचार मुद्दामा कैद कट्टाको सुविधा हुँदैन । त्यसैले सर्वोच्चको फैसलानुसार पूर्वमन्त्री जोशी नौ महिना नै कैद बस्नुपर्ने हुन्छ । २०६० सालमा अख्तियारले तत्कालीन मन्त्री जोशीको अस्वाभाविक जीवनस्तरमाथि नै प्रश्न उठाएको थियो । आयोगले एकाएक अकुत सम्पति आर्जन गरेको जोशीको नाम सिफारिस गर्‍यो । हुन पनि जोशीले सार्वजनिक पदमा रहेकै बेला ललितपुरको जावलाखेलमा घर घडेरी किनेका थिए । 

त्यसबेला उनले भन्नचाहिँ आफ्नो घर भाडामा लगाएको, घडेरी भएको जग्गामा राम्रो खेतीपाती हुने गरेको, छोरी जागिरे भएको र उनको पैसा पनि आफूलाई पठाउने गरेको भन्दै भ्रष्टाचार मुद्दाबाट उम्किन खोजिरहेका थिए । उनले किताब लेखेको र त्यसबापत ३० लाख रुपैयाँ कमाएको दाबी गरेका थिए । जुन दाबीलाई सर्वोच्चले अस्वीकृत गरेको छ । ६ वैशाख २०६९ मा जोशीविरुद्ध त्यही मुद्दा दोस्रोपटक दर्ता भएको हो ।

अदालतले दोस्रोपटकको सुनुवाइमा जोशीलाई भ्रष्टाचारी ठहर गर्दै उनका नातेदारको नाममा रहेको सम्पत्तिसमेत जफत हुने आदेश गर्‍यो । त्यसबेला अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । विशेष अदालतले उनीमाथि डेढ वर्षको कैद सजाय हुने फैसला गरेको थियो । विशेषको फैसलाविरुद्ध जोशी र उनका नातेदारले फागुन २०६९ मा सर्वोच्चमा पुनरावेदन दिए । अख्तियार पनि उनलाई थप सजाय र विगो ठहर हुनुपर्ने भनी सर्वोच्च अदालत गयो । यो मुद्दा सर्वोच्च अदालतमा पुगेकै ११ वर्ष बितिसकेको थियो ।

भ्रष्टाचार नियन्त्रण ऐनको संशोधन विधेयक २०५९ सालमा पेस गर्ने पूर्वमन्त्री गोविन्दराज जोशी नै हुन् । उक्त विधेयकमा सार्वजनिक पदमा रहेकाहरूले अस्वाभाविक जीवनस्तर अपनाएको देखिएमा अख्तियारले छानबिन गर्नसक्ने प्रावधान थियो । सम्पत्तिको स्रोत खोल्न नसकेमा भ्रष्टाचार मुद्दा दायर हुने नै स्पष्ट व्यवस्था उल्लेख थियो । अन्ततः सोही प्रावधानमा टेकेर उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । 

त्यसअघि २०५८ सालमा सर्वोच्चका न्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा बनेको सम्पत्ति जाँचबुझ आयोग गठन भएको थियो । आयोगले सार्वजनिक पदमा बसिसकेका ३० जना नेता, छ जना प्रशासक र पूर्वप्रशासक अनि चार जना प्रहरीका उच्च अधिकारीहरूमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने भनी प्रतिवेदन दिएको थियो ।

लम्साल प्रतिवेदनअनुसार २५ वैशाख २०६० मा ती ४० जना व्यक्तिको सम्पत्ति छानबिनका लागि अख्तियारले अनुसन्धान अधिकृतहरू तोक्यो । जोशीलाई अनुसन्धान गर्ने जिम्मा प्रेमराज कार्कीले पाएका थिए । उनी विशेष अदालतको अध्यक्ष भएर सेवा निवृत्त भइसकेका छन् ।

 


प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ मंगलबार, साउन १९, २०८३
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन मंगलबार, साउन १९, २०८३
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार मंगलबार, साउन १९, २०८३
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता मंगलबार, साउन १९, २०८३
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP