Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युरोपतर्फ मोडिँदै नेपालीको रोजगार गन्तव्य 
युरोपतर्फ मोडिँदै नेपालीको रोजगार गन्तव्य 
बिहीबार, साउन १०, २०८१

पहिला–पहिला विदेशमा काम गर्न जाने भनेपछि मलेसिया, साउदी, कतारलगायतका खाडी मुलुक भन्ने थियो । अब ट्रेण्ड परिवर्तन भएको देखिन्छ, सुरक्षा र राम्रो पारिश्रमिक पाइने भएकाले युरोपेली मुलुकतर्फ नेपालीको आकर्षण बढेको छ । डण्डुराज घिमिरे ,महानिर्देशक, वैदेशिक रोजगार विभाग
 

काठमाडौं– झण्डै तीन दशकदेखि खाडी र मलेसियामा केन्द्रित नेपालीहरुको श्रम गन्तव्य विस्तारै युरोपेली मुलुकतर्फ मोडिन थालेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्ला वर्षहरुको तथ्यांकअनुसार श्रम स्वीकृति लिएर युरोपेली मुलुकमा जाने नेपाली श्रमिकहरुको संख्या बढ्दै गएको छ ।

युरोपेली मुलुकहरुलाई नेपाल सरकारले समेत नयाँ श्रम गन्तव्यको रुपमा हेरेको छ भने रोजगारीको खोजी गर्दै त्यसतर्फ जाने नेपाली श्रमिक बढ्नुले पनि युरोप वैकल्पिक श्रम गन्तव्य बन्दै गएको विभागको तथ्यांकले देखाएको छ । युरोपेली मुलुकमा संस्थागत (म्यानपावर) र व्यक्तिगत श्रम स्वीकृति लिएर जान सक्ने व्यवस्था छ । पछिल्लो समय युरोपबाट ठूलो संख्यामा श्रमिकको माग भए पनि मागपत्र प्रमाणीकरण हुन नसक्दा म्यानपावरमार्फत नेपाली श्रमिक पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ । 

यद्यपि युरोपका विभिन्न मुलुकमा संस्थागत र व्यक्तिगत गरी ठूलै संख्यामा नेपालीहरु श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेको विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८÷७९ मा २५ हजार ५०० नेपाली श्रमिक युरोपका विभिन्न मुलुकमा गएका थिए । यो संख्या बढेर आर्थिक वर्ष २०७९÷८० मा ४५ हजार ३०० जना पुगे । यस्तै पछिल्लो आर्थिक वर्ष २०८०÷८१ मा श्रम स्वीकृति लिएर युरोपेली मुलुक जाने नेपालीको संख्या ५६ हजार ६५० पुगेको छ । यसरी हेर्दा तीन वर्षमा एक लाख २७ हजार ४५० जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा पुगेका छन् । 

Hardik health

विभागको तथ्यांकअनुसार युरोपेली मुलुक रोमानिया, क्रोएसिया, साइप्रस, माल्टा, पोल्याण्ड र बलायतमा सबैभन्दा बढी नेपाली श्रमिक पुगेका छन् । तीन वर्षको अवधिमा रोमानियमा ३६ हजार ७२१ जना क्रोएसियामा २८ हजार १४९, साइप्रसमा १६ हजार ४४८ जना र माल्टामा ११ हजार १६८ जना, पोल्याण्डमा आठ हजार ९३६ र बेलायतमा सात हजार ६२२ जना नेपाली रोजगारीका लागि गएका छन् । यसबाहेक युरोपका अन्य मुलुक पोर्चुगल, फ्रान्स, जर्मनी, डेनमार्कलगायतका देशमा पनि थुप्रै नेपाली रोजगारीका लागि गएको विभागको तथ्यांकले देखाउँछ । 

कोरोना महामारीपछि युरोपमा श्रम स्वीकृति लिएर जाने नेपालीहरुको संख्या बढ्दै गएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । ‘पहिला–पहिला विदेशमा काम गर्न जाने भनेपछि मलेसिया, साउदी, कतारलगायतका खाडी मुलुक भन्ने थियो,’ उनले भने, ‘अब ट्रेण्ड परिवर्तन भएको देखिन्छ, सुरक्षा र राम्रो पारिश्रमिक पाइने भएकाले युरोपेली मुलुकप्रति नेपालीको आकर्षण बढेको छ ।’

मलेसिया र खाडीको तुलनामा युरोपलाई श्रम गन्तव्य बनाउन सके ठूलो संख्यामा नेपालीले लाभ लिन सक्ने घिमिरेको भनाइ छ । युरोपलाई वैकल्पिक श्रम गन्तव्य बनाउने सम्बन्धमा पनि सरकारले काम गरिरहेको उनले बताए । युरोपेली मुलुकमा प्राप्त रोजगारीको अवसर गुम्न नदिन गत वर्षमात्रै रोमानिया र जर्मनीसँग सरकारले श्रम समझदारी गरेको महानिर्देशक घिमिरेले बताए । पोर्चुगल, पोल्याण्ड र माल्टासँग पनि निकट भविष्यमै थप समझदारी हुने उनले बताए ।

दशकौंदेखि नेपालीहरुको श्रम गन्तव्य रहेको मलेसिया र खाडी मुलुकहरुको विकल्पमा युरोपेली बजार उदाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘लामो समयसम्म मलेसिया र खाडी मुलुकले धानेको नेपाललीहरुको श्रम बजार अब युरोपतिर सर्दै गएको छ,’ उनले भने, ‘युरोपमा आप्रवासी श्रमिकहरुको माग बढ्दै गइरहेको छ, आम्दानी र श्रमिकको अधिकार सुनिश्चित भएकाले नेपालीहरुको रोजाइमा युरोप परेकोे छ ।’ 

युरोपमा श्रममैत्री कानुन भएकाले मलेसिया र खाडी मुलुकको तुलनामा युरोपेली देशमा श्रमको प्रकृति सहज र कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुने भण्डारीको भनाइ छ । उनका अनुसार युरोप जाने नेपाली श्रमिकले मासिक रुपमा न्यूनतम ८० हजार रुपैयाँ पारिश्रमिक पाउने छन् । श्रमिकको दक्षता, सीप र अनुभवका आधारमा पारिश्रमिक मासिक रुपमा दुई लाख बढी हुने उनले बताए ।

अहिले पनि युरोपको रोजगारीका लागि आएको ५० हजारभन्दा बढी श्रमिकको माग मागपत्र प्रमाणीकरण हुन नसक्दा पेण्डिङमा रहेको भण्डारीले जानकारी दिए । युरोपेली मुलुकहरुबाट कृषि, उद्योग, होटल, हस्पिटालिटी र निर्माण क्षेत्रमा श्रमिकहरुको माग हुने गरेको उनले बताए । ‘समयमै मागपत्र प्रमाणीकरण नहुँदा युरोपको आकर्षक रोजगारी गुम्ने अवस्थामा पुगेको छ,’ उनले भने । 
  


 


प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP