Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
विचार
  • Home
  • विचार
  • हरामी बागमती !
हरामी बागमती !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, साउन १, २०८१

गुहार गुहार ? अलि काँपेको स्वरमा चिच्याएको आवाज आउँछ । ठूलै विपद्मा परेको भान हुन्छ । लौन के गर्ने बढेको बढ्यै छ । सुन्तली भाउजु हारगुहार गरिरहेकी छन् । सुन्तली भाउजुले गुहार मागिरहँदा यताउता दायाबायाँ सबैतिर कोलाहल सुनिन्छ । कोही चिच्याउँदै छन् । कोही साहारा मागिरहेका छन् । तर न सुन्ने कोही छ न साहारा दिने । 

दले काकाको बिछ्यौनासम्म पानी पुगिसकेको छ । ४६ सालको आन्दोलनमा थापाथलीमा जुलुसमा जाँदा बाँसबारी छाला जुत्ता कारखानामा बनेको छालाको बुट अनि नर्कट–कटवासको लाठी खाका कारण दलेकाका अहिले ओछ्यानमै परेका छन् । पुलिसले ठटाएकै कारण लामो समय उपचार गर्न डाँडा खेत बेचे, लामपाटो बेचे तर निको भएनन् ।
दलेकाकाको शरीर दिनप्रतिदिन कमजोर बन्दै गयो । उनले गरेको आन्दोलनकै कारण धेरै साथीहरु देश हाँक्ने ठाउँमा पुगे । सत्ता समीकरणमा रमाउने थाले । तर दलेकाका भएभरको जायजेथा बेचेर उपचार नभएपछि धेरै समय त्यही बबरमहलको पुल छेउ प्लास्टिकको छाप्रो राखेर वीर अस्पताल आउजाउ गर्न थाले ।

वीर अस्पताल र बबरमहल आउजाउ गर्न पनि उनलाई बिस्तारै कठिन हुन थाल्यो । प्रजातन्त्र आएपछि त धेरै सुख होला, जनजीविका सहज होला, काम पाइएला सामन्तवादबाट समाजवादको मुहार देखिएला भन्ने आशामा आन्दोलनमा होमिएका दलेकाकालाई त्यही बबरमहलको छाप्रोबाट पनि लखेटियो । अनि खच्याङ–खच्याङ गर्दै सुन्तली भाउजूको देब्रे हात समातेर प्लास्टिक टाँगेको बाँसका कप्टेर बोकेर दोभान छेउ बसाइँ सरे ।

उनीसँग राजनीतिमा होमिएकाहरु त्यही बाटो भएर सिंहदरबार छिर्थे र जनतामाथि शासन गर्ने नियम बनाउँथे । गरिबका नाममा योजना बनाउँथे अनि विदेश सयर गर्थे । अनि आफूलाई निकै नै रुपान्तरण गरिसकेका थिए । तर दलेकाकाहरुको जीवन केवल ‘भोट बैंक’ बाट कहिल्यै पनि रुपान्तरण हुन सकेन ।

Nada Auto Show 2026
Hardik health

वर्षको हिसाबले ३३ वर्ष कट्यो, तर दलेकाकाको जीवनमा कहिल्यै परिवर्तन आएन । पटक–पटक बाढी आयो तर उनको जीवनमा खुसी आएन । दर्जनौं नेता छान्न मत हाले तर मतको कदर भएन । सामाजिक रुपान्तरण गरेर सामन्त प्रथाको अन्त्य हुनुपर्छ भनेर संघर्ष गरेका उनी अहिले आधुनिक सामन्तबाट शोषित भएका छन् । घरबार राम्रै भएका दलेकाका घरबारविहीन बनेका छन् । हुकुमेहरुलाई तह लगाउने भन्दै ‘मुर्दावाद’ घन्काएका उनी ‘सुकुम्वासी जिन्दावाद’ मा कठिन जीवन काटिरहेका छन् ।

हिजो मुर्दावादमा रमाएका दलेकाका सकिनसकी जिन्दावाद भन्दा भन्दै आफ्नै शरीरलाई धान्न नसकेर बैगुनी छालाको बुट स्मरण गर्दै रुपान्तरण भएका साँइदुवाहरु सम्झेर पिलपिल आँखाबाट आँसु चुहाइरहेका छन् । वर्षौंदेखि ओछ्यान लागेका उनको छाप्रोभित्र रोएको आकाशले बागमतीका आँसु पछारिदिएको छ ।धेरै वर्षपछि दलेदाइको छाप्रोमा बागमती आफैं भेट्न पुगेको छ । बागमतीविरुद्ध सुन्तली भाउजू नारा जुलुस गर्दै साहारा खोजिरहिन् । तर साहारा किन पाइन्थ्यो ! बागमतीले छाप्रोलाई चुर्लुम्म पारेको छ । दलेकाका लम्पसार परेर काठेघाटमा पल्टिएर उठ्न सकेका छैनन् । तर बागमती दलेकाकालाई अंकमाल गर्न खोजिरहेको छ ।

सुन्तली आफ्ना आधा संसारलाई बागमतीले अंकमाल गर्न खोजेपछि चिच्याउनेबाहेक विकल्प केही देखिरहेकी छैनन् । बागमती अझै माथिमाथि हुँदै गइरहेको छ । कति हरामी होला ? ३३ वर्षदेखि हिमचिम भएको दलेकाकालाई चिन्न नसकेको बागमतीले । हुन न बागमतीले पनि किन छाड्थ्यो र ! दलेकाकाले ऊ माथि पनि त थिचिमिचो गरे भन्ने दुखेको छ । दुवै विचरा ! दलेकाका भएर पनि सिद्धिएका बागमती सिद्धिएर पनि बेलाबेलामा उग्ररुपमा निस्किएका । कसले कसलाई थिचोमिचो गरेको हो भन्ने खुट्याउन नै गाह्रो भएको छ । दलेकाका बाध्यताले बागमतीमाथि जागेका थिए । कुनै उपाय पनि थिएन । बागमतीमा राजनीति गर्नेहरुले दलेकाकाहरुको रुपान्तरण खोज्दै खोजेनन् । बरु दलेकाकाहरुलाई दलदलमै फसाइरहे ।

दलेकाका बाध्यतामा त्यही बागमतीमा कुक्रिए । तर यो वा त्यो नाममा बागमतीमा आँखा गाड्नेहरु क्रमशः भित्रिँदै गए । सुकुम्वासीका नाममा ती लोभी आँखाहरुले दलेकाकाहरुमाथि धावा बोल्दै गए । संघर्षमा उदाएका दलेकाकाहरुलाई दलदलमा फसाएर पटक–पटक आफ्नो स्वार्थअनुकूल प्रयोग गर्नेहरु सक्रिय भए ।पटक–पटक नेता फेरिए, नेतृत्व फेरिए । शासक फेरिए तर बागमतीको राजनीति फेरिएन । शासनसत्ता नै फेर्न सफल भएका दलेकाकाहरुको अनुहारमा बागमतीले केही नै फेर्न दिएनन् । कति हरामी बागमती ! आफूसँगै वर्षौं बिताएका दलेकाकाहरुलाई पानी र हिलोको दलदलमा फसाउने प्रयत्न पटक–पटक गरिरह्यो ।

जब बागमती उग्र रुप लिन थाल्छ तव सत्तामा बस्ने शासकहरुले आफ्नो सामन्ती रुप देखाइदिन्छ । एकले अर्कोलाई आरोप लगाउने ! कोही क्या वात् भन्दै, धाप मार्दै सामन्त बन्न उक्साइरहने ! अहिले बागमती निकै रिसाएको छ क्यार दलेकाकाहरुलाई चुर्लुम्म डुबाएको छ । निमुखाको मुखमा घोचो भनेजस्तै भएको छ । गरिबको बोल्दिने को छ र ? सुन्तली काकीहरुको आँसुमा देश द्रोह ! 

सत्ताका लागि लड्नेहरु दलेकाका नाममा फेरि लडेजस्तो मात्र गरिरहेका छन् । सामाजिक रुपान्तरण र त्यही सत्ता परिवर्तनका लागि लडेका दलेकाका ओछ्यान परिरहेका छन् । बागमतीले राम्रैसँग ढाड चिस्याइदिएको छ । तर दुई–चार दिन कठैबरा ! भन्दै आफ्नो अभिष्ट पूरा गर्नेबाहेक साँच्चिकै दलेकाका जस्तै गरिबको बोलिदिने को छ र ?बागमती तँ त बुझ्छस् नि ? तैँमाथि राजनीति गर्नेहरुलाई तँ चिन्छस् नि ? त्यसो भए ती उठ्नै नसक्नेगरी जिउँदो लासजस्तै लम्पसार परिरहेका दलेकाकालाई किन डुबाउँछस् ? किन तिनका छाप्रा बगाउने चेष्टा गर्छस् !

बागमती, तँ मा माया छ,  सद्भाव छ भने धर्मको पनि ख्याल गर । दलदल फसेका दलेकाकाहरुको बस्तीमा हैन, दलदलमा फसाउनेहरुलाई बगा । यदि सक्दैनस् भने तँ र दलेकाकाहरुलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न बागमतीमा राजनीति गर्नेमा के फरक भयो र ? हैन र ?
 


प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा उद्यमशीलताको नयाँ बाटो
युवा उद्यमशीलताको नयाँ बाटो बुधबार, भदौ ३, २०८३
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद  मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP