Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • मानव बेचविखनको नयाँ रुप :चिनियाँको बेहुली बनाएर वेश्यावृत्तिमा !
मानव बेचविखनको नयाँ रुप :चिनियाँको बेहुली बनाएर वेश्यावृत्तिमा !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, असार ६, २०८१

 

  • पाँच वर्षमा ग्रिनकार्ड मिल्ने र केटा धनी भएको भन्दै चिनियाँ नागरिकसँग अदालती विवाह गराएर चीनमा पुर्‍याइँदै
  • चीनमा लगेर केही दिन राम्रो व्यवहार, त्यसपछि वेश्यावृत्तिमा 
  • लमी पक्राउ, चिनियाँ नागरिक पक्राउ पर्न बाँकी


काठमाडौं– चरम गरिबीका कारण ‘बबरमहल २८८’ले कक्षा १२ पास गरेपछि थप पढ्न पाइनन् । पढ्ने चाहना हुँदाहुँदै पढाइलाई बिट मारिन् । पढाइ टुंग्याए पनि बाँच्न त फेरि केही गर्नैपर्‍यो । यत्तिकैमा काठमाडौंको ठमेलस्थित एक क्याफेमा किचन सहायकको रूपमा उनले काम पाइन् । कमाइ ठिकै थियो । ठिकठाक दिनचार्य बित्दै थियो । प्रसंग २०७९ को चैततिरको हो । घरचाहिँ उनको नुवाकोट हो ।

उनको गाउँकै दिदी नाताकी हुन्, मनमाया घले । मनमायासँग उनको घरिघरि भेटघाट हुन्थ्यो । काम पर्दा फोनमा कुराकानी हुन्थ्यो । मनमायाले चिनियाँ नागरिकसँग बिहे विवाह गरेका हुन् । कतारमा गएका श्रीमान्सँग सम्पर्क विच्छेद भएपछि उनले महामारीको रुपमा कोभिड फैलिनुअघि चिनियाँ नागरिकसँग बिहे गरेकी हुन् । एक जना छोरी पनि चिनियाँ नागरिकपट्टी छ ।

उनै मनमायाले २०७९ को चैत पहिलो साता ‘बबरमहल २८८’ लाई फोन गरिन् र भनिन्, ‘केटा चाइनिज हो । बिहे गर्नु ल । केटा राम्रो छ । हाम्रो गाउँको धेरैले चाइनिजसँग विवाह गरिसके ।’ मनमायाको प्रस्तावलाई सुरुमा ‘बबरमहल २८८’ले अस्वीकारिन् । अझै पढेपछि जागिर खाएरमात्रै बिहे गर्ने भनिन् । उनले भनिनसक्दै मनमायाले भनिन्, ‘बिहे गरेर गएको पाँँच वर्षभित्र त ग्रिनकार्ड मिल्छ, केटा राम्रो धनी पनि छ, नेपाल आउने जाने गर्न मिल्छ ।’

Hardik health

केटा धनी भएको र नेपाल आउन जान मिल्छ भन्ने मनमायाको कुराले उनी प्रलोभित भइन् । कारण, उनी गरिब परिवारकी हुन् । तर, पनि बिहे गर्न उनी अनीर्णित रहिन् । मनमायाले एकपटक केटा हेर्नु, चित्त बुझेमात्र कुरा अगाडि बढाउँला भनिन् । त्यसका लागि ठमेलको नर्सिङचोकमा रहेको एक होटलमा बोलाइन् । उनी गइन् । त्यहाँ चिनियाँ नागरिक क्विङ ताई आएका रहेछन् । जुन बिहे गरेर लाने चिनियाँ नागरिक भने होइनन् । प्रहरी अनुसन्धानको क्रममा खुलेअनुसार उनी नेपाली युवतीहरूलाई चिनियाँ नागरिकसँग विवाह गराएजस्तो गरेर चीन पठाउँदै वेश्यावृत्तिमा लगाउने आपराधिक कृत्यको एजेन्ट हुन् ।

त्यसबेला ‘बबरमहल २८८’ लाई ताईबारे थाहै भएन । उनै एजेन्ट भन्ने खुलेका ताईले बिहे गर्ने भन्ने चिनियाँ नागरिक मिङ झोङक्वीलाई भोलि बोलाउने भने । त्यही दिन भने उनको आमालाई चाहिँ बोलाए । आमाले ‘बबरमहल २८८’ को फोटो मोबाइलले खिचेर गइन् । भोलिपल्ट आफ्नो छोराले मन पराएको भन्दै मनमायालाई खबर पठाइन् । मनमायाले ‘बबरमहल २८८’ लाई सोही खबर सुनाइन् । त्यसपछि ताईको नर्सिङचोक नजिकै रहेको एक कोठामा भेटघाट भयो । त्यसक्रममा ‘बबरमहल २८८’लाई बिहे गर्ने भन्ने चिनियाँ नागरिक मनपर्‍यो । अनि, मनमायाले बिहे दर्ता अदालतमा गर्नुपर्ने सुझाइन् । सोहीअनुसार काठमाडौं जिल्ला अदालतमा उनीहरूको विवाह दर्ता १३ चैत २०७९ मा भयो ।

नयाँ वर्ष अर्थात् १ वैशाख २०८० मा भने मनमाया घले, ‘बबरमहल २८८’ र मिङ झोङक्वी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चीनको हेबाई प्रान्तको सियांदु जिल्लाको सियाङताई सहर पुगे । जहाँ मिङ झोङक्वीको घर हो । त्यहाँ पुगेपछि मनमायाले ‘बबरमहल २८८’लाई छाडिन् र अर्कै सहर गइन् । यता घरमा १०÷१२ दिनसम्म ठिकै थियो । अनि, मिङ झोङक्वीको व्यवहारमा परिवर्तन आयो । यतिसम्मकी, यता नेपालको नुवाकोटस्थित घरमा रहेका बुबाआमा र दाजुभाइसँग बोल्न दिन छाडे । घरबाहिर जाँदा ढोका थुनेर हिँड्न थाले । पीडित ‘बबरमहल २८८’ का अनुसार उनलाई खानसमेत नदिने, मोबाइल खोस्ने, लामो समय उत्तेजित औषधि सेवन गरेर चिमोट्दै, घाँटी पनि न्याक्दै दिनमा पाँच÷छ पटक यौन सम्पर्क गर्न थाले । घरका अन्य सदस्यले पनि माया गरेनन् । केही दिनपछि त आफूलाई घर नजिकैको सानो झुपडीमा राखे । ‘बबरमहल २८८’ भन्छिन्, ‘त्यहाँ पुरुषहरूसँग पैसा लिई वेश्यावृतिको काममा लगाए । त्यसबेला मैले इन्कार गर्दा जे भन्छु त्यही गर, नत्र यतै मारेर फालिदिन्छु भन्दै धम्क्याए । मलाई दिनको ८÷१० जना केटासँग जबर्जस्ती यौन सम्पर्क राख्न लगाए । जीवनदेखि हार खाएर आत्महत्या गर्ने सोच बनाएँ । ब्लेडले बायाँ हात काटेँ । नेपाल पठाइदिनु भनेँ । तर, मनमाया घलेसँगै लाखमा खरिद गरेको हो, मैले जे भन्छु, तैँले मान्नुपर्छ भन्दै उल्टै यातना दिए ।’

‘बबरमहल २८८’ को फुपूकी छोरी राधिका तामाङ हुन् । उनको साथी सरिता तामाङ चीनमै थिइन् । एकदिन विशेषले मिङ झोङक्वी घरबाहिर गए । त्यही मौकामा सरितालाई फोन गरिन् र आफू पनि चीनमा रहेको तर दैनिक यातना दिँदै जबर्जस्ती वेश्यावृत्तिमा लगाएकोले उद्धार गरी नेपाल फिर्ता गरिदिन अनुरोध गरिन् ।सरिताले चीनस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली दूतावासमा समन्वय गरी ‘बबरमहल २८८’ बस्ने घरमा प्रहरी पठाउन लगाए र अन्ततः उनको १ असार २०८० मा उद्धार भयो । करिब दुई महिनाको नरकीय जीवनबाट उनले मूक्ति पाइन् । गाउँले दिदी नै आपराधिक गिरोह बनिन् । त्यही भएर त गरिबीले पिल्सिएकी ‘बबरमहल २८८’लाई पाँच लाखमा बिक्री गरिन् । 

यसपछि पीडितले किशोरीले उद्धार भएर नेपाल आएकै दिन मनमाया घले, क्विङ ताई र मिङ झोङक्वीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्मको कारबाही गरी क्षतिपूर्तिसमेत माग गर्दै मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा जाहेरी दिइन् ।सोही जाहेरीका आाधरमा ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेका मनमायाविरुद्ध मानव बेचविखन तथा ओसारपसारविरुद्धको कसुर गरेको भन्दै अधिकतम २० वर्ष कैद र दुई लाख रुपैयाँ सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दायर भएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ आइतबार, साउन ३१, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
चक्कु प्रहारबाट मजदुरको मृत्यु
चक्कु प्रहारबाट मजदुरको मृत्यु बुधबार, साउन २७, २०८३
चार व्यक्ति पक्राउ
चार व्यक्ति पक्राउ मंगलबार, साउन २६, २०८३
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ सोमबार, साउन २५, २०८३
भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ शुक्रबार, साउन २२, २०८३
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP