Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोमा र जेलमा रहेकाको तथ्यांक संकलन निर्देशनमै सीमित 
कोमा र जेलमा रहेकाको तथ्यांक संकलन निर्देशनमै सीमित 
बुधबार, असार ५, २०८१

काठमाडौं– रोजगारीको क्रममा विदेश पुगेर विभिन्न परिस्थितिका कारण गम्भीर बिरामी भई अस्पतालको कोमामा पुगेका र जेलमा परेका नेपालीहरुको तथ्यांक संकलन कार्य निर्देशनमै सीमित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै विदेशी अस्पतालको कोमामा र जेलमा रहेका नेपालीहरुको यकीन विवरण संकलन गर्न वैदेशिक रोजगार बोर्डलाई दिएको निर्देशन दिएका थिए । 

मन्त्री अर्यालले निर्देशन दिए पनि बोर्डले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएको छैन । न तथ्यांक संकलनका लागि सम्बन्धित मुलुकका नेपाली नियोगहरुसँग कुनै समन्वय नै गरेको छ । नियमितरुपमा बोर्डमा निवेदन लिएर जाने र विदेशस्थित नेपाली नियोगहरुबाट आएका जानकारीलाई रेकर्डमा राख्नेबाहेक अन्य थप गतिविधि सञ्चालन नगरेको बोर्ड आफैंले स्वीकार गरेको छ । 

श्रम स्वीकृति लिएर कानुनीरुपमा गएका नेपालीहरु बिरामी परेर कोमामा पुगेको रेकर्ड छ, तर विभिन्न कारणले गैरकानुनीरुपमा कतार, साउदी, कुवेत, ओमानलगायतका देशमा रहेका उनीहरु गम्भीर बिरामी पर्ने, जेल पर्ने अलपत्र हुने अवस्थामा बोर्डसँग कुनै तथ्यांक हुँदैन । 
टीकाराम ढकाल
प्रवक्ता, वैदेशिक रोजगार बोर्ड

 

Hardik health

यद्यपि बोर्डले गर्ने नियमित कामहरु गरिरहेको र प्रक्रियागतरुपमा आएका निवेदनमाथि आवश्यक उद्धार तथा क्षतिपूर्ति दिने काम भइरहेको बोर्डका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए । ‘नियमित गर्ने कामहरु गरिरहेकै छौं, जानकारी आएसम्मका कुरालाई रेकर्डमा राख्ने हो,’ उनले भने, ‘बोर्ड आफैं प्रोएक्टिभ भएर खोजी गर्दै हिँड्दैन, सम्बन्धित व्यक्तिका आफन्तले निवेदन लिएर आउने र गन्तव्य मुलुक हेर्ने दूतावासले दिएको जानकारी नै हाम्रो तथ्यांक संकलनको आधार हो ।’ 

मन्त्री अर्यालले दिएको निर्देशनका सन्दर्भमा भने केही तथ्यांक आएको र मन्त्रालयमा यसअघि नै बुझाइसकिएको निर्देशक ढकालको भनाइ छ । त्यो निर्देशनको सवालमा पहिल्यै तथ्यांक संकलन गरी बुझाइएको बताए पनि के कति संख्यामा विवरण संकलन भयो उनले खुलाउन सकेनन् । पछिल्लो समय त्यस्तो तथ्यांक संकलनका लागि बोर्डबाट कुनै प्रक्रिया नबढाइएको ढकालले स्वीकार गरे । 

‘श्रम स्वीकृति लिएर कानुनी रुपमा गएका नेपालीहरु बिरामी परेर कोमामा पुगेको रेकर्ड छ, तर विभिन्न कारणले गैरकानुनी (अनडकुमेन्टेड) रुपमा कतार, साउदी, कुवेत, ओमानलगायतका देशमा रहेका उनीहरु गम्भीर बिरामी पर्ने, जेल पर्ने अलपत्र हुने अवस्थामा बोर्डसँग कुनै तथ्यांक हुँदैन,’ उनले भने ।

विदेशी अस्पतालहरुमा कोमामा रहेका नेपालीहरुलाई स्वदेशमै फर्काएर उपचार गर्ने प्रवन्ध मिलाउन र जेलमा रहेकाहरुलाई आवश्यक कानुनी सहायता प्रदान गरी उनीहरुको उद्धार गर्ने कार्यका लागि मन्त्री अर्याल संवेदनशील रहेकाले यकीन तथ्यांक संकलनको लागि बोर्डलाई आवश्यक निर्देशन दिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए । अहिलेसम्म बोर्डबाट त्यस्तो कुनै तथ्यांक नआएको रिजालले जानकारी दिए । ‘उहाँहरु (बोर्डका कर्मचारीहरु) तथ्यांक संकलनका लागि आवश्यक कार्य गर्दै हुनुहुन्छ होला,’ प्रवक्ता रिजालले भने, ‘तर तथ्यांक संकलन भएको र मन्त्रालयमा आइसकेको कुरा मेरो जानकारीमा छैन ।’  

प्रधानमन्त्री पुष्पकमल दाहलको अध्यक्षतामा गन्तव्य मुलुक हेर्ने राजदूतसहितको उच्चस्तरीय बैठकले गरेको विदेशी अस्पतालका कोमामा रहेका बिरामीहरुलाई नेपाल फर्काएर उपचार गर्ने र जेलमा रहेकाहरुलाई कानुनी सहायता प्रदान गर्नेसम्बन्धमा तथ्यांक संकलन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयनमा लैजाने भन्दै मन्त्री अर्यालले यकीन तथ्यांक संकलनका लागि बोर्डलाई निर्देशन दिएका थिए । हाल विदेशका विभिन्न अस्पतालमा गम्भीर बिरामी परेर कोमामा पुगेका र विभिन्न कारणले जेलमा परेका नेपालीहरुको यकीन विवरण नहुँदा उद्धार तथा उपचारका लागि कठिनाइ भइरहेको प्रवक्ता रिजालले बताए ।
 


प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, माघ २२, २०८२
व्यवसायी उत्साहित, विज्ञको विरोध
व्यवसायी उत्साहित, विज्ञको विरोध बिहीबार, माघ २२, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP