Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालगन्ज मेडिकल कलेजको फोहर ब्यवस्थापन
नेपालगन्ज मेडिकल कलेजको फोहर ब्यवस्थापन
admin123
admin123 बिहीबार, कात्तिक ३०, २०७४
20915390_10210057463974996_4361103721128759352_n
Hardik health
नेपालगन्ज मेडिकल कलेजको वी.पी. चोक स्थित शिक्षण अस्पतालको उत्तरी गेट अघिल्तिर सवारी पार्किङ्गमा जथाभाबी रुपमा थुपारिएको फोहर ब्यवस्थापन भएको छ । अस्पतालको पार्किङ्ग स्थलमा बर्षाैं देखि जथाभावी थुपारिदै आएको ‘अस्पताल जन्य फोहरबाट दुर्गन्ध फैली आसपासका नागरिकहरुको स्वास्थ्यमा गम्भिर असर पु¥याएको भनि नागरिक समाजबाट व्यापक आलोचना भएपछि अस्पताल फोहोर ब्यवस्थापन गर्न बाध्य भएको हो । नेपालगन्ज मेडिकल कलेजले सर्बसाधारण नागरिकहरुको स्वास्थ्यको ख्याल नै नगरि बर्षौदेखि अस्तब्यस्त रुपमा सार्वजनिक रुपमा थुपार्दै आएको चिकित्साजन्य फोहोरले दुर्गन्ध फैलाएको भन्दै स्थानीयहरुले पटक पटक आवाज उठाउँदै आए पनि अस्पताल प्रशासनले सुने नसुनेझैँ गर्दै आएको थियो । जथाभाबि रुपमा थुपार्दै आएको फोहोरको कारण आसपासको क्षेत्र पुरै दुर्गन्धित हुने अवस्था आएपछि फोहोर ब्यवस्थापनको माग राख्दै वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र (इन्प्रोक) बाँकेका अध्यक्ष तेजविक्रम शाह नेतृत्वको टोलीले भाद्र २ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको थियो । अध्यक्ष शाहले भने —अस्पतालहरुले न्यूनत्तम मापदण्ड पनि पूरा गरेको छैनन् । मानव अंग र रगतजन्य फोहर फ्याँक्न बनाइएका पिटहरु पनि व्यवस्थित नहुँदा अस्पताल वरपर दुर्गन्ध फैलिने गरेको छ । अस्पतालको फोहरबाट दुर्गन्ध फैलिएपछि गुनासो गर्दा अस्पताल संचालकबाट उल्टै दूव्र्यवहार सहनुपरेको शाहको भनाई छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमा ईन्प्रोकको नेतृत्वमा ज्ञापन पत्र बुझाएपछि प्रशासनले अध्ययन शुरु गरेको थियो । ज्ञापन पत्र पछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला जनस्वास्थ्य कार्यालय र नेपालगन्ज उपमहानगरपालिका, इन्प्रोकका प्रतिनिधि रहेकोे टोलिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अस्पतालले फोहर उचित ढंगले संकलन र व्यवस्थापन नगरेको पाईएको थियो । अनुगमन टोलिले स्थलगत अनुगमन गरि प्रतिवेदन तयार गरेको थियो । अनुगमन प्रतिवेदनमा संकलित फोहर व्यवस्थित तरीकाले नराखेको, हानिकारक संक्रमणयुक्त ब्यान्डेज, कपास, गज, सिसा र सुई अन्य फोहरबाट नछुट्याइएको उल्लेख छ । अस्पतालजन्य फोहर निर्मलीकरण नगरेरै बिर्सजन गर्नु जोखिमपूर्ण मानिन्छ । तर, मेडिकल कलेजले निर्मलिकृत नगरेरै फोहर फ्याँक्ने गरेको भन्दै अनुगमन टोलीले कारबाहीका लागि सम्बद्ध निकायलाई सिफारिस समेत गरेको थियो । त्यस्तै, फोहर खुल्ला राखिएकाले नजिकको बस्तीमा दुर्गन्ध फैलिएको उल्लेख गर्दै अस्पतालजन्य फोहर व्यवस्थापन निर्देशिका पालना गर्न अस्पताललाई सुझाब दिईएको थियो । अनुगमन टोलीले पेश गरेको प्रतिवेदनको आधारमा जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगरपालिकालाई पत्राचार गरि सो समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको थियो । जिल्ला प्रशासन कार्यालयको पत्रको आधारमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा भाद्र १५ गते सर्बपक्षिय बैठक बसि नेपालगन्ज मेडिकल कलेजको फोहोर ब्यस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात अस्पतालले फोहोर उठाएको छ । सर्बपक्षिय बैठकले बैठक बसेकै मिति देखी फोहर फाल्दै गरेको ठाउँमा फोहर नफाल्न, साल नाल र मानब अङ्ग फाल्ने कुवा (पिट) को Air Tight गर्ने र उक्त कुवा ३ महिना भित्र अन्यत्रै बनाएर अहिले को ठाउँमा भएका कुवालाई स्थानन्तरण गर्ने लगाएतका निर्णय गरि अस्पताल प्रशासनलाई निर्देशन दिएको थियो । अस्पतालको फोहोर ब्यवस्थापनका लागि छुट्टै डम्पिङ साईटको आवश्यक्ता भए पनि अस्पतालको डम्पिङ्ग साईड छैन । उपमहानगरपालिकाले डम्पिङ साईड उपलब्ध नगराउँदासम्म अस्पताल आफैले मापदण्ड अनुरुप १५ दिन भित्र फोहर व्यवस्थापन गर्ने अस्पतालले प्रतिबद्धत ब्यक्त गरेकोछ । फोहर व्यवस्थापन निर्देशिका अनुसार, अस्पतालमा फोहर जलाउने इन्सिनेरेटर चिम्नी हुनुपर्छ । तर, नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल मात्र हैन, यहाँका नाम चलेका अधिकाँश अस्पतालसंग समेत चिम्नी छैन । सामाजिक अभियन्ता ईन्प्रोक बाँकेका अध्यक्ष तेज बिक्रम शाहको प्रयासमा थालिएको अभियानले अन्ततः सफलता पाएको छ । अस्पतालले थुपारेको फोहोर उठाएपनि त्यो फोहोर कुन ठाउँमा र कसरी ब्यवस्थापन गरेको छ त्यो महत्वपुण कुरा भएको अभियन्ता शाहले बताए । अरु फोहोर र अस्पतालजन्य फोहोरमा फरक भएकाले अरु फोहोरसंगै मिसाएर फाल्न नहुने र फोहोर ब्यवस्थापनमा बिशेष ध्यान दिनुपर्ने शाहको जोड छ । शाहले यस अघि पनि नेपालगन्जमा रहेको बिषादीको बिरुद्धमा अभियान थालेको थिए । त्यतिबेला पनि शाहको अभियान पुर्ण रुपमा सफल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना बिहीबार, पुस १०, २०८२
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम बिहीबार, पुस १०, २०८२
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP