Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि
राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि
रामहरि खतिवडा
रामहरि खतिवडा सोमबार, भदौ ४, २०८०

 

काठमाडौं - नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरि राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुन्। स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उनको गत वर्ष आजकै दिन निधन भएको थियो ।

अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उनको निधनले नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डो¥याउनका लागि गरिने खबरदारी गर्ने व्यक्तिको अभाव भएको छ ।

उनमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको स्मरण भइरहेको छ । बौद्धिकताको हिसाबले मात्र नभई उनको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो । नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो । यी चारवटै भाषामा उत्तिकै रुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्न सक्ने उनको अचम्मको क्षमता थियो ।

उनीसँग २०४२ सालमा मेरो पहिलो भेट कुपण्डोलस्थित कृष्णप्रसाद भट्टराईको निवासमा भएको थियो । किसुनजीसँगै रहेको मलाई औंल्याउँदै उनले सोध्नुभयो, तिम्रो घर कहाँ हो ? मैले ओखलढुङ्गा भएको बताएँ । उनले ओखलढुङ्गाका बलबहादुर राईलगायत थुप्रै नेताहरुको नाम भने। नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको योगदानको चर्चा गर्नुहुँदा मलाई गर्वले छाती फुलेजस्तो भयो ।

Hardik health

त्यसपछि उनसँग म नजिक हुन थालेँ । प्रष्ट वक्ता र सरल शब्दचयन उनका विशेषता थिए । बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर उनले काम गरे थियो । चित्त नबुझेका कुरामा उनले बिपी–गणेशमानसँग पनि फरक मत राख्थे । उनको जीवनको लामो समय राजनीतिमै बित्यो । यद्यपि राजनीति भने उनको तेस्रो प्राथमिकतामा थियो ।

उनको पहिलो प्राथमिकता साहित्य हो भने दोस्रो प्राथमिकता अध्यात्म हो । उनलाई राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा आफू राजनीतिबाट ‘डिष्ट्रव’ हुन नचाहेको भने उनले राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाए । उच्चस्तरको बौद्धिक नेता भएर पनि उनमा अचम्मको सादगीपन थियो ।

सामान्य किसिमको खानपिन रुचाउनु हुने उन प्रायः सादा खाना, दही, दुई/तीन वटा रोटी र समयअनुसारको तरकारी खान्थे । कम मात्रामा मदिरापान गर्ने उनमा लुकाएर खाने बानी थिएन । मैले उनले धुम्रपान गरेको देखिन । २०६०/६१ सालतिरदेखि नै उनले खाने कुरामा पथपरेजमा बस्ने गरे थियो । सादा जीवन उच्च विचारको आदर्शबाट निर्देशित थिए । उनमा लपनछपन केही थिएन । स्पष्ट वक्ता हुन् । उन आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहे ।

भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उनले अभिप्रेरित गर्नुहुन्थ्यो । आफू पनि निरन्तर पढिरहने उन एकै दिनमा तीन/चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो । प्रत्येक पटक २०/३० वटा पुस्तकसम्म किन्ने आदत थियो । । अत्यधिक पढ्न रुचाउने उन कहिलेकाहीँ त राति अबेरसम्म पढ्ने भएकाले भोलिपल्ट अपरान्ह १२/१ बजेसम्म पनि सुत्ने गर्थे। उनमा पद लोलुपता पटक्कै थिएन ।

त्यसैले सरकारका प्रवक्ता र मन्त्री हुन पटकपटक आग्रह हुँदा पनि उनले कहिल्यै मानेन् । पदले आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको उन बताए । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिरहामा भाषण गर्दै चुनावमा जिताएर पठाए गिरिलाई परराष्ट्र मन्त्री बनाइदिन्छु भन्नुभएको थियो । तर उक्त चुनावमा उनले थोरै मतले पराजीत भए ।

त्यसपछि उनले भन्नुभएको थियो, “म भगवानलाई धन्यवाद दिन्छु, मलाई हराएर मन्त्री बन्नबाट रोकिदिनुभयो । जितेको भए मैले किसुनजीको आज्ञा मान्नुपथ्र्यो, मन्त्री हुनुपथ्र्यो, जुन मेरो जीवनको चाहना थिएन ।” उनलाई धेरैले गान्धीवादी नेताका रुपमा पनि चिन्दथे ।

काठमाडौँमा बस्दा उन प्रायः डेरामै बस्नुभयो । घर बनाउने, बिलासी जीवन बिताउने मोह कहिल्यै मनमा आएन । उनको स्वभावसँगै जेलमा बसेका किसुनजीसँग पनि मिल्दथ्यो । “राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्न भनिरहे । हामी किसुनजीका अनुयायी हौँ”, इमानदारीपूर्वक जनताको सेवामा लाग्नुपर्दछ भन्थे। सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि म सधैँ आस्थाको राजनीति गर्छु भन्नुहुन्थ्यो । मैले गर्छु भनेको आफूले राजनीति पद प्राप्तिका लागि होइन भन्थे। नभन्दै जे बोल्नुभयो त्यो उनले निर्वाह गरे। पदीय र राजकीय पदमा जानु भएन । उनको अगुवाइमा सिरहा बस्तीपुरमा करिब हजार विरूवा हुर्किएका छन् । घरभन्दा करिब पाँच किमी पर उनले आश्रम पनि बनाउनु भएको छ । आफू मरेर गए पनि रूख बाँचिरहने र ती रूखका फल अरूले खाँदा आफूमा सन्तुष्टि मिल्ने भएकाले विरूवा हुर्काएको उन बताउँथे । आश्रममा बस्न निकै आनन्द लाग्ने बताउँथ्यो ।

शान्त ठाउँमा पढ्न आनन्द हुन्छ भन्थे । २०५१ सालमा किसुनजी सिरहा जाँदा म पनि उनसँगै गएको थिएँ । त्यहाँ हामी पाँच दिन रहँदा गिरिजीको लहानस्थित बस्तीपुरको आश्रममा बसेका थियौँ । काठमाडौं हुँदा पनि उन तपोवन गइरहे । बिपीले परिकल्पना गरेको नेपालका सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उन अब्बल थिए । उनमा व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभाव रहेको थियो । कतिपय बुद्धिजीवीहरु उनलाई बिपीपछिको सबैभन्दा प्रभावशाली विचारकका रुपमा लिन्छन् ।

जनमत सङ्ग्रहपछि नेपाल आएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिए । बिपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिए । तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उनको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो ।

उनले लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संश्लेषण गर्नुभयो । यसैमा उन रमाए । उनमा चातुर्यता थियो । उनले युवाहरूलाई पार्टी राजनीतिमा आकर्षण गर्नुपर्छ भन्थे । विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्ने नेता थिए  ।

राजनीतिलाई दर्शन, सिद्धान्त र विचारमा सधैं नै जोडिराख्नुभयो । राजनीति भनेको सत्ताकै लागि होइन, जनता र देशका लागि गर्नुपर्ने सेवा हो भन्नुहुन्थ्यो, यो कुरा नयाँ पुस्ताका लागि ठूलो सन्देश हो । चक्रप्रसाद वास्तोलाको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले पार्टी सभापति शेरबहादुर देउवालाई मलाई देखाउँदै यिनी सांसद पनि छैनन्, केन्द्रीय सदस्य पनि पराजीत भए, यस्ता युवालाई केही जिम्मेवारी दिएर युवा कार्यकर्तालाई परिचालन गर्नुपर्छ भनेर खुलेरै आग्रह गरे ।

कांग्रेसका बैठकहरूमा धारणा राख्दा पनि उन युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा राख्नुहुन्थ्यो । नयाँ पुस्ताले उनबाट सिक्न सक्ने धेरै कुराहरु छन् । पछिल्लो पुस्तासँग उनको बढी नै आशा र भरोसा थियो । उनको भारतीय नेताहरूसँग नजिकको सम्बन्ध रहेको थियो । करण सिंहले उनलाई अत्यन्त आदर गर्थे । विशेषगरी गान्धीवादी विचारक गिरिको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो ।

उनको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो । भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, विपी त्रिपाठीलगायतका नेतालाई उनले प्रशिक्षण दिएका छन् ।  भारतमा इन्दिरा गान्धीको सकंटकालको समयपछि उनले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गरे थियो । उन सबै राजनीतिक दलप्रति उत्तिकै सद्भाव रहेको थियो ।

उनी कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उनको सर्वमान्यता स्थापित भएको थियो । कम्युनिष्टहरुलाई माक्र्सवाद र साम्यवाद पढाउँदै हिड्ने पात्र थिए उनी । उनी सबैको मान्छे अर्थात सर्वपक्षीय व्यक्तित्वयुक्त नेता थिए । अन्य दलका नेता, कार्यकर्ताहरु पनि उनका तर्कहरुबाट प्रभावित हुन्थे । उनका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे ।

संसदमा उनले बोल्ने दिन निकै उत्सुकता छाउँथ्यो । उनी कहिल्यै एकपक्षीय रुपमा प्रस्तुत नभई आफूले देखेको स्पष्टसँग कुरा राख्थे । उनका कुरामा तर्क र दम रहन्थ्यो । सादगीपनसँगै उनको इमान्दारिता, निष्ठा, अध्ययनशिलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरिले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाए ।

समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उनले ‘कदमजम’ को नारालाई अघि सार्नुभएको थियो । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उनले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेशीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहे। उनको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक छ । उनको मूल्यमान्यतालाई जीवित राख्न सकिए भने मात्रै कांग्रेसलाई गतिशील बनाउन सकिन्छ ।

(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन्) 


प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप विचार
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
क्रिकेटमा नयाँ इतिहास
क्रिकेटमा नयाँ इतिहास शुक्रबार, असोज ३१, २०८२
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा बिहीबार, असोज ३०, २०८२
नेपालमा विकास प्रशासनको अवस्था
नेपालमा विकास प्रशासनको अवस्था बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP