Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सकारात्मक सोचका जीवन
सकारात्मक सोचका जीवन
admin123
admin123 शुक्रबार, कात्तिक ५, २०७३
Hardik health
सकारात्मक सोच केवल आदर्शको फेहरिस्त होईन, यो जीवनको व्यवहारिक पक्ष हो तर धेरैले यसलाई सिद्धान्तको रुपमा लिने र व्यवहारमा लागु नगर्ने गरेको पाईन्छ । केही समाजमा यस्ता व्यक्तित्वहरु भेटिन्छन्, जसको जीवननैं सकारात्मक सोचको शक्तिले चलेको हुन्छ । त्यस्ता व्यक्तित्वहरुको व्यवहार र कार्यशैलीबाटै अरुले सकारात्मक सोचको सिको गर्न सक्छन् । त्यस्तै सकारात्मक र प्रेरणादायि व्यक्तित्व हुन्—जीवन गिरी । सरल स्वभाव र असल उत्प्रेरकको रुपमा आफ्नो पहिचान बनाएका गिरी आईएनएफ बाँकेको प्रमुख हुन् । २०२६ भाद्र १६ गते, बुवा स्वर्गिय डोमा र आमा स्वर्गिय जानुका गिरीको कोखबाट प्यूठानमा जन्मेका गिरी हाल बाँके नेपालगञ्ज ५ का स्थायि बासिन्दा हुन् । समाजशास्त्रर संस्थागत नेतृत्वमा स्नात्तकोत्तर गिरी सामाजिक क्षेत्रमा २०४४ साल भाद्र ३० गते देखि प्रबेश गरेका हुन् । मध्यमवर्गीय परिवारमा जन्मेका गिरी आफै कमाएर उच्च शिक्षा हाँसिल गर्नु पर्ने बाध्यताका कारण शुरुमा सामाजिक क्षेत्रमा प्रबेश गरेता पनि पछि काम गर्दै जाँदा कामप्रति लगाव बढ्नुको साथै सामाजिक कामप्रति अभिरुची बढ्दै गई यसैलाई आफ्नो कर्मबनाएको बताउँछन् । आमा र श्रीमती राधिका गिरीको सहयोगले सामाजिक क्षेत्रलाई निरन्तरता दिएको बताउने गिरी भाग्यमा होईन, कर्ममा बिश्वास गर्छन् । सायद कर्ममा बिश्वास गर्ने भएरै होला उनले जीवनमा चाकडि र चाप्लुसी गर्न जानेनन् । स्वाभिमान र ईमान्दारीतालाई सधैं जीवनको मूल मन्त्र मानेर अघि बढे र त उनी अहिले महत्वपूर्ण जिम्मेवारीमा छन् । आई एन एपm, सुर्खेतमा औषधि वितरक पदबाट सेवा आरम्भ गरेका गिरी सानै देखि मेहेनेति थिए । उनी सानैमा आमालाई घरको काममा सघाउने गर्थे रे, पछि उच्च शिक्षा हाँसिल गर्ने दौरानमासमान्य पदबाटै कामको शुरुवात गरे । कामको मूल्याँकनका आधारमा उनको बढुवा हुँदै गयो, कामसँगै उनले आफ्नो पढाई पूरा गरे, नेपालगंजमा आफ्नो घर बनाए, भाई बहिनीलाई पढाए, आफूले मात्र जानेर हुँदैन, आफूले जानेको कुरा अरुलाई पनि सिकाउनु पर्छ र सक्दो सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ अघि बढे शायद त्यहि भएर होला उनले एक पछि अर्काे सफलता प्राप्त गर्दै गए । सेयर एण्ड केयर—काठमाण्डौं, डेक नेपाल, महिला मिलीजुली, एकता समाज सुधार संस्था, जनकल्याण समाज सुधार संस्था, आई. एन. एफ. लगायत विभिन्न संघ—संस्था, गा.वि.स.,समूह बाट विभिन्न अवसरमा कदर तथा सम्मान—पत्रबाट सम्मानित भईसकेका गिरीले भारतका विभिन्न ठाउँमा प्रवाशी नेपालीहरुको अनुसन्धानकार्यको निम्ति ४ वर्ष सम्म लगातार भारतको उत्तराञ्चल र हिमाञ्चल प्रदेश र तालिम÷सेमिनारका क्रममा पटक—पटक महाराष्ट्रको मुम्बई, जामखेड, बैगंलौर लगायतका ठाउँहरुको भ्रमण गरेका छन् । सँघ—सँस्थामा लागेकाहरु संस्थागत बाहेक व्यक्तिगत रुपमा सहयोग गर्न अग्रसर नहुने गरेको आरोप लाग्ने गर्दछ तर गिरी यो मामलामा अरु भन्दा फरक छन् । उनले सामाजिक जिम्मेवारी पूरा गर्दे व्यक्तिगत रुपमा बिभन्न विद्यालयलाई आर्थिक सहयोग गर्नुका साथै विपन्न व्यक्ति तथा परिवारलाई नगद तथा जिन्सी सहयोग गर्दै आईरहेका छन भने गृह जिल्लाप्यूठानको रम्दीमा खानेपानी निर्माण परियोजना व्यक्तिगत पहलमा सम्पन्न गरि १०० घरधूरीलाई खानेपानीको व्यवस्था मिलाएका थिए । जीवन गिरीको जीवनका धेरै अबिश्मरणिय क्षणहरु छन् ।सम्झिनै पर्ने क्षणबारे उनी भन्छन् — मेरो जीवनले नयाँ मोड लिएको घटना विवाहको हो, बिबाह गर्दाको क्षण ठूलै युद्व जिते सरह भएको थियो भने अर्को अविश्मरणिय क्षण काठमाण्डौंमा स्नाकोत्तरको परिक्षा दिने क्रममा होटलमा बसी अध्ययन गरी रहेको बेलामा हतियार सहित आएका २ जनाले झण्डै मेरो ज्यान लिएका थिए । त्यो घटना सम्झँदा अहिले पनि कहाली लागेर आउँछ । ग्रामिणस्तरको समुदायका मानिसहरुमा गरीबी, पछौटेपन र चेतनाको अभाव भएको बताउने गिरी समाज निश्चित वर्गको नियन्त्रणमा भएको बताउँछन् । सामाजिक कार्यका चुनौतीहरुबारे उनी भन्छन् —सामाजिक काम एउटाले गर्छ, त्यसको श्रेय अर्को पक्षले लिन चाहन्छ, निस्वार्थ कामगर्दा पनि मान्छेहरुले विभिन्न किसिमका शंका÷उपशंका गर्छन्, । विभिन्न संघ—संस्थाका कर्मचारी, कार्यसमितीका पदाधिकारीहरुको क्षमता अभिवृद्विका लागि निशुल्क रुपमा तालिम, अभिमुखिकरण, कार्यशालागोष्ठी सहिजकरण गर्दै आएका उनले प्राकृतिक विपदको समयमा आर्थिक तथा जिन्सी सहयोग गर्दै आएका छन् भने अन्याय र अत्याचारमा परेकाहरुका लागि पैरवी गर्नुका साथै परामर्श सेवा समेत प्रदान गर्दै आएका छन् । विभिन्न गैह्सरकारी संस्थाको सल्लाहकार, आजीवन सदस्य तथा संस्थापक सदस्यको रुपमा आबद्व गिरी हाल आई.एन.एफ बाँके शाखा प्रमुखको रुपमा कार्यरत छन् । गिरीका अनुसार, आई.एन.एफ.बाँकेद्वारा विभिन्न परियोजनाहरुसञ्चालित छन् । जस मध्ये सामुदायिक स्वास्थ्य विकास, समुदायमा आधारित पुनस्र्थापना, अस्पताल सहयोग, सुरक्षित प्रवास, कुष्ठरोग निवारण लगायतका परियोजनाहरु रहेका छन् । परिवारको सहयोग, आफन्त साथी भाईको हौसला, कामप्रतिको लगनशिलता, कठोर मेहनतले प्रमुख जिम्मेवारीमा पूग्न सफल गिरी समाजको सर्वाङ्गिण विकासका निम्ति सबैको सहयोग र सहकार्य जरुरी भएको उल्लेख गर्दै परिवर्तनको शुरुवात आफूबाटै हुनु पर्ने बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३  ०६:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP