Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • शालिक राखियो अनि हटाईयो
शालिक राखियो अनि हटाईयो
admin123
admin123 शुक्रबार, कात्तिक ५, २०७३
Hardik health
नेपालगंज÷आकर्षक शालिकको शहर हो नेपालगञ्ज । कुनै बेला धेरै र आकर्षक शालिककै कारण नेपालगञ्ज सबैको आकर्षणको केन्द्रबिन्दु थियो । अहिले तिनै शालिकहरु नेपालगञ्जवासीका लागि तनावको बिषय बन्ने गरेका छन् । जनआन्दोलन ०६२÷६३ पूर्ब नेपालगञ्जमा ८ वटा शालिक थिए, पुष्पलालचौकमा पुष्पलालको, बीरेन्द्र चौकमा पूर्व राजा बीरेन्द्रको, बी.पि.चौकमा बी.पि.को, त्रिभुवचौकमा त्रिभुवनको, महेन्द्रपार्क र भेरी अञ्चल अस्पताल परिसर भित्र पूर्व राजा महेन्द्र र रानी रत्नको अर्ध कदका दुई÷दुईवटा शालिक थिए । न्यूरोडमा पूर्बराजा ज्ञानेन्द्रको शालिक राख्नका लागि अन्तिम तयारी गरिसकिएको थियो । जनआन्दोलन–२ का क्रमा महेन्द्रपार्क भित्र रहेका महेन्द्र, रत्नका शालिकसँगै सडकमा रहेका त्रिभुवन र बीरेन्द्रको शालिक भत्काईयो । बढि बलियो भएका कारण भेरी अञ्चल अस्पताल परिसर भित्र रहेका महेन्द्र, रत्नको शालिक बाहेक राजा, रजौटाका शालिकको निशाना समेत नरहने गरि भत्काईयो । तत्पश्चात ति शालिक भएका ठाउँमा विवादका कारण कसैको शालिक राखिएन, न त चौककै नाम परिवर्तन भयो । बिबाद निरुपणका लागि राष्ट्रिय झण्डा ति चौकहरुमा गाडिएको थियो । करिव १० बर्ष पछि बीरेन्द्रचौकमा पूर्व राजा वीरेन्द्रको शालिक अचानक राष्ट्रवादी युवा शक्तिले बिहीबारस्थापना गरेपछि नेपालगञ्ज तनावग्रस्त बन्यो । नेपालगञ्जवासी र दलहरु पक्ष र बिपक्षमा बिभाजित भए । जानकारी अनुसार राष्ट्रवादी युवा शक्ति नामक संस्थाले बिहीबार एक दशकपछि पूर्व राजाको शालिक चौकमा राखेको थियो । उक्त स्थानमा राष्ट्रिय झण्डा फहराउने प्रहरीलाई जानकारी गराएको लगत्तैसयौंको संख्यामा उपस्थित भएका युवाहरुलेबोरामा हालेर ट्याक्टरमा ल्याएको पूर्ब राजा ज्ञानेन्द्रको शालिक चौकमा राखेका थिए । झण्डा राख्ने भनेर जानकारी दिई झुक्काएर बिहान ९ बजेतिर ८७ किलो तौलको ढलोटबाट निर्मित अर्धकधको शालिक राखेपछि प्रहरीले हस्तक्षेप गरी तत्कालै हटाउन खोजेको थियो । तर, स्थिति तनावग्रस्त भएपछि हटाइएको थिएन । भीड हटाउन प्रहरीले दुई पटक लाठीचार्ज गरेको थियो । झडपका क्रममा आधा दर्जन घाईते भएका थिए । उक्त घटना लगत्तै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । राप्रपा नेपाल, शिवसेना र राजतन्त्रपक्षधर संस्थामा आवद्ध युवाहरुको सक्रियतामा सम्पन्न उक्त शालिक अनावरणका क्रममा युवाहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका थिए भने म हुँ राष्ट्रवादी, खवरदार दिन गनेर बस् राष्ट्रघाती लेखिएका टिसर्ट लगाएका सयौं युवाहरु त्यहाँ जम्मा भएका थिए । शालिक राखिएपश्चात नेपालगञ्ज पक्ष, विपक्षमा तात्तियो, राजतन्त्र पक्षधर र अधिकाँश सर्बसाधारण शालिक राखिएकोमा खुसी देखिए भने ठूला दलका जिल्ला नेताहरु आक्रोशित बने र बिपक्षमा उभिए । एमाले, काँग्रेश र नेकपा माओवादी केन्द्रका नगर प्रमुखहरुले बिज्ञप्ती प्रकाशन गरि शालिक तत्काल हटाउन स्थानीय प्रशासनलाई अल्टिमेटम दिए । शालिक पक्षधर भने कुनैपनि वेला शालिक हटाउन सक्ने भन्दै वीरेन्द्रचौकमैं जम्मा भएर बसे । ठूलादलहरुका आग्रहमा स्थानीय प्रशासनले विहिवारनैं सर्वपक्षिय बैठक राख्यो । दिउसो ३ बजे शुरु भएको बैठक बेलुकी अवेर सम्म चल्यो । बैठकमा शालिक पक्षधर राप्रपा नेपालबाट स्थानीय शान्ति समितिको संयोजक बनेका तेजबिक्रम शाह बाहेक अन्य ठूला दलका नेताहरुले शालिक तत्काल हटाउनुपर्ने धारणा राखे । अन्ततः प्रशासन शालिक हटाउने निर्णयमा पूग्यो । बिहिवार बिहान देखि राती सम्म ठूलो संख्यामा सुरक्षाकर्मी र शालिक पक्षधर युवाहरुको उक्त ठाउँमा भिंड थियो । । अन्ततः शालिक राखेको २४ घण्टा नबित्दै प्रहरीले बिहीबार रातीनैं हटाएको छ । सर्वदलीय बैठकले सालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको हो । उक्त शालिक हटाउँदा पनि दोहोरो झडप भएको थियो । सो क्रममा प्रहरीले आधा दर्जन बढिलाई नियन्त्रणमा लिएको थियो । झण्डा राख्ने भनेर झुक्याएर सालिक राखिएको र त्यसले तनाब उत्पन्न भएपछि सर्वदलीय बैठकको निर्णय अनुरुप प्रहरीले झिकेर राखिएको बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उक्त चोकमा रहेको वीरेन्द्रको पूर्ण कदको सालिक ०६२÷०६३ को जनआन्दोलनताका भत्काइएको थियो । खाली चोकमा कसको सालिक राख्ने भन्नेमा दलहरु विभाजित भएपछि राष्ट्रिय झण्डा गाडिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले सरकारले शालिक राख्ने निर्णय नगरेकाले हटाईएकोे बताए । अव के गर्ने भन्ने सन्दर्भमा सरकारको निर्णय बमोजिम हुनेछ–उनले भने । शालिक राख्न अग्रसर भएकाहरु शालिक हटाएपछि आक्रोशित बनेका छन् । बिना प्रचार परिपक्क तरिकाले प्रहरीलाई भुक्काएर शालिक राख्न सफल भएका उनीहरुबाट पुष्पलाल, वीपि र सेतु बि.क.को शालिक माथि खतरा भएको महसुस गर्दै ति शालिक सुरक्षाका लागि सुरक्षा सर्तकता बढाईएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३  ०६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP