Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वेच्छिक भन्दै शुल्क असुल्दै
स्वेच्छिक भन्दै शुल्क असुल्दै
admin123
admin123 मंगलबार, वैशाख १७, २०७६
59534804_317436272277934_2670513040046161920_n
Hardik health
नेपालगञ्ज/नेपालको संबिधान २०७२ ले मौलिक हक अन्तर्गत भाग तीन को धारा ३१ मा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुःल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ” भन्ने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार शिक्षा निःशुल्क हुन सकिरहेको छैन । यो वा त्यो बहानामा बिद्यार्थीहरुबाट सरकारी, निजी बिद्यालयहरुले शुल्क असुल गरिरहेका छन् । पछिल्लो समय खजुरा गाउँपालिकाको वडानम्वर २ गौघाट स्थित योगिनी मा.बि.ले अन्धाधुन्ध बिद्यार्थीहरुबाट शुल्क असुल गरिरहेको आरोप लागेको छ । बिद्यार्थीहरुको चाप बढि भएकाले निजी स्रोतबाट राखिएका शिक्षक, कर्मचारीहरुको तलब र अन्य खर्चका लागि भन्दै शुल्क उठाउने गरेको अभिभावकहरुको गुनासो रहेको छ । बिद्यालयले स्वेच्छिक सहयोग भनेर भनेता पनि तोकेरै बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुले शुल्क उठाईरहेको गुनासो बिद्यार्थीहरुको छ । शुल्क नुबझाउने बिद्यार्थीहरु लाजले बिद्यालयनैं नजाने अवस्था सृजना भएको स्थानीयहरु बताउँछन् । स्थानीय युवा गान्धि हमाल बिद्यालयले अभिभावक भेलानैं नबोलाई बिद्यालयले शुल्क उठाउने गरेको बिषयमा स्थानीयहरु असन्तुष्ठ रहेको बताउँछन् । ५०० बढि बिद्यार्थी अध्ययनरत सो बिद्यालयमा स्वेच्छिक सहयोग भनेर बर्षेनि रकम बिद्यार्थीहरुबाट असुल गरिन्छ, कसैलाई सहयोग रसिद दिईन्छ, कसैलाई दिईँदैन—जानकारहरु भन्छन्—कति रकम कसबाट उठाउने भन्ने कुनै आधिकारिक निर्णयनैं छैन । यसबारेमा व्यापक गुनासो अभिभावक तथा बिद्यार्थीहरुबाट आएपछि पत्रकार, असल शासन अभियन्ता, बिद्यार्थी नेता र अभिभावकको टोली बैशाख १७ गते बिद्यालय पूगेको थियो । बिद्यालय पूगि सो बारे जानकारी लिने र ध्यानाकर्षण गराउने काम टोलिले गरेको छ । बिद्यालयकी प्रधानाध्यापक तुलसि देबी सुवेदी समक्ष टोलीले गुनासो गरेपछि उनले सबैको सहमतिमा शुल्क उठाएको बताईन् । न्यून अनुदान, बढ्दो बिद्यार्थी चाप र खर्च व्यवस्थापन गर्न शुल्क २०७१ साल देखि उठाउने गरेको बताईन् । यद्यपि बार्षिक कति रकम शुल्कबाट उठ्छ भन्ने जानकारी ठ्याक्कै आफुसँग नभई लेखापालसँग भएको उनले बताईन् । स्थानीय सरकारले बिद्यालयको माग सुनुवाई गरि समस्या समाधान गरेमा शुल्क उठाउनु पर्ने बाध्यताको अन्त हुने उनले बताईन् । बिद्यालयले दुई प्रकारको रसिद शुल्क दिने बिद्यार्थीहरुलाई उपलब्ध गराउने गरेको छ । शुल्क रसिद र सहयोग रसिद बिद्यार्थीहरुलाई उपलब्ध गराएको पाईएको छ । कसैलाई शुल्क रसिद त कसैलाई सहयोग रसिद उपलब्ध गराईएको भेटिएको छ । शुल्क रसिदमा मासिक शुल्क, बिद्यालय सहयोग शुल्क भनेर उल्लेख गरि रसिद उपलब्ध गराईएको छ भने कतिपयलाई बिद्यालय सहयोग बाफत रकम प्राप्त भएको भन्दै सहयोग रसिद दिईएकोछ । महिनाको १ सय २० देखि बार्षिक २ हजार ४ सय सम्मको सहयोग गरेको रसिद असल शासनलाई प्राप्त भएको छ । तथापी पछिल्ला दिनहरुमा सहयोग गर्ने बिद्यार्थीहरुबाट सहयोग लिई रसिद दिन छाडिएको छ । बिद्यालयले रसिद सकिएका कारण नदिएको बताएता पनि संबिधानमैं शिक्षा निःशुल्क गर्ने व्यवस्था हुनुका साथै खजुरा गाउँपालिकाले समेत सबै बिद्यालयहरुमा शुल्क लिन नपाउने व्यवस्था मिलाउने निर्णय गरेकाले रसिद दिन छाडिएको अभिभावकको भनाई रहेकोछ । सहयोग ऐच्छिक भनेता पनि सबैले दिनै पर्ने बाध्यता बिद्यालयले सृजना गरिदिएको बताईन्छ । शुल्क दिन नसके पछि आफ्नो छोरा रुँदै घर फर्केको र दुई दिन पछि ऋण निकालेर दुई हजार शुल्क दिई छोरालाई बिद्यालय पठाएको एक अभिभावकले बताईन् । बिद्यालयका अनुसार, यस भन्दा अघि कक्षा शिक्षकले शुल्क उठाउने गर्थे, शिक्षकले उठाएको रकमका बिषयमा प्रश्न उठ्न थालेपछि लेखापाललाई मात्रै शुल्क उठाउने जिम्मा दिईएको छ । तर पनि पारदर्शिता कायम हुन सकिरहेको छैन । रसिद उपलब्ध नगराउँदा अभिभावकबाट बिद्यार्थीहरुले ल्याएको रकम बिच, बिचमा चुहावट हुन सक्ने सम्भावना रहेको बिद्यार्थी नेता मोहित शाह बताउँछन् । यस बारेमा आधिकारिक जानकारी माग गर्दै सूचना अभियन्ता नमस्कार शाह, छबिलाल सुनार, रबिन्द्र बोहरा, स्थानीय युवा गान्धि हमाल, प्रकाश मान सिंह र मोहित शाहले संयुक्त रुपमा सूचना माग गरेका छन् । माग गरिएका सूचनाहरुमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाट लिने शुल्क बिबरण, शुल्क लिने आधार, शुल्क उठाईएको भए गत शैक्षिक शत्रमा भएको आम्दानी खर्च बिबरण र यस शैक्षिक शत्रमा हाल सम्म उठेको रकमको बिबरण माग गरिएको छ । बिद्यालयकी प्रधानाध्यापक सुवेदीले भने सबैको सहमतिमा बिद्यालयकै लागि शुल्क उठाईएको बताउँदै व्यक्तिगत रिसिईबि साँध्न केही युवाहरुले शुल्कको बिषय उठान गरेको गुनासो गरिन् । उनले बिद्यालयको हितका लागि जो कोहीले बुझ्न सक्ने भएता पनि केही व्यक्तिहरु प्रतिसोधको भावनाले बिद्यालयमा आई अभद्र व्यवहार गरेको गुनासो गरिन् । यस बारे तत्काल अभिभावक भेला बोलाई छलफल गर्ने योजनामा बिद्यालय रहेको बुझिएको छ ।  
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP