Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • ध्वनी प्रदुषण र प्लाष्टिक नियन्त्रणका लागि पहल शुरु
ध्वनी प्रदुषण र प्लाष्टिक नियन्त्रणका लागि पहल शुरु
admin123
admin123 मंगलबार, वैशाख १७, २०७६
IMG_2796
Hardik health
नेपालगञ्ज/नेपालगञ्जको बढ्दो ध्वनि प्रदुषण र प्लाष्टिक नियन्त्रणका लागि सम्वाद प्रक्रिया अघि बढाउन थालिएकोछ । अत्यधिक ध्वनी प्रदूषण र प्लाष्टिकको प्रयोग हुने शहरका रुपमा रुपान्तरण हुँदै गइरहेको नेपालगञ्जमा नियन्त्रणका लागि आवाज उठिरहेका बेला सम्वादको पहल शुरु गर्न थालिएको हो । जनसरोकार लगायतका विषयमा देखिएका विवाद र सम्भावित द्धन्द्धमा सहजीकरण गर्दै आएको सम्वाद समूह, बाँकेको सोमबार बसेको बैठकले ध्वनि प्रदुषण नियन्त्रण र प्लाष्टिक मुक्त नगरका लागि विशेष पहलकदमी लिने निर्णय गरेको हो । मानवीय तथा बातावरणीय स्वास्थ्य र सम्भावित द्धन्द्धसँग सम्वन्धित विषय भएको ठहर गर्दै सम्वद्ध सरोकारसँग सम्वाद  प्रक्रिया थाल्ने तयारी गरेको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । प्रत्येक व्यक्तिलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने हक हुनेछ भनी वातावरण तथा स्वास्थ्य सम्वन्धी हकलाई नेपालको संविधान अन्र्तगत मौलिकहकको रुपमा परिभाषित गरिएको छ । दुवै विषयमा सुक्ष्म विश्लेषण गरिसकेको सम्वाद समूह बाँकेले तत्कालै सरोकार पक्षसँग आवश्यक सम्वाद र सहजीकरण गर्नेछ । ध्वनी प्रदुषण नियन्त्रणका लागि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय सम्वाद उप समिती गठन गरिएको छ । उपसमितिमा समूहका सदस्यहरु प्रकाश उपाध्याय, मैमुना सिद्यीकी, विनोद रिजाल र आशीश बर्मा रहनु भएको छ । प्लाष्टिक मुक्तका लागि समूहका सदस्य एवं असल शासन अभियन्ता नमस्कार शाहको संयोजकत्वमा ५ सदस्यीय सम्वाद उप समिती गठन गरिएको छ । उपसमितीमा समूहका सदस्यहरु प्रदिप गुप्ता, तारा रोकाया, शोभा विसी र अस्मिता शाह सदस्य रहनु भएको छ । सहजकर्ता चौलागाईका अनुसार– उपसमितीले  सम्वद्ध सबै पक्षसँग आवश्यक्ताअनुसार छु्ट्टा छुट्टै, सामुहिक रुपमा चरणवद्ध सम्वाद प्रक्रिया बढाउनेछ । निरन्तर सम्वाद प्रक्रियाले सम्वद्ध पक्षलाई ठोस योजना बनाउन र प्रभावकारी कार्यान्वयनमा पनि मद्यत पुग्ने समूहका सदस्य एवं उपमहानगरपालिका उपप्रमुख उमा थापाले विश्वास व्यक्त गर्नु भयो । जनसरोकारका यी विषयलाई बेलैमा नियन्त्रण र नियमनमा ल्याउन सकिएन भने भोलीका दिनमा यसले थप समस्या र द्धन्द्धसिर्जना हुन सक्ने सम्भावना रहेकाले सम्वादमार्फत नै निकास खोजीनु वुद्धिमता हुने सम्वद्ध विज्ञको भनाई छ । सम्वाद समूहले सदरलाइन सडक विस्तार, हुलाकी सडकमा देखिएको अवरोध लगायत दर्जन बढी सवालमा सम्वाद सहजीकरण गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP