Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • सम्मेलनमा अधिकारकर्मी ठगुन्नालाई सम्मान
सम्मेलनमा अधिकारकर्मी ठगुन्नालाई सम्मान
admin123
admin123 बुधबार, चैत १३, २०७५
IMG_5028
Hardik health
नेपालगन्ज/आठ बुँदे नेपालगन्ज घोषणा पत्र जारी गर्दै बासको आठौं महाधिबेशन तथा भ्रष्टाचार बिद्धको चौथो राष्ट्रिय युवा सम्मेलन चैत्र १ गते नेपालगन्जमा सम्पन्न भएको छ । बास नेपालगन्जको मुख्य आयोजना, एक्सनएड नेपाल नेपालगन्ज, युएनडिपी नेपाल र एकाउन्टविलिटी ल्याबको सहयोग तथा सहकार्य तथा विभिन्न गैर सरकारी संस्था तथा निकायहरुको आयोजनामा सो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले युवाहरुलाई भ्रष्टाचार बिरुद्धको अभियानमा रोल मोडेल भएर काम गर्न अनुरोध गरेका छन् । युवाहरुलाई कसरी सकारात्मक काममा लगाउने भन्ने बिषयमा सरकारले योजना बनाएर जानु पर्नेमा उनको जोड      थियो । उनले भ्रष्टाचार बिरुद्धका सम्मेलनहरुले युवाहरुलाई सुशासन बहालीमा क्रियाशिल भएर लाग्न उत्प्रेरणा थप्ने बताए । कार्यक्रममा बोल्दै कार्यक्रममा बिशिष्ट अतिथि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले सबै निकाय तथा संघ संस्थाहरुले आफुले गरेका काम तथा योजनाहरुलाई पारदर्शी गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय भ्रष्टाचारको डरलाग्दा तथ्यांकहरु बाहिर आएकाले भ्रष्टाचार बिरुद्ध युवाहरु लाग्नुपर्नेमा उनले बताए । उनले कालो धनलाई नियन्त्रण गर्न सरकार लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले भ्रष्टाचार नियन्त्रण गर्न स्वयं जनता जागरुक हुनु पर्ने बताए । उनले नेपालगन्ज उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउन लागि परेको बताए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सेभ द चिल्ड्रेनका प्रोग्राम अप्रेसन्स डाईरेक्टर बिरेन्द्र ठगुन्ना, एक्सनएड नेपाल नेपालगन्जका प्रमुख बिष्णु प्रसाद शर्मा, गैरसरकारी संस्था नेटवर्क बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका उपमहासचिब तारा रोकाया लगायतले कार्यक्रममा मन्तब्य व्यक्त गरेका थिए । सम्मेलन पूर्ब नेपालगन्जको बिपि चौकबाट भ्रष्टाचार बिरुद्धको ¥याली शुरु भई धम्बोझि चौक हँुदै विनायक गेष्ठ हाउसको हलमा सम्मेलनमा परिणत भएको थियो । बासका उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको सम्मेलनमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने स्वागत केन्द्रीय सदस्य शिब कुमार बर्माले गरेका थिए । सहभागिहरुलाई बास स्वयंसेवकहरु रबिना खड्का, शोभा थापा, रबिन्द्र बोहरा, महेन्द्र सेढाईं, मिनु गुप्ता, तपेन्द्र मलाती लगाएतले स्वागत गितका माध्यमबाट स्वागत गरेका थिए । कार्यक्रममा भ्रष्टाचार बिरुद्धको सडक नाटक प्रर्दशन गरिएको थियो । सडक नाटकमा कलाकारहरु बिनोद थापा, शर्मिला थापा, शोभा थापा मगर, तपेन्द्र मलाती, रबिन्द्र बोहरा, ओजश्बि जोशी लगाएतले अभिनय गरेका थिए । ठगुन्नालाई सम्मान : कार्यक्रममा बाल अधिकार, बाल संरक्षण प्रबद्र्धनमा उल्लेखनिय योगदान पुर्याउने सेभ द चिल्ड्रेनका प्रोग्राम अप्रेसन्स डाईरेक्टर बिरेन्द्र ठगुन्नालाई सम्मान गरिएको थियो । ठगुन्नालाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले कदर—पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान ग्रहण पछि बोल्दै ठगुन्नाले सम्मानबाट थप जिम्मेवारी महसुस गरेको बताए । देशभरका ४०० बढी युवाहरुको सहभागिता सम्पन्न सम्मेलनले ८ बुँदे नेपालगन्ज घोषणा—पत्र जारी गरिएको थियो । जारी गरिएको घोषणा—पत्रमा भ्रष्टाचार बिरुद्ध शुन्यसहनशिलता बिकास गर्ने, बिभिन्न सँघ, सँस्था तथा निकायहरुबाट जिल्लाहरुमा सञ्चालन गरिने कार्यक्रम तथा अभियानहरुको खर्च कार्यक्रममैं सार्वजनिक गर्ने, समृद्ध नेपाल, खुसी नेपालीको मूख्य ध्येयका साथ अघि बढेको नेपाल सरकारलाई प्रतिबद्धता बमोजिम सुशासन प्रत्याभुत हुने गरि कार्य गर्न जोडदार माग गर्ने, सम्पूर्ण स्थानीय सरकारलाई सुशासन स्थापनार्थ सामाजिक जवाफदेहिताका संयन्त्रहरु (सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, जनगुनासो निवारण) लागु गर्न माग गर्ने, सम्पूर्ण गैसस, अगैससहरुलाई नियमित सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण गर्न जोडदार माग गर्ने, सूचनाको हक सम्बन्धि ऐन—२०६४, नियमावलि—२०६५ को प्रचलन, प्रबद्र्धन गर्दै बढि भन्दा बढि सूचना माग गरि सार्वजनिक निकायलाई जवाफहेहि र पारदर्शि बनाउने अभियानमा आ—आफ्नो स्थानमा लाग्ने, युवा नीति—२०६६, संसोधित—२०७२ बमोजिम युवा लक्षित कार्यक्रम सञ्चालन गर्न तीनवटै सरकारलाई अनुरोध गर्नुका साथै स्थानीय सरकारलाई आ—आफ्नो तहमा युवा नीति बनाउन जोडदार माग गर्ने र भ्रष्टाचार बिरुद्ध काम गर्ने सरकारी, गैर सरकारी निकायहरुलाई निरन्तर सहयोग गर्ने रहेका छन् । कार्यक्रममा खुला छलफल गर्नुका साथै भ्रष्टाचार बिरुद्धका प्रश्नहरुको सहि जवाफ दिने १० जना युवाहरुलाई भ्रष्टाचार बिरुद्धको पुस्तक सुशासन बितरण गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP