Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • माघ महिना देखि अपांगता परिचय पत्र वितरण गर्ने प्रतिबद्धता
माघ महिना देखि अपांगता परिचय पत्र वितरण गर्ने प्रतिबद्धता
admin123
admin123 बुधबार, पुस १८, २०७५
48416225_2131427206922378_5536926195662192640_n
Hardik health
बाँके/बाँकेका स्थानीय तहहरुले माघ महिना देखि अपांगता परिचय पत्र बितरण गर्ने प्रतिबद्धता गरेका छन् । युनीसेफ नेपालको सहयोगमा बास नेपालगन्जले आज नेपालगन्जमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा अपांगता परिचय पत्र बितरण समिति संयोजक तथा स्थानिय पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले सो प्रतिबद्धता गरेका हुन । अन्तराष्ट्रिय अपांग दिवसको सन्दर्भमा अपांगता सम्बन्धी बिद्यमान प्रावधान र स्थानीय सरकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा अपांगता सम्बन्धी प्रावधान तथा स्थानीय सरकारको भुमिकाका बिषयमा ब्यापक छलफल भएको थियो । अन्तरक्रियाको शुरुवातमा अपांगता भएका ब्यक्तिहरुको परिचय पत्र बितरण निर्देशिका २०७५ का बारेमा नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरले प्रश्तुतीकरण गरेकी थिईन् । त्यस पश्चात भएको खुल्ला छलफलमा कार्यक्रममा उपस्थित सहभागिहरुले स्थानीय सरकारले अपांगताका बिषयमा गरिरहेका कामहरुको बारेमा प्रश्न तथा जिज्ञासा राखेका थिए । अन्तरक्रियामा उठेका सवाललाई सम्बोधन गर्दै आफ्नो प्रतिबद्धता मन्तब्यमा नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले माघ देखि अपांगता भएका ब्यक्तिहरुलाई परिचय बितरण गर्ने तयारीमा उपमहानगर रहेको बताईन् । उनले तत्काल बैठकबाट निर्देशिका पास गरि कार्यान्वयनमा लैजाने अन्तिम तयारीमा रहेको बताईन् । कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जु कुमारी चौधरीले नगरमा अपांगता परिचय पत्र वितरण समन्वय समिति गठन भई काम समेत गरिसकेकोले माघ देखि परिचय पत्र बितरण गर्ने प्रतिबद्धता गरिन् । खजुरा गाँउपालिकाकी उपाध्यक्ष एकमाया बिकले गाँउपालिकामा समन्वय समिति गठन भईसकेको बताईन् । अपांगता क्षेत्र पालिकाको प्राथमिकतामा रहेको भन्दै माघ देखि परिचय पत्र बितरण गर्ने प्रतिबद्धता गरिन् । बैजनाथ गाँउपालिका उपाध्यक्ष शारदा बिकले गाँउपालिकामा अपांगता समन्वय समिति गठन भईसकेको भन्दै गाँउपालिकाका हरेक संरचना अपांगता मैत्री बनाउने अभियानमा गाँउपालिका रहेको बताईन् । अपांगता परिचय पत्र बितरण निर्देशिका पौष २० गते पारित गरि कार्यान्वयनमा ल्याउने उनको प्रतिबद्धता थियो । उता राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले अपांगताको सवाललाई गाँउपालिकाले आफ्नो प्राथमिकतामा राखेको बताईन् । उनले अपांगता सम्बन्धी ऐन नियम तथा कार्यविधिहरु पास गरि कार्यान्वयनमा ल्याउन आवश्यक कामहरु भईरहेको बताईन् । डुडुवा गाँउपालिकाकी उपाध्यक्ष साहिदा बानो ले अपांगता क्षेत्र अन्य भन्दा फरक क्षेत्र भएकाले सोही अनुसार प्राथमिकतामा राखि काम गरिरहेको बताईन् । अपांगताका सवालहरुलाई प्रमुख प्राथमिकतामा राखि काम गर्नेमा उप प्रमुखहरुको जोड थियो । अन्तरक्रिया कार्यक्रमको खुल्ला सत्रमा पालिकाबाट उपस्थित सामाजिक विकास, महिला तथा बाल बालिका शाखा प्रमुख, अपांगता अधिकारकर्मी भाबुकजंग थापा, नेत्रहिन संघ बाँकेका भोला नाथ त्रिपाठी, अपांगता नगर स्तरीय संजाल नेपालगन्जकी हरिकला थापा, आईएनएफकी कान्ती शर्मा, कृष्णसार एफएमका कार्यक्रम संयोजक माधब अधिकारी, अपांग सरोकार केन्द्रका अध्यक्ष राजेश क्षेत्री लगायतले प्रश्न तथा जिज्ञासा राखेका थिए । बासका उप निर्देशक हेमराज भट्टले सञ्चालन गरेको अन्तरक्रियामा बोल्दै युनिसेफ नेपाल नेपालगन्जका बाल संरक्षण अधिकृत प्रकास कैनीले अपांगता भएका ब्यक्तिहरुले आफै केही गर्न नसक्ने भएकाले स्थानीय सरकारले यस्तो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । समयमा नै आवश्यक सेवा पाएमा जोखीम कम हुने उनको भनाई थियो । बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकास पारेको कार्यक्रममा बाँकेका स्थानिय तहका उप प्रमुख तथा उपाध्यक्ष, सामाजिक विकास शाखा र महिला तथा बाल बालिका शाखा प्रमुख, अपांगता क्षेत्रमा क्रियाशिल सञ्जाल तथा संघ संस्थाहरु, सञ्चारकर्मी लगायत गरि ४५ जनाको सहभागिता रहेको थियो ।  
प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  १९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP