Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • अछामका समाजसेवी तथा राजनीतिज्ञ शाहीको सम्झनामा शोकसभा
अछामका समाजसेवी तथा राजनीतिज्ञ शाहीको सम्झनामा शोकसभा
admin123
admin123 मंगलबार, मंसिर १८, २०७५
44941082_321403885121662_8907661205812805632_n
Hardik health
अछाम/ यहि कार्तिक १२ गते दिवंगत अछामका समाजसेवी तथा राजनीतिज्ञ लाल बहादुर शाहीको सम्झनामा शोकसभा सम्पन्न गरिएकोछ । बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र विकास समिति तुर्माखाँद र श्री कालिकेश्वरी मा.बि. तुर्माखाँदले छुट्टा, छुट्टै कार्यक्रम गरि शोकसभा सम्पन्न गरेका हुन् । जुकु शाही र चितरा शाहीका छोरा शाहीको जन्म १९९४ फाल्गुण १० गते जन्मेका बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र विकास समिति तुर्माखाँदका संरक्षक शाहीको सम्मानमा समितिको कार्यालयमा शोकसभा सम्पन्न गरिएको थियो । शोकसभामा शाहीको तस्विरमा माल्यार्पण गर्नुका साथै मौनधारण गरि वहाँ प्रति शद्धाञ्जली व्यक्त गरिएको थियो । त्यसैगरी श्री कालिकेश्वरी मा.वि.ले वहाँको सम्झनामा शोकसभा सम्पन्न गरेकोछ । २०३९ साल देखि २०४२ साल सम्म निमाविको संस्थापक सेक्रेटरी, व्यवस्थापन समिति सदस्य, २०४५ देखि २०४७ साल सम्म श्री कालिकेश्वरी मा.वि. तुर्माखाँदको व्यवस्थापन समितिको र सोही विद्यालयको २०५४ देखि २०५६ सम्म व्यवस्थापन समिति सदस्य भएर जिम्मेवारी बहन गरेका थिए । बिद्यालय परिसरमा आयोजना गरेको शोकसभाका प्रमुख अतिथी बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र विकास समितिका अध्यक्ष तथा बिद्यालयका पूर्व प्राचार्य लोकेन्द्र बहादुर शाहले शिक्षाप्रेमी शाहीको निधनले बिद्यालय परिवारलाई अपुरणिय क्षति पूगेको बताए । शाहीले बिद्यालयको उत्थानका लागि अतुलनिय योगदान पुर्याएको शाहले बताएका थिए । शाहले पूर्व अध्यक्ष शाही प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिद्यालयको व्यवस्थापन समितिमा १ पटक सेक्रेटरी, ३ पटक सदस्य र १ पटक अध्यक्ष भएर बिद्यालयको शैक्षिक, भौतिक लगाएत समग्र उत्थान र विकासका लागि महत्वपूर्ण कार्य गरेको स्मरण गरे । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष झंकर बहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्राचार्य मन बहादुर बयक, शिक्षक अभिभावक संघका सदस्य टेक बहादुर बयकले स्वर्गिय लाल बहादुर शाहीले देखाएको बाटो प्रेरणाको स्रोत भएको बताए । मावि शिक्षक अमर बहादुर चलाउनेले सञ्चालन गरेको कार्यक्रमका सहभागिहरुले शाहीको तस्विरमा अविर सहित माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रममा ५ सय बढि शिक्षक, बिद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो । यसैगरी आजै बसेको बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र विकास समिति तुर्माखाँदको बैठकले आगामी फाल्गुणमा महायज्ञ गर्ने निर्णय गरेकोछ । अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले समितिलाई तुर्माखाँद गाउँपालिकाले उपलब्ध गराउने ५ लाख रकमबाट हवनकुण्ड, प्रवचन मञ्च, भोजनालय, गणेश मन्दिर र नयाँ माथिल्लो स्थानमा रहेको बागेश्वरी मन्दिरको डिपिसि गर्ने निर्णय गरेकोछ ।  
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP