Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • अछामका समाजसेवी तथा राजनीतिज्ञ शाहीको निधन
अछामका समाजसेवी तथा राजनीतिज्ञ शाहीको निधन
admin123
admin123 मंगलबार, मंसिर १८, २०७५
44977657_2368553373398241_3935716422973390848_n
Hardik health
अछाम/अछामका समाजसेवी तथा राजनीतिज्ञ लाल बहादुर शाहीको कार्तिक १२ गते सोमवार निधन भएकोछ । लामो समय देखि फोक्सो सम्वन्धि रोगबाट पीडित शाहीको कार्तिक १३ गते हिन्दु संस्कार अनुसार स्थानीय कोलिमोरा नदिमा दाहसंस्कार गरिएको थियो । शाहीका छोराहरु लेखेन्द्र बहादुर शाही, प्रेम बहादुर शाही र अमर बहादुर शाहीले दागबत्ति दिएका थिए । अन्तिम दाहासंस्कारमा शाहीका सयौं आफन्तजन, शुभचिन्तकहरुको सहभागिता थियो । बुद्धि शाहीका नाती, जुकु शाही र चितरा शाहीका छोरा शाहीको जन्म १९९४ फाल्गुण १० गते आईतवार अछामको नाडा कुरिगाउँमा भएको    हो । शाहीका भाई श्री कालिकेश्वरी मा.बि. तुर्माखाँद अछामका निवर्तमान प्राचार्य लोकेन्द्र बहादुर शाहका अनुसार, ३ बर्षको बाल्य अवस्थामा वुवा गुमाएका शाहीले प्रारम्भिक शिक्षा घरमैं कान्छावुवा स्वर्गिय पूर्ण बहादुर शाहीबाट लिएका थिए । १६ बर्षको उमेरमा दैलेख छरङ्गकी गौरा शाहीसँग बिबाह गरेका शाहीका ३ छोरा र ३ छोरी छन् । शाहका अनुसार, २०२२ साल देखि २०३२ साल सम्म नाडा गाउँ पञ्चायतको सचिव रहेका उनले २०२७ सालमा नेपालगञ्जमा ६ महिने सचिवको तालिम लिएका   थिए । २०३९ साल देखि राजनीतिमा सक्रिय शाही २०३९ सालमा सम्पन्न गाउँ पञ्चायतको निर्वाचनमा प्रधानपञ्चको निर्वाचन लडेका थिए । २०४३ सालमा पुनः प्रधानपञ्चको चुनाव लडेका शाही दोश्रो पटक पनि पराजित भएका थिए । २०४९ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नाडा गाउँ विकास समितिको अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका थिए । गोपिराम जैशी बागि उम्मेद्धार लडेपछि उक्त निर्बाचनको नतिजा पनि उनका पक्षमा हुन सकेन । जैशीले ९६ मत प्राप्त गर्दा शाही ३४ मतको झिनो मतले पराजित भएका थिए । राप्रपाका तर्फबाट २०५४ मा पुनः नाडा गाविसको अध्यक्षको उम्मेद्धार बनेका शाहीले राजनीतिबाट लाभ हासिल गर्न नसकेपनि निष्ठाको राजनीति गर्न भने जीवनको उत्तराद्र्ध सम्म छाडेनन् । लामो समय राप्रपाबाट राजनीति गरेका उनले पार्टी परित्याग गरि २०५६ सालमा नेकपा एमाले प्रवेश गरेका थिए । उनी पार्टीको जिल्ला समितिको सल्लाहकार सदस्य रहेका थिए । राजनीतिका अलावा सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहेका उनले २०१८ सालमा नाडामा स्थापना भएको श्री कालिकेश्वरी प्रा.वि.को संस्थापक कोषाध्यक्ष, २०३३ सालमा उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्ष भएर सशक्त रुपमा कार्य गरेका थिए । त्यसैगरी २०३९ साल देखि २०४२ साल सम्म तुर्माखाँद स्थित श्री कालिकेश्वरी निमाविको व्यवस्थापन समिति सदस्य रहेका शाही २०४५ देखि २०४७ साल सम्म श्री कालिकेश्वरी मा.वि. तुर्माखाँदको व्यवस्थापन समितिको अध्यक्ष भएर कार्य गरेका थिए भने सोही विद्यालयको २०५४ देखि २०५६ सम्म व्यवस्थापन समिति सदस्य भएर जिम्मेवारी बहन गरेका थिए । शाहीले २०६८ देखि २०६९ सम्म बागेश्वरी व्यवस्थापन मूल समितिको संस्थापक सदस्य, २०६९ देखि २०७२ सम्म बागेश्वरी व्यवस्थापन केन्द्रीय कार्य समितिको कोषाध्यक्ष हुँदै २०७२ देखि हाल सम्म बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र विकास समितिको प्रमुख संरक्षकको जिम्मेवारी सम्हालेका शाहीले समाजमा पुर्याएको योगदानको कदर गर्दै श्री कालिकेश्वरी मा.वि. नाडा, श्री कालिकेश्वरी उ.मा.वि. तुर्माखाँद, बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र विकास समिति लगाएतले उनलाई सम्मान गरेका थिए । कार्तिक १२ गते बिहान ११ बजे आफ्नै निवासमा बोल्दा—बोल्दै उनको निधन भएपछि सिङ्गो अछाम जिल्ला शोकाकुल बनेको थियो । उनको निधन प्रति अछामी नेता तथा सामाजिक अभियन्ताहरुले दुःख प्रकट गरेकाछन् । शाहीको निधनले अछाम जिल्लालाई अपूरणिय क्षति पूगेको उनीहरुले बताएका छन् । एक कुशल अभिभावक, ईमान्दार राजनीतिज्ञ र असल समाजसेवीको छवि बनाएका शाहीको निधनबाट आफुहरु दुःखित भएको शाहीका भाई तथा बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र विकास समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहले बताए । उनका अनुसार, शाहीको सम्मानमा संस्थाको आधा झण्डा झुकाउनुका साथै कार्यालयमा शोक पुस्तिक राखिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १२:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP