नेपालगन्ज । कार्तिक २८ गते ।
सामाजिक सद्भाव समिति त्रिभुबन चौकले छट पर्बको अवसरमा कार्तिक २८ गते नेपालगन्जमा भेटघाट तथा चिया पान कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक सद्भावको पर्बको रुपमा परिचित छटमा शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । आज सबेरै उदाउदो सुर्यलाई अर्घ दिई छट मनाउन शक्तिपिठ बागेश्वरी मन्दिरमा पुगेका ४ सय बढी दर्शनार्थीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिह हमाल, वडा सदस्य ध्रुब दाहाल, बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट, ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक रबिन्द्र बोहरा, स्वयम् सेवक जनक थापा, शुद्ध प्रसाद चौधरीको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक सद्भाव समिति त्रिभुबन चौकका संयोजक बृजेश बैष्यलगायतका समिति पदाधिकारीहरुले रातभर जाग्राम बसि पुजा गरेर घर फर्किर्दै गरेका दर्शनार्थीहरुलाई चिया बितरण गरि शुभकामना साटासाट गरेका थिए । विभिन्न चाड पर्बहरुले समाजमा एकता कायम गर्ने भएकाले विभिन्न चाडपर्बहरुलाई अवसरको रुपमा सदुपयोग गरेको समिति संयोजक बृजेश बैष्यले बताए । बासद्धारा गठित सामाजिक सद्भाव समितिहरुले यस्ता पर्बहरुको अवसरमा सामाजिक सद्भाव कायम गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।