Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
समाचार
  • Home
  • समाचार
  • तीन दर्जन व्यक्तित्वलाई एउटै मञ्चबाट सम्मान
तीन दर्जन व्यक्तित्वलाई एउटै मञ्चबाट सम्मान
admin123
admin123 बुधबार, भदौ २०, २०७५
40674436_847388055460557_9103944273551687680_n
नवराज पहाडी बेसीशहर– लमजुङमा तीन दर्जन व्यक्तित्वलाई एउटै मञ्चबाट सम्मानको तयारी गरिएको छ । जिल्लाको जेठो पत्रिका अन्तरङ्गले आफ्नो २७औँ वार्षिकोत्सवका अवसरमा त्यस्तो सम्मान गर्न लागेको हो । चौथो राष्ट्रव्यापी मुक्तक प्रतियोगितको पुरस्कार वितरण सहित हुने उक्त कार्यक्रम बेसीशहरमा भदौ २३ गतेका लागि तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रियस्तरका कार्यक्रम बिरलै हुने लमजुङमा अन्तरङ्गका सम्पादक नवराज पहाडीको नेतृत्वमा निरन्तर राष्ट्रव्यापी मुक्तक प्रतियोगिता हुँदै आएको छ । सो प्रतियोगिता पहिलो पटक २०५६ सालमा आयोजना गरिएको पहाडीले बताउनु भयो ।  उहाँका अनुसार दोस्रो मुक्तक प्रतियोगिताको पुरस्कार वितरण समारोह देखि मुक्तकका स्थापित सष्टाहरूलाई सम्मान गर्न थालिएको छ । त्यस वर्ष पाँच विकास क्षेत्रस्तरका १/१ जना मुक्तककारलाई सम्मान गरिएको थियो । त्यस्तो सम्मान पाउनेमा पश्चिमाञ्चलबाट शान्तिनारायण श्रेष्ठ पर्वत हुनुहुन्छ । भने मध्यपश्चिमाञ्चलबाट खगेन्द्र गिरी कोपिला सम्मानित हुनुभएको हो । उहाँहरू पनि यो वर्षको कार्यक्रममा सहभागी हुन आउँदै हुनुहुन्छ । तेस्रो प्रतियोगितका अवसरमा वरिष्ठ कलाकर्मी एवम् मुक्तककार चेतन कार्कीलाई सम्मान गरिएको थियो । यो वर्ष वरिष्ठ मुक्तककार द्विव्य गिरी,  लोकेन्द्र डहरे, सिन्धुली र गौरी तमु, पोखरालाई सम्मान गर्ने निर्णय भएको उक्त कार्यक्रमका संयोजक एवम् अन्तरङ्गका संपादक नवराज पहाडीले बताउनु भएको छ । मुक्तक उत्सवका साथमा आयोजना गरिएको उक्त कार्यक्रममा असफल गौतमले कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ । त्यस्तै, सो अवसरमा प्रतियोगितामा प्राप्त भएका मुक्तकहरूको संग्रह अनुपम– २ स्मारिकाको विमोचन गर्ने तयारी छ ।  उक्त अवसरमा अन्तरङ्गसँग नजिक रहेर साहित्य कला संस्कृतिका क्षेत्रमा सहकार्य गर्नु हुने महानुभावहरू पनि सम्मानित हुने हुनुभएको छ । त्यस्तो सम्मान प्राप्त गर्नेमा त्रिविको अंग्रेजी विभागका प्राध्यापक केशव सिग्देल र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साइँलो हुनुहुन्छ । सिग्देलले २०७२ सालको भूकम्प गएको बेलामा लमजुङका भूकम्प पीडित तीन जना साहित्यकारलाई अन्तरङ्गको सिफारिसमा ३०/३० हजार रुपैयाँ राहत रकम प्रदान गर्ने कार्य गर्नु भएको थियो । त्यस्तै गोर्खे साइँलोले अन्तरङ्गको २३औँ वार्षिकोत्सवमा सहभागबी हुनुभएर अन्तरङ्गका गतिविधिलाई नजिकबाट नियाल्दै साहित्य सेवामा लाग्नका लागि थप उत्प्रेरणा थप्ने काम गर्नु भएको र त्यसपछिका दिनमा पनि निरन्तर सम्पर्कमा रहनु भई उर्जा प्रदान गर्नु भएको पहाडीले बताउनु भयो । यो वर्ष सम्मानित हुनुहुने विशिष्ठ  व्यक्तित्वहरूमा लमजुङको पहिचानको रूपमा रहेको ठाडोभाकाका ज्यूँदा धरोहर बुद्धिमान दुरा  जो अन्तरङ्गका सम्पादक नवराज पहाडी अध्यक्ष रहेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक समेत हुनुहुन्छ– उहाँका साथमा उहाँका गाउन जोडी सीता दुरालाई पनि सम्मान गरिने भएको पहाडीले जानकारी दिनु भयो । उहाँका अनुसार लमजुङको लोक संस्कृतिलाई माया गरेर चार वर्षसम्म जिल्लाका विभिन्न कुना कन्दरा चहारेर त्यसको खोज अनुसन्धान गरी दुई वटा नाटक फड्के र पानीघट्टको लेखन तथा निर्देशन र सफल मञ्चन  समेत गर्नु हुने कलाकर्मी, नाट्य र साहित्यकार पुरु लम्साललाई पनि सम्मान गर्ने कार्यक्रम छ । पहाडीका अनुसार जिल्लामा रहेर कला, साहित्य, संस्कृतिको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा काम गर्ने संस्थाका अध्यक्षलाई पनि पुरस्कृत गर्ने गरिएको छ । तेस्रो प्रतियोगिताका अवसरमा चिति साहित्य समाजका तत्कालीन अध्यक्ष रुद्रनिधि तिवारीलाई सम्मान गरिएको थियो । यो वर्ष जिल्लामा स्थापित साहित्यिक संस्थाहरूमा छोटो अवधिमै साहित्यकारहरूको सम्मान एवम् प्रोत्साहनका लागि पुरस्कारको स्थापना गरी त्यसको निरन्तरताका लागि ५० हजार रुपैयाँको अक्षयकोष खडा गरिसकेको बेसीशहर नगरपालिका– ६ मकैडाँड स्थित मकैडाँडा सारिङ साहित्य समाजका अध्यक्ष ईन्द्रबहादुर सुयललाई सम्मान गरिने भएको छ ।  यसैगरी, सम्मानित हुनेहरूमा स्थानीय तहमा प्रमुख भएर अन्तरङ्ग र यसका सम्पादक नवराज पहाडी आवद्ध संस्थाका गतिविधिलाई सहयोग गर्नु हुने स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि सो अवसरमा सम्मान गर्ने कार्यक्रम छ । जिल्ला स्थित चारवटै नगरपालिकाका मेयरहरू क्रमशः गुमानसिंह अर्याल, रमेश पाण्डे, सिंहबहादुर थापा र जनक मिश्रलाई सम्मान गरिँदैछ भने गाउँपालिका तर्फबाट मस्र्याङ्दी गाउँपाकिलाका अध्यक्ष अर्जुन गुरुङलाई सम्मान गरिने तय भएको पहाडी बताउनु हुन्छ । तेस्रो राष्ट्रव्यापी मुक्तक प्रतियोगिताका अवसरमा समाजसेवी सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियालाई सम्मान गरिएको थियो । यो वर्ष समावसेवीहरू सानुमाया गुरुङ, डिकेन्द्रराज कँडेल, रामबाबु श्रेष्ठ, राजेन्द्र बोहरा, महेन्द्रराज वाग्ले र कामसार्की गुरुङलाई सम्मान गरिने भएको पहाडीले बताउनु भएको छ । उहाँका अनुसार उक्त अवसरमा एकल महिला भएर पनि प्रभावकारी ढंगले व्यावसाय सञ्चालन गर्दै आउनु भएकी श्रेष्ठ रेडियो एण्ड वाच सेन्टरकी प्रोपाइटर एवम् लमजुङ उद्योग वाणिज्य संघकी सञ्चालक सदस्य पार्वती श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रम रहेको पहाडी बताउनुहुन्छ । उहाँले लमजुङ रत्न साप्ताहिकलाई स्थापनाकालदेखि नै आफ्नो पसलको विज्ञापन दिएर सहयोग गर्नु भएको छ । त्यस्तै, नमूना विद्यालय सञ्चालन गर्ने महिला प्रधानाध्यापक नानुमाया पराजुलीलाई सम्मान गर्ने कार्यक्रम छ ।यसैगरी, अन्तरङ्गले राष्ट्रव्यापी मुक्तक प्रतियोगिताको स्थायित्वका लागि सुरु गरेको अक्षयकोष९कम्तिमा ७ लाख पुर्याउन कम्तिमा १५ हजार नगद सहयोग गर्नु हुने दाताहरू पनि सम्मानित हुँदै हुनुहुन्छ । त्यस्ता दाताहरूमा मस्र्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापा, वरिष्ठ समाजसे्जी नरेन्द्र ढुंगाना सुन्दरबजार, काठमाडौँ सामाखुसी निवासी समाजसेवी कृष्णबहादुर श्रेष्ठ साहु र कप्तान लिलबहादुर गुरुङ, बेसीशहर– ८ सेराफाँट हुनुहुन्छ । गत वर्ष यस्तो सम्मानबाट निवर्तमान सांसद जमिन्द्रमान घलेसहित चार जना सम्मानित भैसक्नु भएको छ ।  त्यसैगरी, सम्मानित हुनुहुने अन्य व्यक्तित्वमा अन्तरङ्ग र लमजुङ्ग रत्न साप्ताहिकका स्तम्भकार तथा विचारका लेखकहरू सर्वश्री दामोदर अधिकारी, कोषनिधि तिवारी, तीर्थराज पराजुली सम्मानित हुने हुनेभएको छ । यसअघि अर्थात तेस्रो राष्ट्रव्यापी प्रतियोगिताका अवसरमा अन्तरङ्गको खोजखबर स्तम्भका लेखक बौद्धिक व्यक्तित्व बुद्धिसागर बराल र साहित्यिक चटनीका स्तम्भकार विश्वविनोद सम्मानित भइसक्नु भएको छ । त्यस्तै, अन्तरङ्गका उत्कृष्ठ सहकर्मीहरू सहसम्पादक चन्द्रकान्त पौडेल, ब्युरो प्रमुख विष्णुकुमार श्रेष्ठ, प्राविधिक सहजकर्ता एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सदस्य सञ्जोग लामिछाने र संवाददाताद्वय बेलबहादुर थापा र अधीर अधिकारी यसपटक सम्मानित हुँदै हुनुहुन्छ ।  उक्त कार्यक्रमको प्रमुख अतिथिमा सांसद धनञ्जय दवाडी र विशेष अतिथिमा त्रय संविधान सभाका सदस्य एवम् पूर्वसांसद जमिन्द्रमान घले, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष आमन्त्रित हुनु भएको पहाडीले जानकारी दिनु भयो । लमजुङ रत्न साप्ताहिक सहआयोजक रहेको उक्त कार्यक्रमका साथमा लमजुङ रत्नको चौथो वार्षिकोत्सव पनि मनाइने भएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  १२:२०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न सोमबार, असार २, २०८२
निराशा होइन, आशाको सञ्चार आवश्यक : संस्कृति मन्त्री पाण्डे
निराशा होइन, आशाको सञ्चार आवश्यक : संस्कृति मन्त्री पाण्डे सोमबार, असार २, २०८२
पेट्रोल र डिजेलको मूल्य बढ्याे
पेट्रोल र डिजेलको मूल्य बढ्याे सोमबार, असार २, २०८२
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी सोमबार, असार २, २०८२
विलासिता कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन
विलासिता कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन सोमबार, असार २, २०८२
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध सोमबार, असार २, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP