Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • चिनियाँ गरिबी निवारण र सञ्चार विकास बारे अवलोकन
चिनियाँ गरिबी निवारण र सञ्चार विकास बारे अवलोकन
admin123
admin123 मंगलबार, भदौ १९, २०७५
40622690_10216876593096286_4363600933519622144_n
Hardik health
काठमाडौं / चीनको गरिबी निवारण कार्यक्रम र सञ्चार माध्यमको विकासबारे अवलोकन गरी नेपाली मिडिया दल शनिबार नेपाल फर्केको छ । एक साताअघि चीन गएको १४ जना नेपाली पत्रकारहरुको टोलीले चीनको गरिबी निवारण कार्यक्रमको अवलोकन भ्रमण, विभिन्न छलफल, विभिन्न सञ्चार माध्यमहरुसँग अन्तरक्रिया गरेको थियो । पत्रकारहरुको भ्रमण टोलीले चीनको सिचुवान प्रान्तस्थित पावोसिङ काउन्टीको हिमपहाडमा भएको गरिबी निवारण कार्यक्रमको अवलोकन गरेको छ । सन् २०१३ अप्रिल २० तारिख गएको भूकम्पबाट हिमपहाड गाउँका अधिकांश घरहरु भत्किएका थिए । मानवीय क्षति नभए पनि ६० घरहरु भत्किएकाले त्यसपछि पुनर्निर्माण गरी नयाँ बस्ती बसाइएको हिमपहाड गाउँका अध्यक्ष ली त आनले नेपाली पत्रकारलाई जानकारी दिए ।   त्यसैगरी, सिचुवान प्रान्तकै मिन्साङ जिल्लास्थित प्रशिद्ध चिया खेती र किवी खेतीको अवलोकन गरी गरिबी निवारण कोषको कार्यक्रमको प्रभावकारिताबारे समेत अवलोकन गरिएको छ । पर्यटन सेवा, स्थानीय उत्पादन र कला संस्कृतिले गर्दा चीन सरकारले अगाडि सारेको गरिबी निवारण कार्यक्रम सफल रहेको जनाइएको छ । पत्रकारहरुको टोलीले सिचुवान राज्यको छेन्दु शहरमा रहेको सिचुवान समाचार ग्रुपसँग अन्तरक्रिया तथा अवलोकन गरेको छ । उक्त समाचार ग्रुपबाट प्रकाशित, प्रशारित समाचार पत्र, रेडियो र टेलिभिजनको छुट्टाछुट्टै अवलोकन गरिएको थियो । मिडिया दलद्धारा छेन्दु शहरमा रहेको साघुँरो र फराकिलो गल्लीको समेत अवलोकन गरिएको थियो । चीनको राजधानी बेइजिङ्ग शहरमा रहेको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) को कार्यालय अवलोकन तथा अन्तरक्रिया, सीआरआई अनलाइनसँग अन्तरक्रिया तथा अवलोकन गरिएको छ । त्यहाँस्थित गरिबी निवारणका लागि चिनियाँ फाउन्डेशन र चिनियाँ गरिबी निवारण कोषको कार्यालयमा छुट्टाछुट्टै अवलोकन तथा अन्तरक्रिया गरेर नेपाली मिडिया दलले जानकारी हासिल गरेको छ । भ्रमण टोलीले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसँग भेटघाट गरी चीनमा नेपालीहरुको लागि भईरहेका गतिविधिबारे जानकारी लिएको थियो । पत्रकारहरुको टोलीले संसारकै सबैभन्दा लामो पर्खाल ग्रेटवाल र बेईजिँग स्थित ओलम्पिक रंगशालाको समेत अवलोकन गरेको थियो । चीनको गरिबी निवारण कोषको आमन्त्रणमा भएको नेपाली मिडिया दलको भ्रमण टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कान्तिपुर दैनिकका कर्णाली ब्यूरो प्रमुख कलेन्द्र सेजुवाल, जनआस्था साप्ताहिक तथा असल शासन पोष्टका नमस्कार शाह, अन्नपूर्ण पोष्टका नविन कुइँकेल, कान्तिपुर दैनिकका मनोज पौडेल, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शम्भु झा, फास्ट टाइम्सका केशव घिमिरे, उज्यालो अनलाईनका राजु लामिछाने, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिं बि.क., सेतोपाटी अनलाइनका भानुभक्त जैसी, रातोपाटी अनलाइनका शम्भु दंगाल लगायत १४ जना पत्रकारहरुको सहभागिता रहेको थियो । गरिबी निवारण कार्यक्रमका लागि चीन सरकारको गरिबी निवारण कोष र प्रान्तीय सरकारले स्थानीयलाई विशेष अनुदान दिनुका साथै बैंकबाट सहुलियत दरमा ऋणको व्यवस्था पनि गरिदिएको सीआरआई नेपाली सेवाका चेतनाथ आचार्यले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०७५  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना बिहीबार, पुस १०, २०८२
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज बिहीबार, पुस १०, २०८२
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै बिहीबार, पुस १०, २०८२
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा बिहीबार, पुस १०, २०८२
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण बिहीबार, पुस १०, २०८२
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP