अति गर्नु तर कहिल्यै अत्याचार नगर्नु,
मान्छे भएर पशुको व्यवहार नगर्नु,
एक मुठी सास रहुन्जेल न हो तेरोमेरो,
बाचुन्जेल अरुकै मात्र केरकार नगर्नु,
फरक गल्तीहरु गर्नु सिक्नका लागि,
तर उहीँ गल्ती तिमी बार–बार नगर्नु,
आँशुको श्राप ले नपाउने दुख पाईन्छ,
ईमान्दार माथी भुलेर नि गद्दार नगर्नु,
मातेर टाउकामानै टेक्ने छुट दिएर,
कसैलाई पनि शुद्ध माया अपार नगर्नु ।